ऐतिहासिक भौतिकवाद र यसको विकास प्रक्रिया : करनसिंह बडाल

करनसिंह बडाल
करनसिंह बडाल

समाज विज्ञानलाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने र ग्रहण गर्ने वैज्ञानिक पद्धतिलाई द्वन्द्वात्मक भौतिकवाद भनिन्छ । अर्काे शब्दमा मानवसभ्यताको ऐतिहासिक तथा वैज्ञानिक माक्र्सवादी दृष्टिकोण हो । यसले आर्थिक आधार र उपरिसंरचनाका साथै वस्तुगत समाजको समग्र गतिलाई द्वन्द्ववादको कडीमा राखेर वैज्ञानिक संश्लेषण निकाल्ने गर्छ ।

भौतिकवादी द्वन्द्ववादको विकास मानवीय चेतनाको उच्चतम स्वरूप हो । यो पद्धति प्राकृतिक विज्ञानको आविष्कार, जैविक विज्ञानको विकाससम्बन्धी नियमहरू, ……………., द्वन्द्ववाद तथा भौतिकवादको समुच्चय हो । द्वन्द्वात्मक भौतिकवाद ऐतिहासिक भौतिकवादको अभिन्न अङ्गका रूपमा रहेको छ ।

भौतिकवादी द्वन्द्ववाद विकासका विभिन्न आधारहरू हुन् । समग्रमा भन्नुपर्दा माक्र्सवादी दर्शनमा द्वन्द्ववाद र भौतिकवादको परस्पर एकता अद्भुत खालको रहिआएकाले यसलाई त्यसैकारणले भौतिकवादी द्वन्द्ववाद (dialetical materlism) भनिन्छ ।

१. द्वन्द्ववाद (Dilusim)
भौतिकवादी द्वन्द्ववादको विकासमा द्वन्द्ववादको विकास (उच्चतम विकास) महत्वपूर्ण परिघटना हो । १९ औँ शताब्दीको जर्मन दर्शनको उच्च विकासमध्ये भौतिकवादपछिको अर्को महत्वपूर्ण अङ्गका रूपमा रहेको थियो । द्वन्द्ववादले तात्कालीन समयमा जर्मनीको समाजमा रहेको अधिभूतवाद ९ःभतबउजथकष्अब०ि लाई निर्मम प्रहार गरेको थियो । महान् जर्मन दार्शनिक विल्हम फ्रेडरिक हेगेल (सन् १७७०–१८३१) ले यो पद्धतिको विकास गरेका थिए । उनले समाजमा व्याप्त इसाई चिन्तनमाथि प्रहार गर्दै तीनवटा महत्वपूर्ण उपलब्धिहरू प्राप्त गरे ।

(१) विपरीत तत्वको एकता र सङ्घर्षको नियम
(२) मात्राबाट गुणमा रूपान्तरण
(३) निषेधको निषेध नियम ।

यी द्वन्द्ववादका महत्वपूर्ण आधारहरू रहेका थिए । हेगेल एउटा वस्तुवादी आदर्शवादी पनि थिए । तापनि दर्शनका क्षेत्रमा उनको विचारले उथलपुथल ल्याएको थियो । द्वन्द्ववाद पद्धतिले प्रकृति र सामाजिक परिघटनाहरूलाई गतिशील रूपले हेर्ने गर्छ । हेगेल गति सम्बन्धमा भन्छन्, ‘गति आफैँमा विद्यमान अन्तरविरोध हो ।’ विकास हुनलाई छलाङ आवश्यक पर्छ । विकासमा तीव्रता आउन फड्को अपरिहार्य छ भन्छन् हेगेल ।

