जीवन र मृत्यु   : निभा शाह

NIBHA SHAHAजीवन र मृत्यु
निभा शाह

मलाई जीवन पनि मन पर्छ
मलाई मृत्यु पनि मन पर्छ
मृत्यु छ र त जीवन छ
जीवन छ र त मृत्यु छ
तर म दुबैका विरुद्ध लड्छु
जीवन सुन्दर बनाउन
मृत्युसँग लड्छु
मृत्यु सुन्दर बनाउन
जीवनसँग लड्छु
म दुबैका विरुद्ध लड्छु
र अविराम युद्ध लड्छु ।

(कवि निभा शाहको कविता संग्रह ‘मनसरा’,‘इन्कलाब जिन्दावाद’ र ‘कालापानीकी द्रौपदी’ प्रकाशित छन् ।)