बेथान मोर्चाका महान सहिदहरुको स्मृति दिवस

काठमाडौँ: पुस १९, आजको दिन अर्थात पुस १९ गते नेपालको कम्युनिस्ट आन्दोलनमा ऐतिहासिक दिन हो । बिशेष गरि महिला योद्धा दिलमाया बम्जनको त्याग र बलिदानी दिवस हो ।

सो दिनको अवसरमा ने.क.पा.(माओवादी) निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय समितिले आज स्मृती दिवस सभा शान्तिवाटीकामा गर्ने भएको छ ।

तात्कालीन नेकपा (माओवादी) ले प्रतिक्रियावादी राज्य सत्तालाई ध्वंस पारौँ ! नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढौँ  !! भन्ने नाराका साथ शुरु गरेको दिर्घकालीन जनयुद्धमा होमिएकी शाहसिक महिला योद्धा दिलमाया बम्जन वि.स. २०५३ साल पुस १९ गते रामेछाप जिल्लाको बेथान गाउँ विकास समितिको प्रहरी चौकिमा तात्कालीन राज्य सत्तालाई धक्का दिन नेकपा (माओवादी) ले तय गरेको योजना अनुरुप सैन्य मोर्चामा डटेर लड्दा लड्दै सहिद बनिन ।

सो मोर्चामा उनि संगै तिर्थ गौतम, फत्तबहादुर स्माली मगरको उच्च सहादत भएको थियो । तात्कालिन समयमा महिलाहरु सामन्तवादी संस्कारले जकडिएको समाजको घेरा भित्र सिमित रहन्थे । चुलो चौको महिलाहरुको प्रमुख बिषय रहने तात्कालीन समयमा दिलमाया बम्जनले क्रम भङ्ग गरेर बर्गीय मुक्ति यात्रामा होमिएकी थिइन् ।