माओवादीको अर्को जनकारवाही, जिल्ला शिक्षा अधिकृत खनाल परे माओवादी फन्दामा

काठमाडौं: माघ १३, शैक्षिक माफियाको छबि बनाएका मोरङ जिल्ला शिक्षा अधिकृत देबेन्द्र राज खनाललाई नेकपा (माओवादी)ले जनकारवाही स्वरुप कालोमोसो दलेको छ ।

पछिल्लो समय (माओवादी)ले भ्रष्ट्राचार, घुसखोरी, दलालीकरण बिरुद्ध देशव्यापी रुपमा जनकारवाही गर्दै आएको छ ।

मोरङ्ग जिल्ला का सिक्षा अधिकृत देवेन्द्र राज खनाललाई बुधबार उनकै कार्य कक्षमा नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीले कालोमोसो दलेको थियो ।

बिद्दार्थीहरु फाईल बोकेर खनालको कार्यकक्षमा छिरेका बताईन्छ । खनालले भ्रष्ट काम र शिक्षामा दलालीकरण गरेको प्रमाण्हरु फेला पारेका थियौ ।

पटक पटक सुध्रीन अनुरोध गर्दा समेत आग्रहलाई बेवास्ता गरेपछि पहिलो चरणमा चेतावनी स्वरुप सामान्य जनकारवाही गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।