धनुषाको जिल्ला भेला काठमाडौँमा सम्पन्न

काठमाडौँः माघ १५, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा(माओवादी) निकट धनुषा–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चको चौथो जिल्ला भेला सम्पन्न भएको छ । सो भेलाले राजेश खत्रीको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति गठन गरेका छन् ।

उपाध्यक्षमा दिनेश खत्री, सचिवमा निशान लामा, कोषाध्यक्षमा अमृत लामा,सदस्यहरु सन्तोश रावल, अपन लामा, अमृत तामाङ, दिपेश माझी, दिपक खत्री रहेका छन् भने बाँकी सदस्यहरु पछि थप्ने निर्णय भएको छ ।

सो भेलाको प्रमुख अतिथी रत्न मगर अतिथीहरुमा सुरेश अधिकारी, पूर्ण श्रेष्ठ करन बडाल, भिम घिमिरे, सुरेश परियार, अर्जुन कटुवाल, प्रदिप फ्यूयाल उपस्थित रहेको थियो ।