भारतले नेपालमा दमन गर्न खोजे हामी दिल्लीसम्म पुग्छौँ : विप्लव


काठमाडौँः माग २२, नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भारतले नेपालमा दलालहरुलाई उचालेर नेपाली जनता माथी दमन गर्न खोजे आफ्नो पार्टी भारतको राजधानी दिल्लीसम्म पुग्ने चेतावनी दिएका छन् ।

जनगणतान्त्रिक सम्पर्क मञ्च समन्वय समिति, नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने यदि भारतले नेपालमा दमनको नीति अपनाए आफ्नो पार्टी भारतीय माओवादीसँग मिलेर दिल्लीसम्म पुग्ने बताए । त्यसै क्रममा उनले भने प्रचण्ड त भारतीय विस्तारवाद, तथा एमाले, काङ्ग्रेसका पुच्छर भएको जिकिर गरेका छन् ।

त्यसैगरी उनले भने जनतालाई भ्रमित गर्ने क्रान्तिहरुलाई अलग्याउन चाहने तत्वहरुले माओवादीलाई जंगल जान्छ भनेर भ्रम फैलाएको भन्दै जनता, राष्ट्रिय उद्योगी व्यवशायी, देशभक्त र प्रगतिशिल शक्तिको नेतृत्व गर्दै पार्टीले क्रान्ति ७५ जिल्लामा एकसाथ क्रान्ति  गर्ने बताए ।

आफूहरुको क्रान्तिमा अन्ततः नेपाली सेना र प्रहरीले पनि साथ दिने दावी गर्दै विप्लवले देश बचाउने र बनाउने बेला हामी सगैं भएर लड्ने छौँ भन्नु भयो ।