माओवादीको जनकारबाही गर्ने निर्णयपछि संसदवादी दलका नेताहरुको भागाभाग चल्यो

काठमाडौं: पुस २७, गाबिसको बजेट सार्बजनिक कार्यक्रममा नेत्र बिक्रम चन्द “विप्लब” नेतृत्वको नेकपा (माओबादी) ले मनपरी तबरले योजना तर्जुमा गरिए जनकार्बाही गर्ने घोषणा गरेपछि काङ्ग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख नेताहरू कार्यक्रमस्थल छोडेर भागेका छन् ।

राजनीतिक भागबन्डाका आधारमा जनतालाई थाहै नदिई गाउँ परिषद गरेर बार्षिक योजना तर्जुमा गरेको भन्दै कास्की जिल्ला ढिकुरपोखरि गाबिसको जनताको सहयोगमा माओबादीले गाबिस कार्यालयमा तालाबन्दी गरेको छ ।

बजेट सार्बजनिक कार्यक्रममा उपस्थित ढिकुरपोखरी गाबिसको वडा नम्बर ३ र ९ का जनाताले “आफुहरु भौगोलिक दृष्टिले दुर्गमस्थलमा रहनुपरेको भएपनि त्यहाँको बाटोघाटो लगायतका बिकास निर्माणका लागि गाविसले कुनैध्यान नदिएको” भन्दै बिरोध गरेका थिए । दलीय भागबण्डा र समानुपातिक बजेका बिरुद्ध चर्को नाराबाजी गरेका थिए ।

पिडित जनताको आवाजलाई बेवास्ता गर्दै बजेट सार्बजनिक गर्न लागिएपछी पिडित जनताको अनुरोधमा माओवादी ईलाका न १० का इन्चार्ज “परिबर्तन” ले माइक खोसेर पिडित जनताको आबाज नसुनी केही टाँठाबाठाको इशारामा बजेट घोषणा गरिए “जनकारबाही” गर्ने घोषणा गरेका थिए । उनको घोषणा संगै काङ्ग्रेस ,एमाले र माओवादी केन्द्र का प्रमुख नेताहरूको भागभाग भएको थियो ।