पृथ्वीनारायण शाह र नेपाली राष्ट्रियता : अनिल शर्मा

अनिल शर्मा (विरही) नेकपा (माओवादी) पोलिट व्यूरो सदस्य तथा प्रकाशन विभाग ईन्चार्ज

वस्तुको मूल्याङ्कन ‘भौतिक परिस्थिति र काल’ को आधारमा गरिनिुपर्दछ । अन्यथा हरेक
पुस्ताले अग्रजलाई धारेहात लगाउ“दै हि“ड्ने प्रक्रिया चल्नेछ । न्यायशास्त्रमा कानुनवेत्ताहरूले
कुनै घटना हुनासाथ घटनाका कारण कसलाई फाइदा भयो ? भन्ने कोणबाट अनुसन्धान सुरु
गर्छन् । नेपालको एकीकरणले नेपालीलाई फाइदा भयो कि विदेशीलाई ? यो सहज दृष्टिले मात्र
पनि हामीलाई सत्यको नजिक पु¥याउ“छ । पृथ्वीनारायण शाह र नेपाल एकीकरणलाई पृथक
विश्लेषण गर्ने गरेको पनि देखिन्छ ।

पुस २७ गते पृथ्वीजयन्तीको तिथि परेको छ । नेपाल गणतन्त्रमा प्रवेश गरेपछि सरकारले पृथ्वीजयन्ती मनाउन छाडेको छ र त्यस दिनको सरकारी बिदा कटौती गरेको छ । पृथ्वीनारायणको जीवन र कर्मका विषयमा बहसहरू चलिरहेका छन् र त्यो बहस चलिरहनेछ ।

नेपालको एकीकरण र पृथ्वीनारायण शाहका विषयमा कम्युनिस्ट धारणा केकस्तो हुनुपर्ला त ? यहाँ सङ्क्षिप्त चर्चा गर्न खोजिएको छ । पृथ्वीनारायण शाहको समयमा नेपाल बाईसेचौबीसे राज्यमा विभाजित थियो । आन्तरिक काटमारले धनजनको ठूलो क्षति भइरहेको थियो । युद्ध करले जनता आजित थिए । कुटिर उद्योग र व्यापारमा त्यसले बाधा दिइरहेको थियो । त्यसकारण ठूलो, बलियो र केन्द्रीकृत शासन आवश्यक थियो ।

त्यो नेपालको वस्तुगत आवश्यकता थियो । वस्तुगत रूपले पाल्पाली राज्य र काठमाडौँका मल्ल राजाहरूका लागि त्यसको नेतृत्व गर्ने अवसर थियो । तर आत्मगत रूपमा उनीहरू त्यसका लागि तयार थिएनन् । सापेक्षित रूपले सानो र आर्थिक रूपले कमजोर गोरखाका राजा पृथ्वीनारायण शाहले त्यसको नेतृत्व गरे अर्कातिर समुद्रपारबाट बाइबल र औद्योगिक वस्तु बोकेर अङ्ग्रेज कलकत्ताबाट सारा भारतीय राज्यहरू निल्दै उत्तरतिर बढ्दै थियो । अङ्ग्रेजहरू ल्हासासम्म पुग्न चाहन्थे ।

उनीहरूले एकातिर धर्मका नाममा घुसपैठ गर्दै थिए भने आपसमा लडिरहेका एउटा राज्यका विरुद्ध अर्कोलाई सहयोग गर्दै प्रभाव विस्तार गर्दै थियो । भारत जसरी नै सबै नेपाललाई कब्जा गर्नु उसको रणनीति थियो । ऊसँग लड्नका लागि केन्द्रीकृत र बलियो नेपाल अनिवार्य सर्त थियो । त्यो वस्तुगत आवश्यकतालाई पृथ्वीनारायण शाहले पूरा गरे । आन्तरिक द्वन्द्व र बाहिरी दुस्मनका विरुद्ध लड्न वस्तुगत आवश्यकता थियो ।

यो वस्तुगत आवश्यकतालाई पृथ्वीनारायण शाहले बुझ्नसकेकै कारण उनी सफल भएका हुन् । पृथ्वीनारायण शाहको भूमिकाको मूल्याङ्कन गर्दै मोहन विक्रम सिंह भन्दछन् “उनले नेपालको एकीकरण राज्य विस्तारको सामन्ती उद्देश्यले प्रेरित भएर नै गरेका थिए । तैपनि उनको कामको ऐतिहासिक र सकारात्मक महत्व छ ।” जनतन्त्रविरोधी शासकहरु पनि साम्राज्यवादविरोधी, एकाधिकार पुँजीवादविरोधी हुनसक्छन् । त्यसैगरी पृथ्वीनाराण शाह अंग्रेज साम्राज्यवादका विरोधी थिए ।

