एमाले नेता प्रदीप नेपालले यसरी झ्वाम पारे मेरो ३५ महिनाको तलब : शान्ता श्रेष्ठ

शान्ता श्रेष्ठ

सञ्चारमन्त्री प्रदीप नेपालले मलाई लिन विद्या भण्डारीलाई मेरो घरमा पठाएका थिए । मलाई जाने इच्छा थिएन । भण्डारीको अनुरोधको कदर गरी म जान तयार भएँ । एकतल्ला माथिको कोठामा गयौँ । आठ बज्न लागेको थियो । एक तलामाथिको कोठामा गयौँ । मन्त्रीज्यूलाई देख्नेबित्तिकै उहाँले मलाई दिनुभएको बचन सम्झेँ । एकदमै नराम्रो लाग्यो ।

उहाँले भन्नुभएको थियो, ‘दिदी ! तपाईंको काम गर्न लागेको थिएँ । मलाई संसद् भवनमा ४०÷५० नेपाली काङ्ग्रेसका सांसदहरूले घेरे । हामी रेडियो नेपालका कार्यकारी निर्देशक शैलेन्द्रराज शर्मालाई हटाउन दिन्नौँ ! तपाईंले त्यस्तो गर्न पाउनुहुन्न भनेर । एकतापछि संसद् सकिन्छ । अनि तपाईंको काम गर्छु ।’ ‘तपाईंलाई घेर्नेहरू कोको परे त ?’ ‘वासु रिसाल,, शेरबहादुर देउवा, जयप्रकाश प्रसाद आनन्द आदि ।

साना कुरामा ठूलो मूल्य चुकाउनुपर्ने भएकाले सभा सकिनासाथ म पहिलो काम नै तपाईंको गराउँछु ।’ संसद् सकिई अर्को सत्र सुरु हुने बेला भएर पनि कुनै खैखबर नभएकाले एक दिन वामदेव गौतमसित मैले प्रश्न गरेँ, ‘वामदेवज्यू ! मेरो काम कहिले हुन्छ ?’ ‘तपाईंको काम छिटो हुँदैछ । तपाईंले पिरै गर्नु पर्दैन । तपाईंका लागि बोल्नेहरू धेरै छन् । नेपाली काङ्ग्रेसका गणेशमान सिंहले समेत मान्छे पठाई पाईंका लागि ताकेता गर्दैछन् ।’

‘तपाईं पार्टीमा काम गर्न आउनुप¥यो’, उनको भनाइमा केशवलाल श्रेष्ठले पनि सही थापे । ‘मलाई न्याय दिई स्थायी गरियोस् । म त्यसको भोलिपल्ट नै राजीनामा दिएर पार्टीमा काम गर्न आउनेछु ।’ वामदेवले मेरो स्थायी गर्ने काम छिटो हुने र मलाई खबर गर्ने आश्वासन दिएका थिए । चार महिना बितिसक्दा पनि उनीबाट कुनै खबर पाइनँ । यो चार महिनाभित्र मैले अनेकौँ अप्रिय, भ्रष्टाचार, अनैतिकता र चरित्रहीनताका कुराहरू सुनेँ ।

मलाई थाहा छ, रेडियो नेपालमा जो मन्त्री गए पनि महाजालमा फसाउन सक्ने त्यस्ता तन्तुहरू छन् । त्यहाँको बागडोर त्यहाँका खुँखार अधिकृतहरूको हातमा छ । यी मन्त्री पनि त्यो महाजालमा फसिसकेका छन् । त्यसैले तिनीहरूले जेजे भन्छन् मन्त्रीले त्यहीत्यही गरेका छन् । तैपनि मेरो कुरा भने मार्न सकेका थिएनन् । मन्त्री र त्यहाँका ब्युरोक्र्याट्सहरूले नचाहेर पनि कुरा चलिराखेकै थियो । कुरा चर्किरहेकै थियो । मे महिनाको एक दिन श्री मकबुल शाहमार्फत के खबर पठाइयो भने मेलै मन्त्रीज्यूका नाममा एउटा दरखास्त लेखेर तुरुन्तै पठाउनुप¥यो ।

