दुई दर्जन बढी माओवादीमा प्रबेश

काठमाडौं: पुस १८, नेकपा (माओवादी) दाङ जिल्लको आठौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सितललाई जिल्ला सेक्रेटरीमा निर्वाचित गरेको छ । त्यस्तै ५५ सदस्यीय नयाँ जिल्ला कार्य समिति पनि चयन गरेको छ ।

१६ गते सम्पन्न भएको सम्मेलनले २९ सदस्यीय विशेष समिति र १४ सदस्यीय जिल्ला सल्लाहकार समिति निर्वाचित गरेको छ । त्यसैगरि सो कार्यक्रमका प्रमुख अतिथी नेकपा(माओवादी) स्थायी कमिटी सदस्य तथा पश्चिम कमाण्ड इन्चार्ज हेमन्तप्रकाश आली (सुदर्शन) रहेका थिए ।

उहाँले सो कार्यक्रममा बोल्दै संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद भएको भन्ने ठोकुवा गर्नु भयो । त्यसका लागी कार्यदिशाको थप विकास गर्न नेकपा (माओवादी) लागी परेको बताएका छन् ।

यसैबीच सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २ दर्जन बढि नेकपा (माओवादी) मा प्रवेश गरेका छन् । नवप्रवेशीलाई पार्टी स्थायी समिति सदस्य सुदर्शनले टिका लगाएर प्रवेश गराएका थिए ।