विकास दुई तरिकाले हुन्छ ः १) क्रमिक र २) क्रान्तिकारी । त्यस्तै विकास क्रमिक रूपले अगाडि बढ्दै निश्चित चरणमा पुगेपछि गुणात्मक फड्कोमार्फत समाजमा उथलपुथल आउने धारणा उनको रहिआएको थियो । तर हेगेलको दर्शन द्वन्द्ववादबाहेक वस्तुवादी अतिभूतवादी थियो । उनी भन्छन्, ‘परम् आत्माले समाज चलेको हुन्छ । अर्थात् राज्यसत्ता गौण र चेतना प्रधान हो ।’ त्यसलाई प्रस्ट पार्न उनी भन्छन्, ‘राष्ट्रको विशिष्ट आत्माले त्यस राष्ट्रको चेतना र अन्य पक्षहरूलाई ठोस रूपले अभिव्यक्त गर्छ । उक्त विशिष्ट आत्मा सो राष्ट्रको आधार र उपरिसंरचना तथा प्राविधिक सीपको साझा चिह्न हो ।’
हेगेलको दर्शनमा अधिभूतवादी चिन्तनको समस्या भए पनि द्वन्द्वात्मक भौतिकवादको आधार तयार पार्न यसको महत्वपूर्ण भूमिका रहेको कुरा एङ्गेल्सले स्पष्ट गरेका छन् । हेगेलले विकास गरेको दर्शनको योगदानको महत्व दर्साउँदै एङ्गेल्सले भनेका छन्, ‘द्वन्द्ववादको मद्दतबाट मात्र इतिहासको भौतिकवादी व्याख्या र सर्वहारा वर्ग तथा पुँजीपति वर्गबीचको समकालीन वर्गसङ्घर्षमा त्यसको विशेष कार्यान्वयन सम्भव भएको थियो ।’
यस्तै ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको विकासको अर्काे महत्वपूर्ण पक्ष भौतिकवाद रहेको छ
(२) भौतिकवाद (materlism)
महान् जर्मन शास्त्रीय दार्शनिक फायरबाख (सन् १८०४–१८७२) आÇनो समकालीन समयमा प्रभुत्व जमाउन सफल मात्र भएनन्, कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सजस्ता दार्शनिकहरू पनि तरुण हेगेलवादी बने । उनले हेगेलको आदर्शवादको कडा प्रतिवाद गर्दै इसाई धर्मको सार ग्रन्थमा लेखेका छन्, ‘तर मस्तिष्क तबसम्म मात्र चिन्तनको इन्द्रिय रहन्छ जबसम्म त्यो मानिसको टाउको र शरीर जोडिएको हुन्छ ।’
फायरबाखको दर्शन अथवा भौतिकवादको प्रस्तावमा मानव रहिआएको थियो । उनले सत्तालाई प्रधान र चिन्तनलाई गौण हुन्छ भनेर हेगेलको दर्शनमा रहेको अधिभूतवादी ९ःभतबउजथकष्अब०ि चिन्तनमाथि ठाडो प्रहार गरे । उनी के भन्छन् भने सत्ताले चिन्तनलाई निर्धारण गर्छ । पदार्थ प्रमुख हो । पदार्थबिना चेतनाको अस्तित्व रहँदैन । उनले त्योभन्दा पहिलेदेखि समाजमा व्याप्त रहेको अधिभूतवादी चिन्तनमाथि प्रहार गरे । त्यस्तै उनी अगाडि भन्छन्, ‘सत्ताको प्रमुख आधार मानिस हो । मानिसलाई नलिने हो भने सत्ता र चिन्तनको आधार अर्थहीन हुन्छ ।’ तर दुवै जर्मन शास्त्रीय दार्शनिकहरू हेगेल र फायरबाखमा कतिपय अधिभूतवादी चिन्तनहरू रहेका थिए ।