तर मैले मन्त्रीज्यूका नाममा दरखास्त लेख्न चाहिनँ । कारण उनी कति पानीमा रहेछन । मलाई थाहा भैसकेको थियो । मान्छेको मनसाय, चाहना र कार्यदक्षता बुझ्न ठूलो काम गरेको तरिका हेर्न आवश्यक छैन । सानो कामकुराबाटै थाहा पाउन सकिन्छ । प्रदीप नेपाल सञ्चारमन्त्री हुनेबित्तिकै उनले रेडियो नेपालको पहिलो काम के गरी देखाएका थिए भने घटना र विचार कार्यक्रमको सञ्चालकलाई हटाई आफ्नो पार्टी पक्षका, रेडियो कार्यक्रमबारे केही थाहा नपाएका पत्रकारहरू– छलफलका गोपाल थपलिया र अग्नि शिखालाई भर्ना गरेका थिए । पहिलेको सञ्चालकलाई खोसेको भोलिपल्टै पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद आनन्दले एउटा नराम्रो राजनीतिक गाली गरी खेद वक्तव्य प्रकाशमा ल्याएपछि मन्त्री प्रदीप नेपाल डराए ।

२÷३ दिन पनि ‘घटना र विचार कार्यक्रम’ सञ्चालन हुन सकेन । मैले ३५ वर्षसम्म रेडियो प्रसारण सेवामा अनवरत कार्य गरेकौ नाताले होला । दवाडीज्यूले मसित सुझाव लिएर गए । मेरो कोठामा भएजति सबै दङ्ग परेका थिए । अब बल्ल रेडियो नेपालका भ्रष्टाचारीहरू हट्ने, सुव्यवस्था सुरु हुने भयो । सबैभन्दा बढी आशावादी कृष्णा ताम्राकारलाई देखेँ । मैले भनेँ, ‘मलाई त केही होला भन्ने विश्वासै लागेको छैन । तिमीले बढी आशा नराख्नू है ।’ ‘होइन, शान्ता दिदी ! मन्त्रीजस्ताले सुझाव लिन पठाएपछि पनि केही हुँदैन भन्न मिलेन । त्यति निराश त हुनुभएन नि ।’ बिचरी ताम्राकारलाई के थाहा ? उनीप्रति मन्त्रीज्यूको के रुख छ ? चित्त दुख्ने कुरा किन भनूँ भनेर म मौन भएँ ।

कुरा के भने प्रदीप नेपाल सञ्चारमन्त्री भई पहिलोपल्ट रेडियो नेपालमा जाँदा कृष्णा ताम्राकार पनि साथमा थिइन् । यो सानो कुराबाट ेडियोको ब्युरोक्र्याट्सहरूको मथिङ्गलमा ठूलो भूकम्प गएको थियो । लौ, अब हामी बरबाद हुने भयाँैँ । शान्ता श्रेष्ठ र कृष्णा ताम्राकार रेडियो नेपालमा अधिकार लिई प्रवेश गर्ने भए भन्दै तिनीहरू अत्यन्त आतङ्कित भए । त्यही दिनदेखि फिँजाइराखेको महाजाल अरू बलियो पारेका थिए । मन्त्रीज्यू रेडियो नेपालमा गएको एक साता नबित्दै र्मचारीहरूको एउटा शिष्टमण्डल उनीकहाँ जाँदा मन्त्रीज्यूले भने, ‘हेर्नुस्, म रेडियो नेपालमा पहिलो दिन जाँदा मेरो साथमा अचानक कृष्णा ताम्राकार आइदिएर मलाई कस्तो अप्ठ्यारो पारिदिइन् ।

