अपराधी प्रिन्सिपललाई कालोमोसो र जुताको माला

घोराहीः माघ २६, नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीले आफ्नो पदको दुरुपयोग गरेर छात्राहरुमाथी पटक पटक शारीरिक दुर्व्यवहार गर्न खोज्ने अपराधी प्रिन्सिपललाई कालोमोसो दलेको छ ।

दाङको मिड वइस्ट एकेडेमीका प्रिन्सिपल वीरबहादुर घर्तीलाई अखिल क्रान्तीकारीको राप्ती क्षेत्रिय समन्वय समिति छात्रा बिभागले कालोमोसो दलेको छ ।

नेकपा (माओवादी)ले पछिल्लो समय भ्रष्ट्राचार, अनियमितता, कालो बजारी बिरुद्ध जनकारवाही गर्दै आएको छ । केही दिन अघि लोकमान सिह कार्कीलाई सर्बोच्चो अदालत भित्रै कालोमोसो दलेको थियो ।