द्वन्द्ववादको वैज्ञानिक व्याख्या गरे पनि हेगेलमा सत्ता र चिन्तनका विषयमा गम्भीर कमजोरी रहेका थिए । यता फायरबाखले भौतिकवादलाई आÇनो दर्शनको आधार बनाए पनि हेगेलको द्वन्द्ववादलाई आत्मसात गर्न नसक्नु, भौतिकवादको प्रस्थापना मानिसमा सीमित राख्नु र समाजमा लागू गर्न नसक्नु, श्रमलाई समाजको गतिसँग जोड्न नसक्नु उनको अर्काे कमजोरी रहेको थियो । उनीहरूमा विभिन्न कमजोरी हुँदाहुँदै पनि कार्ल माक्र्स र एङ्गेल्स अधिभूतवादी चिन्तनमा रहेका क्रान्तिकारी तथा वैज्ञानिक पक्षलाई आत्मसात गरेर भौतिकवाद र द्वन्द्ववादको संयोजनमा आधुनिक विज्ञानको उच्चतम स्वरूप द्वन्द्वात्मक भौतिकवादको जग बसाल्न सफल भए । त्यस्तै द्वन्द्वात्मक भौतिकवादको विकासमा अर्काे महत्वपूर्ण पक्ष युरोपमा भएका १७ औँ शताब्दीदेखि १९ औँ शताब्दीमा प्राकृतिक तथा सामाजिक विज्ञानमा स्थापित भएको नयाँ विकास हुन् ।
१. शक्ति सञ्चय (conservation of energy) 
जर्मन भौतिकशास्त्री रबर्ट मायरले सन् १९४६ मा यल तजभ अयचचभबितष्यल ायचअभ नामको पुस्तकमा एउटा विश्वव्यापी धारणा प्रस्तुत गरे, ूभ्लभचनथ लष्तजभच दभ अचभबतभम लयच दभ मभकतचथभम दगत ष्त अबल दभ अजबलनभ यलभ ायचm तय बलयतजभच ायचm।ू
अर्थात् शक्ति न उत्पादन गर्न सकिन्छ, न त नष्ट गर्न नै तर यो एउटा शक्तिबाट अर्काे शक्तिमा रूपान्तरण गर्न सकिन्छ । यो भनाइ संसारमा गतिको परिणाम उति नै रहिरहन्छ, गतिको अन्त्य कहिल्यै हुँदैन बरु शक्ति रूपान्तरण भइरहन्छ भन्ने थियो । जस्तै प्रकाश शक्तिबाट विद्युतीय शक्ति, विद्युतीयबाट यान्त्रिक शक्ति इत्यादि । यो निष्कर्षले भौतिकवादी द्वन्द्ववादी विश्व–दृष्टिकोणको विकासमा महत्वपूर्ण योगदान रह्यो ।
२. डार्बिनको विकासवादी सिद्धान्त (१८०९–१८८२)
चाल्र्स डार्बिनले लामो अध्ययन गरी मानव तथा अन्य प्राणीहरूको विकाससम्बन्धी विभिन्न तरिकाबाट वैज्ञानिक कारण पत्ता लगाए ः
(क) प्राकृतिक छनोट
(ख) अस्तित्वका लागि सङ्घर्ष
(ग) उत्परिवर्तन ।
उनले विभिन्न विधि पत्ता लगाए । त्यसकारण डार्बिनको जीवविकाससम्बन्धी सिद्धान्तले द्वन्द्वात्मक भौतिकवादको विकासमा महत्वपूर्ण भूमिका निर्वाह ग¥यो ।
३. कोषहरूको आविष्कार (discovery of cell)
महान् दार्शनिक कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले द्वन्द्ववादमा भएका क्रान्तिकारी विचारदेखि प्राकृतिक विज्ञानले २० औँ शताब्दीसम्म गरेको अविष्कारको अनुभवहरूलाई दार्शनिक रूप दिएर ऐतिहासिक भौतिकवादको जग बसाले । ऐतिहासिक भौतिकवादका विभिन्न पक्षहरू यसप्रकार छन् ः
१. द्वन्द्वात्मक भौतिकवादको मुख्य विषयवस्तु
जसरी दर्शनले सत्ता र चिन्तनमध्ये प्रधान को भनेर प्रश्न गरेजस्तै द्वन्द्वात्मक भौतिकवादले आधार र उपरिसंरचनामध्ये प्रधान अर्थात् पहिले विषयवस्तु के हो ? भनी प्रश्नको जबाफ खोज्ने गर्छ । यसको गाँठी कुरा यसमै भर पर्ने गर्छ । ऐतिहासिक भौतिकवादले आधारलाई प्रधान र उपरिसंरचनालाई गौण मान्ने गर्छ । समाजको निर्माणमा उत्पादन प्रणालीले मुख्य भूमिका निर्वाह गरेको हुन्छ । समाज परिवर्तनका क्रममा वर्गसङ्घर्ष निर्णायक हुन्छ भन्नेजस्ता मान्यता राख्ने गर्छ ।
२. राज्यको उत्पत्ति र विकास
राज्यसत्ता भनेको समाजको वर्गीय, आर्थिक तथा राजनीतिको समष्टि योग हो । कुनै पनि राज्यसत्ता वर्गीय चरित्रको हुन्छ । लेनिनका अनुसार ‘राज्यसत्ता भनेको शासक वर्गको हातमा रहेको हिंस्रक यन्त्र हो जसले विरोधी वर्गलाई नियन्त्रण र दमन गर्ने गर्छ ।’ अर्काे शब्दमा ‘यो वर्गीय दमनको हतियार हो ।’ यो संरचना मानव समाज विकासका क्रममा श्रम विभाजन भएपछि सङ्गठित रूपले विकास भएको हो । राज्यसत्ताका विभिन्न विशेषता यसप्रकार छन् ः
१. राज्यसत्ताले निश्चित भूगोलमा बसोबास गर्न मानिसहरूलाई समेट्छ ।
२. समाजमा विद्यमान आर्थिक सम्बन्धको पक्षपोषण गरेर आÇनो वर्गको रक्षा गर्छ ।
३. राज्यसत्ताले सङ्गठित संरचना तयार गरेको हुन्छ । फलस्वरूप सजिलै आÇनो भूगोलभित्रका जनतालाई नियन्त्रणमा राख्न र बाह्य आक्रमणबाट आÇनो रक्षाका लागि शासन गर्ने गर्छ ।
४. विशेष वर्गहरूबाट कर असुली गर्छ र त्यसको परिचालन गरी विरोधी वर्गलाई दमन गर्छ ।
३. वर्गसङ्घर्ष (class struggle)