उनीसित मेरो विशेष परिचय नै थिएन । मेरो दाजुले चिनेको हो’ भनेर दुहाइ मागेका थिए । त्यो प्रतिनिधिमण्डलमा सरिक भएकाहरूमध्ये एकजनाले मलाई फोन गरी बताए । त्यसभन्दा पहिले ताम्राकारले मलाई फोनबाट मन्त्रीज्यूको साथमा रेडियो नेपालमा जाँदाको कुरा र अवस्थाबारे भनिसकेकी थिइन् । कुराहरूबाट मन्त्री  प्रदीप कहाँ छन् भन्ने स्पष्ट भएथ्यो । अर्को, मसित मन्त्रीज्यूले सुरुमा सल्लाह माग्दा दुईवटा कुरामा खास जोड दिएको थिएँ (१) पछाडिको ढोकाबाट मान्छे भर्ना नगर्ने (२) कुनै पनि  कार्यक्रम ठेक्कामा नदिने । उनले काम गर्दा ठीक उल्टो गरे । काङ्ग्रेस शासनमा घटना र विचार कार्यक्रम राखी त्यसको सञ्चालक पछाडिको ढोकाबाट छिराई मासिक रु. ३०,०००÷– (तीस हजार) दिइएको थियो ।

 मन्त्री प्रदीपले ४०,०००÷– र ४२,०००÷– दिएर आफ्नो मान्छे सुटुक्क राखे । त्यहाँदेखि मेरो विश्वासमा ठूलो चोट लागेको थियो । चराले बोल्ने–नबोल्ने त्यसको चुच्चोबाट पनि थाहा हुन्छ भनेजस्तै मन्त्री प्रदीप नेपालले कस्तो काम गर्नेछन्, मैले थाहा पाइसकेकी थिएँ । उनले यतिसम्म पनि भने, ‘शान्ताजीलाई फेरि रेडियो नेपालमा ल्याएँ भने त्यहाँका कर्मचारीहरूले हडताल गर्छौं भनेका छन् ।’ यस्ता कुराहरू मन्त्रीजस्ताबाट सुन्नुपर्दा दुःख लाग्ने नै भयो । म रेडियो
प्रसार सेवा विकास समितिको रेडियो नेपाल कर्मचारी सङ्घको निर्वाचित अध्यक्ष छु । त्यहाँका शोषितपीडित कर्मचारीहरूलाई नियमभित्र पारी उहाँहरूको भविष्य बनाइदिन मैले ज्यानको बाजी लगाएकी थिएँ ।

ती कर्मचारीहरूले मेरो विरोध गर्नु ? विरोध नै गरेको भए के कुराको विरोध गरे ? त्यसबारे जानकारी किन लिएनन् ? मलाई के कुरामा विरोध गर्ने ? ३५ वर्षको सेवाभित्र मेरो कसैसित झगडा परेको थिएन । मैले न कोषसम्बन्धी काम गरेकी थिएँ, न प्रशासनसम्बन्धी, न कुनै प्रकारको कार्य सम्पादनमा मेरो हस्ताक्षर नै चलेको थियो, न त मैले कसैलाई बिगारेकी थिएँ वा कसैको माना नै खोसेर खाएकी थिएँ । मन्त्री प्रदीप नेपालले एउटा मात्र कर्मचारीले मेरो विरोध गरेको प्रमाण वा तर्क मेरोअगाडि भनाउन वा भन्न लगाउन सके म देशै छोडेर जान तयार छु । हिजो प्रतिपक्षमा हुँदा पेटी सङ्घर्षमा पनि पछाडि बसेकाले आज मन्त्री पदको चिठ्ठा हातपारेका छन् ।

