एमाले ,काङ्ग्रेस र माओवादी केन्द्र मात्र नेपाल होईन, भारतले यो बुझ्नु जरुरी छ : विप्लव

काठमाडौं:  पुस १७, नेकपा (माओवादी) का महासचिव नेत्र विक्रम चन्द विप्लवले भारतले एमाले काङ्ग्रेस र माओवादी केन्द्रलाई मिलाएर आफ्नो स्वार्थ पूरा गर्न खोजेको छ ।

भारतले यो कुरामा हेक्का राख्नु पर्छ कि एमाले काङ्ग्रेस र माओवादी केन्द्रमात्र नेपाल होईन । वास्तविक नेपाल त नेपाली जनता हुन् । तीन दललाई फकाएर, धम्काएर आफ्नो पक्षमा लिएपनि नेपाली जनताले असमान सन्धि बिरुद्ध आन्देलन गर्ने छन् ।

यो भन्दा उच्च खालको आन्दोलनको आवश्यकता भएको पनि बताएका छन् । विराटनगरमा रहेको भारतीय कन्सुर अफिसलाई तुरुन्त हटाउन भारतले अन्यथा नेपाली जनताले बलपुर्बक हटाउने बताएका छन् ।

विराटनगरमा भारतले कन्सुलर साँखा राखेर नेपालको सार्वभौमिकतामाथि षडयन्त्र गरेको भन्दै विप्लवले कन्सुर अफिस तत्काल बन्द नगरे नेपाली जनताले आन्दोलनको बलबाट हटाउने बताएका छन् । तीन कम्युनिस्ट पार्टीले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा महासचिव विप्लले भारतको योजना र स्वार्थमा अगाडि आएको अपर कर्णालीलाई पनि तुरुन्त खारेज गर्नु पर्ने बताए ।

त्योभन्दा अगाडि आफुहरुले अपर कर्णालीका विरुद्ध सुर्खेतमा विरोध कार्यक्रम गर्ने त्यसबाट भारत पछाडि नहटे अझ ठूलो संघर्षका कार्यक्रम गरिने विप्लवको भनाई थियो ।

राष्ट्रियताका निम्ति सिङ्गो जनता र वुद्धिजीविहरु सडकमा आउनु पर्ने र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बिप्लवले बताए ।
त्यस्तै अपर कर्णाली र अरुण तीन बिरुद्धको संघर्ष भारत संग मात्र होईन । यो संघर्ष एमाले, माके र काङ्ग्रेस भित्र भएका दलालहरु बिरुद्धको संघर्ष पनि भएको बताए ।