संसदमा जात्रा, एमालेलाई मार्शल लगाएर पेल्न खोजे कडा प्रतिकार गर्ने : खनाल

अगामी निर्वाचनमा काङ्ग्रेस र माओवादी केन्द्र बत्ती बालेर खोज्नुपर्ने

काठमाडौं:  पुस १८, भक्तपुर नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनका विषयमा सत्तारुढ दलले संसदमा पेलेर जान खोजे आफ्नो पार्टीले दृढतापूर्वक मार्शलको पनि प्रतिकार गर्ने बताएका छन् ।  

एमालेको भक्तपुर जिल्ला शाखाले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कुनै पनि संशोधने एमालेलाई मान्य नहुने बताएका छन् ।

५ नं प्रदेशका तराई र पहाडलाई अलग बनाउने प्रस्ताव अन्ततः एक मधेस एक प्रदेश बनाउने मनसायले आएकाले आफूहरुले त्यस्तो प्रस्तावलाई संसदमा छलफल र पारित गर्न नदिने बताएका छन् ।

आन्दोलनको आवाज नसुने अहिले सरकारमा रहेका दल आगामी निर्वाचनमा बत्ती बालेर खोज्नुपर्ने हुन सक्छ।’