माओवादी केन्द्रमा पहिरो जानेक्रम जारी, पचासभन्दा बढी नेकपा (माओवादी) मा प्रबेश

काठमाडौं: माघ १६, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केहि दिन अघि आफुलाई विप्लव बाट खतरा भएको बताएका थिए । तर के खतरा हो स्पष्ट भने बोल्न चाहेनन् ।

संम्भवतः नेकपा (माओवादी)को दिन प्रतिदिनको बढ्दो प्रभावले उनी तर्सिएका हुन सक्छन् । प्रचण्डले विप्लवबाट खतरा छ भनेको केहि दिन नबित्दै उनको पार्टी त्याग गरेर नेकपा (माओवादी) मा प्रबेश गर्नेहरुको क्रम तीव्र रुपले बढ्दो छ ।

त्यसै क्रममा हिजो अखिल क्रान्तिकारीका रामेछाप जिल्ला क्षेत्रीय संयोजक पुष्कर योगी, जिल्ला सदस्य मिलन घिमिरे, मन्थली उमावि एकाइ अध्यक्ष सफल दाहाल, जनजागृति उमावि एकाइ अध्यक्ष आशीष खड्कालगायत पचासभन्दा बढी माओवादी केन्द्रका सदस्यलाई टीका लगाएर प्रवेश गराएका थिए ।