आफ्नो त्यो मन्त्री पदमा टाँसिइरहने एउटा मात्र  बाटो उनले देखे– ती भ्रष्टाचारीहरूको सेवा गर्ने । यो देखेर मलाई अत्यन्त दुःख लागेको थियो । गत २०५२ जेठ ३ गते बौद्धस्थित तारा गाउँनामक स्थानमा पासाङ्ग ल्हामु शेर्पाको प्रतिमा स्थापना गर्ने कार्यको शिलान्यास सम्माननीय प्रधानमन्त्री मनमोहन अधिकारीबाट गराउँदा मलाई बोलाइएको थियो । त्यस समारोहबाट

फर्किंदा माननीय विद्या भण्डारीको मोटरमा म थिएँ । उनले मलाई के भनिन् भने ‘दिदी ! तपाईंले दरखास्त लेखेर किन नदिनुभएको ? तपाईंका नाममा केही पैसा आउँछ रे । अरू सबैले लिए, तपाईंले मात्र दिनुभएन भनी कराइरहेका छन् । त्यति लेखेर दिनुस् न… ।’ हैरान भई मैले जबाफमा भनेँ, ‘हेर्नुस् विद्याजी, म ३५ वर्षसम्म रगत र पसिना बगाई, अनेकौँ दुःख र कष्ट सही पूरा इमानदारीका साथ गरेको कामको ३५ महिनाको ज्याला थापी चुक्ता गर्न चाहन्नँ । मैले पुनर्बहालीको माग गरेकी
छु । सक्नहुन्छ गरिदिनुस्, सक्नुहुन्न भने भैगो छोडिदिनुस् । म ३५ महिनाको तलब लिन ३५ वर्षको कार्यमा चुक दल्ल चाहन्नँ ।’ यो कुरा भएको केही दिनपछि एक रात अचानक दूरसञ्चार संस्थानका कर्मचारी कुलबहादुर आचार्यको फोन आयो । उनले पनि विद्याले भनेको कुरा दोहो¥याए । मन्त्रीज्यूका नाममा एउटा निवेदन लेखेर दिनुस् । म लेखेर नदिने कुरामा अडेपछि उनले के भने भने ‘होइन दिदी, तपाईंको कामको प्रक्रिया थाल्न तपाईंको निवेदन नभएर सारै अप्ठ्यारो भएको छ ।’
मैले भनेँ, ‘लेखेर बायोडाटासमेत दिँदादिँदा हैरान भैसकेँ । करिब डेढ महिनाअघि पनि वामदेव गौतमजीका नाममा मसित लेखाएर लिइएको थियो ।

त्यो पनि तोक लगाई मन्त्रीज्यूकहाँ पठाएका थिए । त्यो के भयो ?’ ‘त्यो काम नलाग्ने भयो । अफिसियल काममा पार्टीका तर्फबाट आएको पत्रसित कुनै सम्बन्ध हुँदैन । त्यसैले मन्त्रीकै नामको हुनुप¥यो ।’  म एकदम सन्न भएँ । कारण पार्टीकै सम्बन्धित नेताहरूको निर्देशनअनुसार स्वयम् राजन दवाडीले मलाई फोन गरी बोलाएर निवेदन लेख्न आग्रह गरेका थिए । मैले नलेख्न धेरै जोड दिएर यतिसम्म पनि भनेकी थिएँ, मेरो काम बन्दैन । केस यहाँसम्म पुगिसक्यो भने सम्माननीय प्रधानमन्त्रीज्यूको पनि केही नलाग्ने भैसक्यो । वामदेवज्यूको त के कुरा गर्ने ? मन्त्रीज्यू कस्तो महाजालमा फसिसक्नुभएको छ, मैले स्पष्ट रूपमा कारणसमेत खोलेर अगाडि राखिदिएकी थिएँ । दवाडीजीले पूरा विश्वाससाथ मलाई भने, ‘दिदी ! यत्रो
सशक्त पार्टीलाई माइनस गर्नुभएन । पार्टीको केकस्तो अधिकार हुन्छ तपाईंलाई भन्नुपर्ने होइन । तपाईंले लेखेर मात्र दिनुस् । सारा काम हामी गर्छाैँ…। आज द्दढद्द शान्ता श्रेष्ठ हेर्नुस् न कस्तो परेको । दिदीलाई बोलाएँ । अफिस छुट्टीको दिन प¥यो । आज
उपमहासचिव वामदेव गौतमज्यूका नाममा लेखेर दिनुस्… ।’ 