मानव समाजको विकासक्रमसँगै श्रम विभाजन जटिल बन्दै गएपछि विभिन्न वर्गहरू देखापरे । परिणामस्वरूप विभिन्न वर्गको विकास भयो । एउटा वर्गले अर्काे वर्गको श्रमशोषण गर्ने स्थिति पैदा भएपछि उत्पीडित वर्गलाई आÇनो अधिकारको निमित्त सङ्घर्ष गर्नु जरुरी सर्त बन्यो । त्यही क्रममा वर्गहरू देखापरे । लेनिनले भनेका छन्, ‘वर्ग मानिसका ती समूह हुन् जसमध्ये एउटाले सामाजिक अर्थव्यवस्थाको पद्धतिमा आÇनो स्थानको हैसियतले अर्काको श्रम लुट्न सक्छ ।’ यसरी शासक वर्गले शासित वर्गलाई दमन गर्न चाहे त्यो वैधानिक होस् वा अवैधानिक जसरी पनि, जुन तरिकाले भए पनि शोषण गर्ने पद्धति सङ्गठित तरिकाले गरेको हुन्छ । फलस्वरूप ती दुई वर्ग शोषक र शोषित बन्न गई समाज जटिल मोडमा आइपुग्छ । परिणामस्वरूप सामन्त, जमिनदार, कमाराकमारी, दास–मालिक, मजदुर, पुँजीपति, दलाल पुँजीपतिजस्ता जटिल वर्ग देखा पर्छन् । त्यसपछि ती वर्गहरूबीच अन्तरविरोध चुलिँदै जान्छ र सङ्घर्ष हुन्छ । ती सङ्घर्षका स्वरूपहरू वैधानिक–अवैधानिक दुवै प्रकृतिका हुन्छन् ।

