सरकारलाई भाकपा (माओवादी)को थ्रेट, २००४ देखि उत्तराखण्डमा तालिम केन्द्र चलाएको खुलासा

काठमाडौं: माघ २६, पछिल्लो समय भारतीय माओवादीको प्रभाव पुरै भारत भरी तीव्र रुपमा फैलिने क्रममा छ । पूर्बी भारतमा माओवादीको विशेष प्रभाव रहेको भनिए पनि पछिल्ला दिनहरूमा भारतीय कम्युनिस्ट पार्टी माओवादी पश्चिम उत्तराखण्डमा पनि तीव्र रुपले अगाडि बढेको समाचारहरु आईरहेका छन् ।

भारतका विभिन्न प्रान्तमा विधान सभाको चुनाव (माओवादी) ले सक्रिय वहिष्कार अभियान चलाइरहेको छ । फ्रेब्रवरी २ का दिन नैनीतालको धारीमा छापामार शैलीमा सरकारी गाडी जलाएको थियो । नैनितालका भित्ताहरू जनयुद्धको समर्थन र चुनाव बहिष्कारको नाराले रङ्गिएपछि प्रहरी प्रशासनका लागि थप टाउको दुखाइको विषय बनेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

माओवादीहरूले ‘चुनाव बहिष्कार गरौँ’,  ‘युवाहरूलाई रोजगारी दे’ , ‘रक्सी भट्टीहरू बन्द गर’ , ‘प्राकृतिक स्रोतसाधनमाथि जनताको अधिकार कायम गर’, ‘उत्तराखण्डमा जनयुद्दलाई तीव्र पारौँ’,  ‘भ्रष्ट सत्ताका विरुद्ध लडाइँ जारी राखौँ’, ‘जनयुद्धमा सामेल हौं’ । ‘एउटा मात्र बाटो जनयुद्धको बाटो’  जस्ता पोस्टरहरू चारैतिर टाँसेका छन् । प्रहरी(प्रशासन अरु काम छोडेर पोस्टरहरू च्यात्न र मेटाउन लागि परेको छ ।

यसैबीच पोस्टर टाँस्नेको पहिचान भएको भनेर पुलिसले ९ जनताको नाममा वारन्ट जारी गरेको छ । प्रहरीले अलमोडा जिल्ला सोमेस्वरका ( ‘नेहरु बोरा) ‘प्रभाकर’ नै त्यहाँको माओवादीको नेता हो भनेर किटान गरेको छ ।  बोराको सुराकी दिनेलाई १०,००० हजार इनामको घोषणा पनि गरेको छ ।

उत्तराखण्डमा सन् २००४ देखि माओवादी आन्दोलनले गति लिएको र त्यहाँको जङ्गल उनीहरूको तालिम केन्द्र भएको कुरा प्रहरीले बताएको कुरा पनि सञ्चामाध्यमहरूले उल्लेख गरेका छन् ।

सन् २०१४ मा माओवादीको वैधानिक मोर्चा ‘क्रान्तिकारी जनवादी मोर्चा’ ४ जनालाई पक्राउ गरिएको थियो । उत्तराखण्डका अलमोडा तथा नैनीलताल क्षेत्रलाई विशेष क्षेत्र घोषणा गररे प्रहरीको तैनाथी बढाइएको छ र उनीहरूलाई हाइ एलर्टमा राखिएको छ ।