अधिवेशनको प्रचार गर्दा पक्राउ


काठमाडौँः माघ ११, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा(माओावादी) निकट जनगणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष रत्न मगरको नेतृत्वमा आठौं महाधिवेशनको प्रचार गरिरहेका बेला संगठनका अध्यक्ष मगर, केन्द्रीय सदस्यहरु नरुत्तम पाण्डे, गणेश बस्नेत र दुर्गाप्रसाद अधिकारीलाई काठमाडौं प्रहरीले रत्नपार्कबाट गिरफ्तार गरी दरबारमार्गस्थित महानगरीय प्रहरीवृत्तमा बन्दी बनाएको छ ।

मंगलबार विहान भएको सो घटनाको निन्दा गर्दै नेकपा (माओवादी)का नेता तथा ब्युरो सदस्य मकर गुरुङले एक वक्तव्य जारी गर्दै आफ्ना कार्यकर्ताहरुलाई २४ घन्टाभित्र रिहा नगरेमा सशक्त संघर्षका कार्यक्रम घोषणा गर्ने जनाउनुभएको छ ।