जनगणतान्त्रिक सम्पर्क मञ्चको राष्ट्रिय भेला हुदै

काठमाडौँः माघ १५, नेकपा(माओवादी) निकट जनगणतान्त्रिक सम्पर्क मञ्चको केन्द्रीय समन्वय समिति, नेपालको राष्ट्रिय भेला यही माघ २२ गते काठमाडौँमा हुने भएको छ । सो भेलाको संयोजक रत्न मगरको नेतृत्वमा ३७ सदस्यीय भेला आयोजक समिति गठन गरिएको छ ।

सदस्यहरुमा सुरेश अधिकारी, हिरा शाही, पूर्ण श्रेष्ठ, उद्धव पौडेल, दुर्गा अधिकारी, प्रेम लामा, बुद्धि ढुङ्गाना, शुसिल वलम्पाकी, झनक श्रेष्ठ, करन बडाल, नरोत्तम पाण्डे, राजु कार्की, गणेश बस्नेत, राजु अधिकारी, ङिमा शेर्पा, अर्जुन कटुवाल, भीमप्रशाद घिमिरे, परमेश्वर जोशी, यामलाल लामिछाने, केदार थापा, ज्ञानकाजी तामाङ, उद्धवप्रशाद पोखरेल, ज्ञानबहादुर तामाङ, डिल्ली थपलिया, सिताराम दाहाल, वशन्त अधिकारी, चौलागाई, विकल्प थगुन्ना, होमबहादुर रखाल मगर, उमा गुरुङ्ग, विश्वास गुरुङ्ग, सन्दीप गुरुङ्ग, हरि श्रेष्ठ रहेका छन् ।

सो कार्यक्रमका प्रमुख अतिथी नेकपा(माओवादी) का स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज सन्तोस बुढा मगर ‘विशम’ अतिथीमा, मकर गुरुङ्ग उपस्थित रहेको थिए ।