राजनीतिक दलहरुलाई तर्साउने ज्ञानेन्द्रको अर्को विज्ञप्ति

काठमाडौ:  पुस २७, दश बर्षे जनयुद्धले राजतन्त्रको जरै खल्बल्याएको आवस्थामा संसदवादी शक्ति र बिद्रोहको नेतृत्व गरिरहेको तात्कालीन नेकपा (माओवादी) ले गरेको संयक्त जनआन्दोलनले बढारेको राजतन्त्र पुन सल्बलाउन थालेको छ ।

बिशेष गरि सो सत्ताको नेतृत्व गर्ने राजा ज्ञानेन्द्र । पटक पटक उनले देश संकटमा परेको भन्दै विज्ञप्ति निकाल्दै आएका छन् । उनको विज्ञप्ति पछि संसदवादी शक्ति भने झस्किने गरेका छन् । धार्मिक यात्राको नाममा देश दौडाहा पनि रहस्य जस्तै बनेको जानकारहरु बताउँछन् ।

ज्ञानेन्द्रको थाईल्याण्ड यात्राबाट पनि एमाले, काङ्ग्रेस, माओवादी केन्द्रका नेताहरु त्रसित भएर बिभिन्न अभिब्यक्ति दिदै आएका छन् । त्यहि त्रासको मनोबिज्ञानको कारणले हुन सक्छ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजालाई जनताले फालि सकेको बताएका थिए ।

त्यसको केहि दिन पछि काङ्ग्रेस नेता बिमलेन्द्र निधिले पनि त्यस्तै अभिव्यक्ति दिएका थिए । त्यस्तै आज पनि ज्ञानेन्द्र शाहले संसदवादी दलहरुको सातो पुत्लो उडाने विज्ञप्ति निकालेका छन् । उनले निकालेको बिज्ञप्तिमा भनिएको छ ।

नेपालको अस्तित्व, स्वाभिमान र गौरव चिरकालसम्म जोगाउन, नेपालीबीचको एकतालाई जीवन्त र स्थायी बनाउन, स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्न सबै नेपालीलाई राष्ट्रिय झन्डामुनि गोलबद्ध हुन आह्वान गर्दछु ।

त्यस्तै अगाडी भनिएको छ , तत्कालीन परिस्थितिमा नारायणहिटीबाट आफू बाहिरिए पनि जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट नपन्छिएको दाबी गरेका छन् ।