त्यत्रो आग्रह र अनुरोध गरी मबाट लेखाएर लिएको पत्र कामै नलाग्ने भयो भन्दा मलाई कस्तो लाग्यो होला ? एक त जितेकोमा ठूलो गौरव लाग्यो । अर्को त्यत्रो शासक पार्टी एमालेको उपमहासचिव जस्ताका लिखित आदेश रद्दीको टोकरीमा गएको भन्दा पनि मन्त्री र पार्टीबीचको अस्वाभाविक सम्बन्धले मलाई अत्यन्त दुःखी बनायो । कस्तो तालमेल नभएको होला ! सायद मन्त्री प्रदीप नेपालको अगाडि वामदेव गौतम, पार्टीको सम्पूर्ण कार्यभार समाली बसेका उपमहासचिवको केही नलागेर होला, उनी अगाडि पर्न हच्के । अगाडि परे पनि त्यसबारे उच्चारण होला भनेर डराउने, भेट्ने समयसम्म पनि नदिने आदि बेहोरा देखाए । यी सबै घटनाले मलाई चोट पु¥याउनसम्म पु¥याइसकेका थिए । मैले कुलबहादुर आचार्यलाई जबाफमा भनेँ, ‘ मेरो कार्यको प्रोसेस चल्न मन्त्रीज्यूका नाममा मेरो दरखास्तको त्यति आवश्यकता परेको भए उनी सात महिनासम्म किन मौन रहे ?’ ‘खोइ ? त्यो त थाहा भएन । मन्त्रीज्यूले अराउनुभएकाले तपाईंलाई फोन गरेको हुँ ।

म के जबाफ दिऊँ ?’ ‘मन्त्रीज्यूले साँच्चै ममाथि भएको अन्यायमा न्याय दिन चाहनुभएको हो र सक्नुहुन्छ भने रेडियो नेपालका प्रमुखलाई स्पष्टीकरण मागियोस् (१) शान्ता श्रेष्ठलाई ३५ वर्षसम्म कुन नियम र ऐनअन्तर्गत ज्यालामा राखियो ? २) बिनासूचना केकति कारणले अचानक निष्कासन गरियो ? यसको जबाफ नै प्रोसेस बन्नेछ । हेर्नुस् जहाँ चाहना छ त्यहाँ बाटो बन्छ ।’ आचार्यज्यूले मलाई दोस्रोपल्ट फोन गर्दा उल्लिखित जबाफ दिएपछि उनले मलाई फोन गरेनन् । के भयो ? केही जानकारी भएन । मन्त्रीज्यूलाई भनिदिनुस् भनी आचार्यलाई जबाफ दिएको ३÷४ दिनपछि मलाई एउटा पत्रकारले फोन गरी भने, ‘दिदी ! तपाईंको विषयलाई लिएर रेडियो नेपालका कार्यकारी निर्देशक शैलेन्द्रराज शर्मासित स्पष्टीकरण मागियो भन्ने सुन्छु । तपाईंले थाहा पाउनुभयो ? अब त तपाईंको केही हुन्छ होला ।’ ‘मलाई विश्वास छैन’ भनी ठाडो जबाफ दिएकी थिएँ । उनी बिचरा लुत्रुक्क परे । त्यसपछि केही दिनसम्म साम्य भयो । हावा पनि चल्न बिर्सेको जस्तो गुम्म वातावरणमा समय बित्दै गयो । गत शुक्रबार (२०५२÷३÷९) को दिन बिहान त्यस्तै साढे दस बजेतिर एउटी आइमाईको फोन आयो । ‘दिदी ! तपाईंलाई सन्चै छ ?’ ‘सन्चै छु । कहाँबाट फोन गरेको ?’ ‘तपाईंले मलाई चिन्नुभएन क्यारे’, उनी हाँसिन् । ‘किन नचिन्नु ?’
‘को हुँ ? भन्नुस् त ?’ ‘गायत्री नि । अरू को हुनु ?’ ‘म विद्या । तपाईंले कसरी नचिन्नुभएको ? भन्दै उनी फेरि हाँसिन् ।

