प्रगतिवादी स्रष्टा अशोक सुबेदीका तीन पुस्तक लोकार्पण

काठमाडौं: माघ १६, नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य भरत बमले शनिबार सिर्जनानगरमा प्रगतिवादी लेखक तथा समालोचक अशोक सुबेदीका ३ वटा पुस्तक लोकार्पण गरेका छन् । माओवादी रामेछापको चौथो जिल्ला सम्मेलनका क्रममा उनले हितप्रसाद उपाध्याय लिखित चन्द्रवदन काव्य, लालबस्ती नियात्रासंग्रह र अशोक सुवेदीको रामप्रसादको सिसमहल कथासंग्रह लोकार्पण गरेका हुन् ।

पुस्तकमाथि टिप्पणी गर्दै उनले यी सिर्जनाले नेपालको प्राथमिककालीन साहित्य, कला र संस्कृतिलाई वर्तमानमा विकसित कार्यदिशा एकीकृत जनक्रान्तिलाई जोड्ने बताए । चन्द्रवदन उपाध्यायको २००२ सालमा लिखित काव्य हो भने लालबस्ती रामेछाप र चन्द्रागिरिको नियात्रासंग्रह ।

त्यस्तै रामप्रसादको सिसमहल सुवेदीको चौथो कथासंग्रह हो । संग्रहमाथि माओवादी रामेछापका सेक्रेटेरी सन्तोष कोइराला, तामाङ राष्ट्रिय मुक्तिमोर्चाका अध्यक्ष माणिक लामालगायतले टिप्पणी गरेका थिए