अन्तविरोध दुई प्रकारका हुन्छन् ः (१) प्रधान (२) गौण

प्रधान अन्र्तविरोध शत्रुतापूर्ण हुन्छ भने अर्काे गौण अन्तर्विरोध नरम प्रकृतिको हुन्छ । गौण अन्तर्विरोधमा वैधानिक सङ्घर्षका स्वरूप पर्छन् भने प्रधान अन्तरविरोधमा अवैधानिक, सशस्त्र इत्यादी पर्छन् । त्यसैले वर्ग शत्रुबीचमा सङ्घर्ष हुन्छ । समग्रमा आÇनो वर्गीय हितका लागि हुने द्वन्द्वको स्वरूपलाई वर्गसङ्घर्ष भनिन्छ । वर्गसङ्घर्ष समाजलाई गति प्रदान गर्ने परिचालक हो । स्टालिनका अनुसार वर्गसङ्घर्ष समकालीन गतिशील समाजको पाङ्ग्राको नाभी हो ।
४. समाज विकाससम्बन्धी धारणा
समाजको गतिसम्बन्धमा दुई परस्पर विरोधी धारणा रहिआएका छन् । पहिलो दृष्टिकोण आदर्शवादी हो जसले यो सांसारिक चीजलाई ईश्वरको देन मान्ने गर्छ जसअनुसार प्रकृति र मानिस रहस्यमय छन् । संसार अज्ञेय छ । जसले संसारलाई प्रभुको देन मान्ने गर्छ । अर्काे वैज्ञानिक दृष्टिकोण छ जुन भौतिकवादी दृष्टिकोण हो । भौतिकवादी दृष्टिकोण पनि दुई प्रकारका छन् ः १) अतिभूवादी र २. द्वन्द्वात्मक भौतिकवादी ।

अधिभूतवादी अवधारणाले संसार, समाज विज्ञानलाई एकाङ्गी तरिकाले व्याख्या तथा विश्लेषण गर्छ । यसले सांसारिक वस्तु तथा घटनालाई अस्तित्वमा आएदेखि एउटै तरिकाले बुझ्ने गर्छ । यो धारणाले परिवर्तन र मात्राबाट गुणमा आएको परिवर्तनलाई बुझ्न सक्दैन । द्वन्द्वात्मक भौतिकवादले मात्राबाट गुणमा आएको परिवर्तनलाई अङ्गीकार गर्न सक्छ । यसले वस्तु र संसारलाई निरपेक्ष रूपले नभई सापेक्ष रूपले ग्रहण गर्ने गर्छ । हरेक वस्तुभित्र भएका अन्तर्विरोधहरूले गर्दा वस्तुमा हुने विकासको गतिलाई कारक तत्व मान्ने गर्छ । समाजमा विद्यमान उत्पादक शक्ति र उत्पादन सम्बन्ध विचको अन्र्तविरोधले गर्दा समाजमा गति आउने ऐतिहासिक भौतिकवादको धारणा रहि आएको छ ।
५. उत्पादन प्रणाली (mode of production)
प्रकृतिमा भएको वस्तुलाई मानवीय श्रमद्वारा जीवन निर्वाहका लागि वा नयाँ वस्तुहरूको सिर्जना गर्ने प्रक्रिया नै उत्पादन हो ।
वस्तु उत्पादन गर्न श्रम, श्रमको वस्तु र औजारको आवश्यकता पर्छ । श्रमको वस्तु र श्रमको साधनको संयुक्त रूपलाई उत्पादनको साधन भनिन्छ । श्रम शक्ति र उत्पादनका साधनलाई उत्पादक शक्ति भनिन्छ । प्रकृतिमा भएका वस्तुमा मानिसले श्रम गरेपछि वस्तुको उत्पादन हुन्छ । उत्पादित वस्तुलाई विनिमय र उपभोग गर्दा विभिन्न सम्बन्धहरू पैदा हुन्छन् । त्यो प्रक्रियालाई उत्पादन सम्बन्ध भनिन्छ । त्यसैगरी ऐतिहासिक भौतिकवादको महत्वपूर्ण बिन्दु उत्पादक शक्ति र उत्पादन सम्बन्ध मिलेर उत्पादन प्रणाली बन्दछ । यो समाजको आधार हो ।

