देश संकटमा प¥यो भन्दैमा बिदेशीलाई बझाउन मिल्दैन : विप्लव

काठमाडौं: माघ १५, नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले आज देश राणाकालीन, पञ्चायतकालीन र ४६ साल भन्दापनि सर्वाधिक संकटमा परेको बताएका छन् ।  

नेपाल जनसांस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अगाडि भने आज दलाल शाषकहरुका कारण राष्ट्रियता,जनतन्त्र संकटमा छ । हाम्रो अगाडि ठूलो चुनौती छ ।

तर चुनौती छ भन्दैमा हामि त्यसबाट भाग्न मिल्दैन । चुनौति बढ्यो भन्दैमा देशलाई बिदेशीहरुलाई बझाउन मिल्दैन । उनले अगाडि भने क्रान्ति उभारको बेला सबैले साथ दिन्छन् ।

तर अलि समस्या हुदा डटेर लड्ने थोरै मात्र हुन्छन् । मानिस स्थापित हुने समयको मागले हो । जोखिममा समयको सामना गर्न सक्ने मान्छे मात्र स्थापित हुन सक्छ ।

त्यस्तै सो कार्यक्रममा बोल्दै जनवादी कलाकारहरुको सम्पर्ण जिम्मा आफ्नो पार्टीले लिने बताएका छन् । तर तपाईहरुले जनताको पक्षमा काम गर्नु पर्छ । सो कार्यक्रममा तीन पुस्ताका जनवादी कलाकारहरु उपस्थित थिए ।