जनगणतान्त्रिक सम्पर्क मञ्चको केन्द्रीय अध्यक्षमा रत्न मगर निर्वाचित

काठमाडौं: माघ २३, नेकपा (माओवादी) निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति नेपालको दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ ।

सो राष्ट्रिय भेलाले रत्न मगरको नेतृत्वमा ८५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । भेलाले बरिष्ट उपाध्यक्षमा सुरेश अधिकारी, उपाध्यक्षमा उमा गुरुङ र उद्धब पौडेल, महासचिवमा हिरा शाही, सचिवमा पूर्ण श्रेष्ठ र दुर्गा अधिकारी रहेका छन् भने कोषाध्यक्षमा अर्जुन कटुवाललाई निर्वाचित गरेको छ ।

त्यसैगरी १५ सदस्यीय सल्लाहकार समिति रहेको छ । सल्लाहकार समिति संयोजकमा मकर गुरुङ रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी)का महासचिव नेत्रबिक्रम चन्द विप्लव रहेका थिए ।

नेकपा (माओवादी) का केन्द्रीय जनसरकार प्रमुख सन्तोष बुढा मगरले नव निर्वाचित समितिलाई प्रशिक्षणात्मक निर्देशन एबम् शुभकामना तथा बधाई दिएका थिए ।