एयरपोर्टमा भारतीय सेना राख्ने सम्झौताको बिरोधमा उत्रियो माओवादी

काठमाडौं: माघ १६, नेकपा (माओवादी) उपत्यका ब्युरोले आज काठमाडौंमा प्रचण्ड सरकारले भारत संग गरेको राष्ट्रघाती सम्झौताको बिरुद्धमा प्रदर्शन गरेको छ ।

प्रचण्ड सरकारले केहि दिन अघि नागरिक उड्यन प्राधिकरणका उच्च स्तरीय कर्मचारीलाई भारतीय बिस्तारवाद संग नेपालको एकमात्र अन्तर्राष्ट्रिय एयरपोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा भारतीय सेना राख्न दिने सम्झौता गर्न अनुमति दिएको थिए ।

बिरोध सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी) केन्द्रीय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष संजिव झाँक्रिले भारतीय सेनालाई नेपालमा राखे त्यसको कडा प्रतिवाद गर्ने बताएका छन् । तर प्रचण्ड सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

भारतले बिंस २०३२ सालदेखि नेपाललाई पटक पटक एयर मार्सल नेपालमा राख्न दबाब दिदै आईरहेको थियो । त्यस्तै भारतले बाबुराम प्रधानमन्त्रि भएको बेला हिसिला यमिलाई भारतीय रजदुत राकेश सुदले यमिलाई व्याक्तिगत चिठ्ठी लेखेर भारतीय सेना अर्थात् एयर मार्सललाई नेपालमा राख्न दबाब दिएका थिए ।

तर यमिको प्रस्तावलाई देब गुरुङ र पम्फा भुसालले बिरोध गरेका कारण सो प्रस्ताव अगाडि बढ्न नसकेको जानकारहरु बताउँछन् ।