मलाई त एकदम लाज लाग्यो । माफी मागँे र भनेँ, ‘आम्मै ! तपाईंको स्वर र  शैली गायत्रीकै जस्तो लाग्यो । उनी मकहाँ नै बस्थिन् । मकहाँ नआएको निकै दिन भएकाले रिसले ठाडो कुरा गर्न पुगेकी हुँ । मलाई माफ गर्नुस् ।’‘कहिलेकहीँ त्यस्तो झुक्किन्छ । केही छैन । मैले तपाईंलाई किन फोन गरेकी भने तपाईंको केस छिन्नुप¥यो । त्यसै राखेर भएन । भोलिपर्सि मलाई पनि  फुर्सत हुँदैन । चुनावमा लाग्नुपर्ने हुन्छ । त्यसैले दिदी हामी एकपल्ट मन्त्रीसित भेटौँ । तपाईं जान्नँ नभन्नुस् । म समय मिलाएर तपार्इंलाई खबर गर्छु । यही आइतबार÷सोमबार कसो होला तपाईंको अनुकूल ?’ कसरी नाइँनास्ती गरूँ ?’
‘त्यसो भए म सोमबारसम्ममा समय मिलाएर तपाईंलाई खबर गर्छु ।’

हाम्रो त्यही निर्णयअनुसार हामी दुवै मन्त्री प्रदीप नेपालको क्वार्टरमा पुगेका हौँ । हामी बसेको कोठामा मन्त्री, विद्या भण्डारी, मन्त्रीकी श्रीमती, एउटा मैले नचिनेको मान्छे र म गरी जम्मा पाँचजना थियौँ । एकै छिन त एकले दोस्रोको हेराहेरमा बित्यो । त्यसपछि मन्त्रीज्यूले भने, ‘खोइ ? हामी त दिदीको पत्रको प्रतीक्षामा बसेको २०÷२२ दिन भैसक्यो । तपाईंको पत्र आएन…।’
‘अँ, मैले पत्र लेखिनँ । कति लेख्ने ! डेढदुई महिनापहिले उपमहासचिव वामदेवज्यूका नाममा लेखेकी थिएँ । त्यो पत्र  न्त्रीज्यूकहाँ नै पठाइएको थियो ।’ ‘अँ…, त्यो पत्र काम नलाग्ने भएकाले त्यति बेला नै मैले फर्काइदिएको थिएँ ।’ ‘खोइ ? मैले कुनै खबर पाइनँ ।’ ‘तपाईंले मेरो नाममा लेखेर दिनुप¥यो ।’ ‘क्षमा गर्नुहोला । म ३५ वर्षको सेवा (हिसाब) ३५ महिनाको तलब थापी चुक्ता गर्न चाहन्नँ । मैले पुनर्बहालीको माग गरेकी हुँ, ३५ महिनाको तलबको ‘तपाईंको पुनर्बहाली हुन सक्दैन ।’ ‘किन ?’
‘किनभने तपाईंलाई अवकाश दिएको दिनसम्म पनि तपाईं करारमै हुनुभएकाले करार सेवाको कर्मचारीलाई पुनर्बहाली गर्न नियमले दिँदैन । म ऐननियमको विवादमा पर्न चाहन्नँ ।’ ‘तपाईंले कुन नियमको कुरा गर्नुभएको ?’ ‘यही २०४९ सालमा बनेको नियम ।’