उत्पादन प्रणालीअनुरूप उपरिसंरचना बन्ने गर्छ । कार्ल माक्र्सले तर्क गरेका छन्, ‘सिङ्गो देश र उत्पादन सम्बन्धले वर्गसम्बन्धलाई जन्म दिन्छ । त्यो प्रकारको वर्गसम्बन्धले उत्पादन सम्बन्धअनुसारको संस्कृति पैदा गर्छ । त्यसप्रकारको संस्कृतिले उत्पादन सम्बन्धअनुसारको चेतना पैदा गर्छ । त्यो चेतनाअनुसार सामाजिक संरचनाको निर्माण हुन्छ । विचार, राजनीति, संस्कार, दर्शन र सम्पूर्ण सामाजिक मान्यताहरू उत्पादन प्रणालीका उपज हुन् ।

त्यस्तै उत्पादक शक्ति गतिशील हुन्छ भने उत्पादन सम्बन्ध स्थिर हुन्छ । उत्पादक सम्बन्ध उत्पादक शक्तिले गुणात्मक फड्को नहान्दासम्म स्थिर रहन्छ । परिणामस्वरूप विकसित उत्पादक शक्ति र सापेक्षिक रूपले स्थिर उत्पादन सम्बन्धबीचमा अन्तर्विरोध चर्किंदै जान्छ । यसरी चर्किएको अन्तर्विरोध समाधान गर्न उत्पादक शक्तिको बाधक बनेको पुरानो उत्पादन सम्बन्धलाई तोडेर नयाँ सम्बन्धको विकास हुन जान्छ । त्यसको परिणामस्वरूप उपरिसंरचनामा परिवर्तन आउँछ र नयाँ समाजको निर्माणमा सघाउ पुग्ने गर्छ । अर्काे शब्दमा आमूल परिवर्तन आउने गर्छ ।
६.सामाजिक क्रान्ति ( social revolution)
सामान्यतया क्रान्ति भनेको अग्रगमनको क्रमिक प्रक्रिया हो । क्रान्ति मात्राबाट गुणात्मकमा रूपान्तरण भई आधार र उपरिसंरचनामा आउने उथलपुथल प्रक्रिया हो । क्रान्तिको आधार गतिशील उत्पादक शक्ति र सापेक्षिक रूपले स्थिर पुरानो उत्पादन सम्बन्धबीचको अन्तर्विरोध समाधान गर्न बलपूर्वक पुरानो उत्पादक सम्बन्धको ठाउँमा नयाँ उत्पादक सम्बन्ध स्थापित गर्न राज्यसत्ता कब्जा गर्न गरिने उथलपुथल प्रक्रिया हो ।
क्रान्तिले पुरानो उत्पादन प्रणाली विस्थापित गरी नयाँ उत्पादन सम्बन्ध स्थापित गर्ने गर्छ । यसको असर समग्र समाजमा पर्न जान्छ अर्थात् यसले कानुन, राज्यसत्ता, सामाजिक, सांस्कृतिक र राजनीतिक रूपान्तरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । सामाजिक क्रान्तिका प्रक्रिया अगाडि बढ्न मुख्य दुईवटा आधार आवश्यक पर्छ ः
१) वस्तुगत परिस्थिति
२) आत्मगत परिस्थिति
वस्तुगत परिस्थिति मुख्यतया विद्यमान राज्यसत्तामा आएको सङ्कटमा भर पर्ने गर्छ ।
(क) गतिशील उत्पादक शक्ति र सापेक्षिक रूपले अस्थिर उत्पादन सम्बन्धबीचको चर्को अन्तरविरोध ।
(ख) शासकले पुरानो तरिकाबाट शासन गर्न नसक्नु र शासित वर्ग पहिलेकै स्थितिमा नरहनु अर्थात् परिवर्तन गर्न अग्रसर हुनु ।२) आत्मगत परिस्थिति
(क) उत्पादक शक्ति र उत्पादन सम्बन्धबीचको अन्तरविरोध चिरफार गर्न सक्ने अर्थात् पुरानो राज्यसत्तालाई ध्वस्त पार्दै नयाँ व्यवस्था स्थापना गर्न क्रान्तिकारी वर्गमा आँट र सामथ्र्य हुनु ।
(ख) क्रान्तिकारी पार्टी र क्रान्तिको समग्र नेतृत्व गर्नसक्ने वा क्षमता राख्ने नेतृत्वको विकास भएको हुनुपर्छ ।
७. ऐतिहासिक भौतिकवादी शास्त्र र अन्य शास्त्र (dialetical meterlism and other phylosophy)
विद्यमान समाजमा विभिन्न शास्त्रहरूले फरकफरक पहिचान बोकेर विभिन्न ढङ्गले समाज तथा ऐतिहासिक परिघटनालाई व्याख्या गर्ने गरेका छन् । विभिन्न शास्त्रहरू आÇनो विशेष स्थानमा रहिआएका छन्, जस्तै ः राजनीतिकशास्त्र, समाजशास्त्र, न्यायशास्त्र, नीतिशास्त्र, भाषाशास्त्र, इतिहास इत्यादि । ती शास्त्रहरू आÇना क्षेत्रमा विशेष महत्वका छन् यद्यपि द्वन्द्वात्मक भौतिकवादजस्ता पूर्ण विकसित भने छैनन् । द्वन्द्वात्मक भौतिकवादको दायरा व्यापक छ । यसले सामाजिक गतिको विकास तथा सामाजिक रूपको विकाससम्बन्धी नियमहरू पत्ता लगाउने गर्छ । कानुनशास्त्रले स्थापित कानुनहरूको व्याख्या र विश्लेषण मात्र गर्छ । इतिहासले द्वन्द्वात्मक भौतिकवादजस्तो समाज विकासका बारेमा अध्ययन त गर्छ तर द्वन्द्वात्मक भौतिकवादले जसरी होइन । इतिहासले स्थापित मान्यताहरूको मात्र अध्ययन गर्ने गर्छ तर द्वन्द्वात्मक भौतिकवादले समाज विकासका नियमहरूसमेत पत्ता लगाउने गर्छ । समाजको उत्पत्ति, राष्ट्र र राज्य, सामाजिक चेतना, वर्ग तथा समुदाय द्वन्द्वात्मक भौतिकवादका मूल विषय हुन् ।
८. निष्कर्ष (conclusin)
ऐतिहासिक भौतिकवादको मूल प्रश्न समाज विकाससम्बन्धी पदार्थको गतिको नियम हो । इतिहासका सामाजिक परिघटनाहरूमा द्वन्द्वात्मक भौतिकवाद प्रयोग भएर आएकाले द्वन्द्वात्मक भौतिकवादलाई ऐतिहासिक भौतिकवाद भनिएको हो । ऐतिहासिक भौतिकवाद समाज परिवर्तनको मार्गनिर्देशक सिद्धान्त हो । यसले समाजको प्रधानअन्तरविरोध के हो ? समाज विकास गर्न आवश्यक वस्तुगत तथा आत्मगत परिस्थितिलाई ठोस रूपले अध्ययन गरेर समाजलाई गति दिन वैचारिक नेतृत्वकारी भूमिका खेल्न यसले बाटो देखाउने गर्छ ।

