भ्रष्ट्रहरु माओवादी कारवाही पर्ने क्रम जारी

काठमाडौं: माघ १२, नेकपा (माओवादी)ले बाराको तनमुना गाविस सचिव हरि कुमार थापालाई कालोमोसो दलेको छ ।

थापालाई पटक पटक चेतावनी दिँदा समेत सेवाग्राहीलाई घुस मागेर दुखि दिइरहेकाले कालोमोसो दलेको माओवादी सुनसरीले जानकारी बताएको छ ।

पार्टी पुनर्गठन यता नेकपा (माओवादी) ले साना ठूला धेरै जनकारवाही गरेको छ । परिणाम स्वरुप जनता पनि क्रमश माओवादी प्रति साकारात्मक भएका छन् ।

केही दिन अघि नेकपा (माओवादी)का महासचिव नेत्र बिक्रम चन्द विप्लवले एक अनलाईनसंगको अन्तरवार्तामा अब कार्की मात्र होइन, अब सबै भ्रष्ट्राचारीहरु र सरकारका मन्त्रिहरुलाई समेत आफ्नो पार्टीले निगरानिमा राख्ने बताएका थिए ।

त्यस्तै केही दिन अघि प्रज्ञा प्रतिष्ठानमा बोल्दै उनले लोकमानलाई अख्तियार प्रमुखमा नियुक्त गर्नेहरु समेत जनताको निशानामा पर्ने बताएका थिए ।