म २०४८ साल साउन ६ गते खोसिएकोलाई २०४९ को नियम कसरी  लागू हुन्छ ?’ ‘यसमा बहस नगरूँ । मैले कानुनी सल्लाह पनि लिइसकेको छु । तपाईंलाई कुनै हालतमा पनि पुनर्बहाली गर्न मिल्दैन ।’ ‘त्यसो भए मैले २०१३ सालमा नियुक्ति पाएकी हुँ । श्री ५ को नि.से.नि  अनुसार कुनै पनि कर्मचारीलाई सायद पाँच वर्ष हो क्यारे, पाँच वर्षभन्दा बढी ज्यालामा राख्न नपाउने भन्ने उल्लेख छ । त्यो नियम लागू गर्न हुन्न ?’ ‘…’ नाजबाफ ! ‘मलाई स्थायी गर्ने प्रोसेसको अन्तिम चरणमा पुग्दाखेरि राजनीतिक कारणले अवकाश दिइएको हो, मलाई सूचनासम्म नदिईकन । त्यो खोसुवा पुर्जीलाई तपाईंले डिटो गरी निर्णय गर्नुभएको छ । त्यो खोसुवा पुर्जीको मैले विरोध गरेकी हुँ । नमिल्ने नियम मेरा लागि मात्र हो भने मलाई केही भन्नु छैन ।

होइन, सबैका लागि हो भने मलाई मात्र यतिको अन्याय, अत्याचार किन ? आजको तीन वर्षपहिले म रेडियो नेपालमा हुँदा पाँचौँ तहमा मजस्तै ज्यालाको मभन्दा १५÷१६ वर्षपछि आएकालाई आठौँ तहको अधिकृतमा कसरी  स्थायी गरियो ? पञ्चायत शासनमा ४÷५ थरीका तलब खाई गुप्तचरको काम गरेकालाई ४९ सालमा स्थायी गरिएको व्यक्तिलाई तपाईंले समाचार प्रमुख बनाउनुभएको छ । काङ्ग्रेस शासनमा चार तलब खानेलाई तपाईंले चारै तलब खान दिएर पनि मानसम्मान दिनुभएको छ । विज्ञापन एजेन्सीको पाउ पाकेट राखी महिनाको लाखौँ भ्रष्टाचार गरेकालाई पनि तपाईंले कारबाही गर्नुको बदला प्रमोसन गर्नुभएको छ । तपाईं मन्त्री हुनुभएको त्यस्ताकै लागि होइन र ? तपाईं आज मलाई नियम देखाउनुहुन्छ ? नियमकै कुरा गर्ने हो भने मलाई ३५ महिनाको तलब कुन नियमअन्तर्गत दिन लाग्नुभयो ? मलाई खोस्दा त त्यो नियम थिएन ।’