यो दर्शनले समाजलाई रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्छ । ऐतिहासिक भौतिकवाद आफैँमा गतिशील रहेको छ । यसलाई जडसूत्रका रूपमा ग्रहण नगरेर सापेक्षिक ढङ्गले बुझ्न जरुरी छ । सापेक्षता अपनाउने नाममा द्वन्द्वत्मक भौतिकवादलाई लम्पसारवाद र वैचारिक पलायनको गन्धबाट बचाउनु पनि उतिक्कै महत्वपूर्ण पक्ष रहेको छ । यद्यपि अब द्वन्द्वात्मक भौतिकवादका स्थापित मान्यताहरूलाई स्वीकार गर्नु जरुरी छ र यसका केही कमजोरी अथवा नपुग पक्षमा विकास गर्नु पनि जरुरी देखिएको छ । त्यस्तै माक्र्सवाद ग्रहण सन्दर्भमा पनि केही विकास गर्नु जरुरी देखिएको छ । आज सर्वहारा वर्गको दर्शन हिजोका केही कमजोरीलाई अङ्गीकार गरेर मात्र बस्नु नभएर आजका सच्चा माक्र्सवादीहरूको जिम्मा दर्शनमा नयाँ आयाम थप्नु वा विकास गर्नु जरुरी छ ।