यो एकीकरण प्रक्रिया पूरा नभएको भए आज नेपालको स्वतन्त्र अस्तित्व सम्भव थिएन । अङ्ग्रेजी साम्राज्यवादको
आक्रमणबाट नेपाललाई स्वाधीन राख्ने श्रेय पृथ्वीनारायण शाहलाई जान्छ । पृथ्वीनारायण शाहको एकीकरणबाट अङ्ग्रेज पादरी र अङ्ग्रेज बुद्धिजीवीहरू चिढिएका थिए । राष्ट्रघात गरेका कारण देशनिकाला गरिएका, कारबाहीमा परेका, भगौडाहरूलाई अङ्ग्रेजले आफू प्रशासित भारतमा शरण दिएर पृथ्वीनारायण शाह र नेपालका विषयमा लेख्न लगायो । उतैका विद्वान् र उनीहरूबाट दीक्षित बौद्धिक जमातले पढाएको शिक्षा र कृतिपढेर हामी विभाजित छौँ ।

नेपाली जगमा उभिएर इतिहास लेखिने प्रक्रिया सुरु भएको छैन । पृथ्वीनारायण शाहको पालामा आजको जस्तो जनवाद कायम गर्न सम्भव थिएन । तर पृथ्वीनारायण शाह र काठमाडौँका भारदारका बीचमा ‘काठमाडौँका प्रजाले पृथ्वीनारायण शाहलाई राजा मान्ने, पृथ्वीनारायण शाहले नेवारी संस्कृति र सम्पत्तिको रक्षा गरिदिने’ सहमति भएझैँ आर्थिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्न सम्भव थियो । कतिपय अवस्थामा त्यो सीमालाई मिचिएको ठानिन्छ । पृथ्वीनारायण शाहको भूमिकाबाट चिढिएको पक्षले विद्रूपीकरण गरेको पक्ष पनि जगजाहेर छ ।

हालको भारतका मराठी, खालिस्तानी, लखनौका नवाबलगायत राज्य र शासकहरू प्राविधिक र आर्थिक रूपमा गोरखा राज्यभन्दा निकै शक्तिशाली थिए । उनीहरू एकपछि अर्को गर्दै गोराहरूको कब्जामा परे । एकीकरणको प्रक्रियामा पृथ्वीनारायण शाहले भारतीय भूमिबाटै हतियार जम्मा गरेका थिए तर भारत गोराहरूको कब्जामा जाँदा पनि नेपाल बच्यो । त्यसका पछाडि रणकौशल र दृष्टिकोणसमेत कारक छ ।

अङ्ग्रेजले नेपाल कब्जा गरेको भए आज हामी जेजति स्वतन्त्र छौँ, हाम्रो आर्थिक–सांस्कृतिक पक्ष कायम छन्, त्यति पनि रहन सक्थ्यो कि सक्तैनथ्यो, बाईसे– चौबीसे राज्य र कबिलाई समाजलाई स्वतन्त्र ठान्ने हो भने जङ्गली अवस्थामा मान्छे त्योभन्दा बढी स्वतन्त्र थियो होला । विषयलाई जति पनि तन्काउन सकिन्छ । पृथ्वीनारायण शाह वंश परम्परामा आधारित सामन्ती शासक थिए । त्यसप्रकारका शासनप्रणालीको विशेषता उनको शासनकालमा पनि निरन्तर हुने नै भए ।

त्यसो भनेर भौगोलिक एकीकरणकै विरोध गर्नु इतिहासको वस्तुपरक मूल्याङ्कन हुन सक्तैन । काँगडाको किल्लामा मारिएका नरनारी, भक्ति थापा, अमरसिंह थापालगायत सपूतलाई विस्तारवादी देख्ने चस्माले यो देशको समृद्धि गर्न सक्तैन । जसले नेपालको एकीकरणमा रगत बगाए । पृथ्वीनारायण शाहकालीन नेपाली समाजमा कुन हदसम्म प्रगतिशील कदम चाल्न सम्भव थियो त ? यो कोणबाट पनि बहस हुनुपर्दछ । रणबहादुर शाहले बिधुवा विवाहलगायत सामाजिक सुधारका कदम चाल्नासाथ उनलाई भारदारहरूले पागल स्वामी महाराज आदि आरोप लगाएर एक्ल्याएका थिए । वस्तुको मूल्याङ्कन ‘भौतिक परिस्थिति र काल’ को आधारमा गरिनिुपर्दछ ।