‘त्यो त मैले कोसिस गरी मिलाएको ।’ ‘ए, तपाईंले मिलाएर दिन लाग्नुभएको ? माफ गर्नुहोला । तपाईंको मेहनत खेर गयो । म त्यो रकम स्वीकार गर्न सक्दिनँ । कार्य नियमभित्र परेन ।’ त्यति बेला मन्त्रीज्यूको अनुहार हेर्नलायकको भयो । विद्या त वाल्ल परिन् । अर्को सञ्चारसम्बन्धी मैले नचिनेको मान्छे पनि छक्ंक परेको कुरा उनको अनुहारले बताइरहेको थियो । मेरो अनुहार पनि हेर्न लायककै भयो होला । बिस्तारै मन्त्रीज्यूले भने, ‘मैले त के सोचेको थिएँ भने दिदीलाई पैँतीस महिनाको तलब दिएर ३५ वर्षको नोकरी अन्त्य गर्ने अनि सञ्चारअन्तरर्गत पाँचवटा समितिहरूमध्ये एउटामा तपाईंलाई सल्लाहकारमा लैजाने…।’ मेरो त ब्रह्माण्ड नै खल्लबलियो । सारै चित्त नबुझेकाले भने, ‘मन्त्रीज्यू ! तपाईंले ममाथि सहानुभूति राख्नुभई सल्लाहकारको पद अफर गर्नुभो । त्यसका लागि धन्यवाद तर क्षमा गर्नुस्, म स्वीकार गर्न सक्दिनँ । कारण जुन संस्था,
मन्त्री र सरकारले मलाई न्याय–इन्साफ दिन सकेन त्यसको अन्डरको समितिको द्दढट शान्ता श्रेष्ठ सल्लाहकार भई मैले कसलाई न्याय दिन सक्छु ? आजसम्म तपाईंले कुन सल्लाह मानेर काम गर्नुभएको छ ? हिजोभन्दा आज समस्या भनौँ विकृति र भ्रष्टाचार बढेको छ ।

कार्यदल गठन गर्नुभयो । त्यो दलले प्रतिवेदन तयार पारेर दिएको पनि महिनौँ भैसक्यो । तपाईंले खोइ के गर्नुभयो ? मलाई तपाईंको दया होइन, न्याय चाहिएको छ । त्यो तपाईंबाट हुन नसक्ने भयो ।’ ‘एउटा अन्तिम बाटो छ । तपाईं साँच्चै मलाई न्याय दिन चाहनुहुन्छ भने  तपाईंले राजा वीरेन्द्रमा यो कुरा जाहेर गर्नुस् । सरकारबाट २०४१ सालमा मन्त्री, सचिव, महानिर्देशक आदिको अगाडि ‘चार दिनमा स्थायी हुने’ हुकुम भएको हो । तर त्यहाँका भ्रष्टाचारीहरूले हुन नदिएको समेत उल्लेख गरिदिनुस् । क्याबिनेटबाट पनि मेरो समस्या समाधान गर्न सक्नुहुन्छ ।’ ‘त्यसो त गर्दिनँ ?’ ‘किन गर्नुहुन्न ? तपार्इं सम्बन्धित मन्त्री हुनुहुन्न ?’ ‘होइन । म गर्दिनँ । ‘त्यसो भए टिप्पणी उठाएर दिनुस् मेरो…।’ ‘त्यसरी पनि म दिन्नँ ।’‘ठीक छ । नगर्नुस् । मलाई केही भन्नु छैन ।’ चिया ल्याइन्छ । निकै बेरसम्म चिया र कफी टेबुलमाथि नै रहिरहन्छ । विद्याले पनि त्यो चिया खाइन् गाह्रो मानीमानी । मलाई त्यो चिया निल्न कति गाह्रो प¥यो होला, सजिलै अनुभव गर्न सकिन्छ । आखिर कुराको टुङ्गो त्यही हुन्छ । मन्त्री प्रदीप नेपालले मेरो अवकाशपत्रलाई मान्यता दिनुभयो । मैले उनका दुईवटा अफर स्वीकार गरँ १) ३५ महिनाको तलब लिन अनुरोधपत्र लेख्न र २) सल्लाहकार बन्न…।
त्यसरी मन्त्री प्रदीप नेपालले मेरा नाममा निकासा भएको १,२५,०००÷– (एक लाख पच्चीस हजार रुपैयाँ मलाई नदिई गुम पारे । (२०५२÷३÷१२) 
                                                                                                                                                                                                                                                                                                                                                     (शान्ता श्रेष्ठको हालै प्रकाशित मान्छेभित्रको मान्छे संस्मरणसङ्ग्रहबाट । यस कृतिको प्रकाशन शान्ता श्रेष्ठ प्रतिष्ठानले र सम्पादन अशोक सुवेदीले गरेका हुन्)