अन्यथा हरेकपुस्ताले अग्रजलाई धारेहात लगाउँदै हिँड्ने प्रक्रिया चल्नेछ । न्यायशास्त्रमा कानुनवेत्ताहरूले कुनै घटना हुनासाथ घटनाका कारण कसलाई फाइदा भयो ? भन्ने कोणबाट अनुसन्धान सुरु गर्छन् । नेपालको एकीकरणले नेपालीलाई फाइदा भयो कि विदेशीलाई ? यो सहज दृष्टिले मात्र पनि हामीलाई सत्यको नजिक पु¥याउँछ । पृथ्वीनारायण शाह र नेपाल एकीकरणलाई पृथक विश्लेषण गर्ने गरेको पनि देखिन्छ । यो तर्कमा धेरै बहस आवश्यक छैन । एकथरीले पृथ्वीनारायण शाहलाई दैवीकरण गरेका छन्, अर्कोथरीले दैत्यकरण गर्न खोजेका छन् । एकीकरण प्रक्रियालाई आशयमा होइन, परिणाममा हेर्नुपर्छ । त्यसो गर्दा नेपालको एकीकरण एउटा महान् र ऐतिहासिक कदम हो ।

एकीकरणको विरोधले पृथकतावादलाई प्रश्रय दिन्छ । त्यसो भन्दा सामन्ती शासन बलियो र केन्द्रीकृत हुँदा जनवादमाथि थप हमला भएको, सामन्ती उत्पीडनको साङ्लो झन् कसिएको पक्ष भुल्नु हुँदैन । शाह वंशका केही नेता (राजा) हरूको नेतृत्वमा एकीकरण भयो भन्दैमा तिनको वंश र फासिष्ट शासकलाई समेत स्वीकार्नु पर्दछ भन्ने छैन । यो बहस अदृश्य स्वार्थ प्रेरित बहस मात्र हो । जनयुद्ध सुरु गर्दा वा तयारीका क्रममा वैचारिक रूपले नेपालको दुई पक्षको गहन अध्ययन र आत्मसात गरिएको कुरा प्रचण्डले नै सुरुआत गरेका छन् ।

१) पृथ्वीनारायण शाहको दीर्घकालीन छापामार युद्धकला २) झापा विद्रोहको समग्र पक्ष । यी पक्षहरूबाट जनयुद्धले प्रेरणा लिएको थियो । जहाँसम्म जनयुद्धमा पृथ्वीनारायण शाहको सालिक ढालियो भन्ने भावनात्मक पक्ष छ, त्यो फरक विषय हो । गणतन्त्र ल्याउने आन्दोलनमा शाह वंशका विरुद्ध हमला गर्ने क्रममा पृथ्वीनारायण शाहका सालिक पनि ढले होलान् । त्यसो त माओवादीले निर्णय गरेका सहिदद्वार, चौतारो, प्रतीक्षालय, अस्पताल, कचहरी भवन सरकारले भत्काएन त ? कार्लमाक्र्सका पुस्तक जलाउने शक्ति सभ्य नागरिक हुनसक्छ ? बहस त्यसरी पनि गर्न सकिन्छ ।

जसरी तत्कालीन शाहीसेनाले पुस्तकालय जलाएकै भरमा शाहीसेनाका कमान्डर एमाले र काङ्ग्रेसलाई तालिवानी प्रवृत्ति भन्नु बढी हुन जाला । त्यसैगरी पृथ्वीनारायण शाहको सालिकमाथि आक्रमण हुँदैमा एकीकरणकै विरोध ठान्नु हुँदैन । बरु सही हुनसक्छ भने राजतन्त्रका कुनै प्रतिनिधिमाथिको साङ्केतिक हमला ज्ञानेन्द्रमाथिकै कुनै प्रतीकात्मक आक्रमण भनेर बुझ्न सही हुनसक्छ । आवेगमय आन्दोलनका अपवादका घटनाहरूलाई सैद्धान्तिकीकरण गरेर निष्कर्षमा पुग्नु सही हुन सक्दैन । पृथ्वीनारायण शाह एकजना दूरदर्शी सामन्ती शासक थिए ।

उनको एकीकरण अभियान वैदेशिक अथवा कूटनीतिक पक्षहरू सम्मान गर्न लायक छन् । आन्तरिक राष्ट्रियता भन्ने गरिएको जनअधिकारका पक्षमा भने उनी कमजोर देखिनु स्वाभाविक हो । पराधीन नागरिकले राष्ट्रियताको रक्षा पनि गर्न सक्दैन । राष्ट्रियता र जनतन्त्र एक सिक्काका दुई पाटा भएका कारण जनतन्त्रको पक्षलाई सबल बनाएर मात्रै राष्ट्रियता पनि सबल हुन सक्दछ ।