भारतबाट आयो सनसनीपुर्ण खबर, ५१ सुरक्षाकर्मिको कमान्डो बटालियन फोर्स गायब

भारतको उतर पूर्वमा परिचालन गरिएको ‘कमान्डो बटालियन फर रिसोलुट एक्सन’(कोब्रा) फोर्सका ५९ जवान सोमबार बेलुकादेखि गायब भएका छन् । कोब्रा फोर्स  भारतमा चलिरहेको जनयुद्ध दबाउन स्थापना गरिएको थियो ।

माओवादी दबाउने विशेष कमान्डो तालिमका लागि उनीहरूलाई जम्मु कश्मिरको श्रीनगरमा पाँच हप्ते तालिमका लागि पठाइएको थियो । तालिमपछि रेलबाट गया स्थित कोब्रा फोर्स क्याम्पका लागि पठाइएका उनीहरू बीच बाटोबाटै रातको समयमा योजनाबद्ध ढंगले गायब भएका छन् ।

तालिमको क्रममा कोही एकाध भाग पनि र कतिपय घर गएपछि नफर्किने गरेको भए पनि यसरी योजनबद्ध ढङ्गले ५९ जना नै गायब हुनु रहस्यमय र प्रश्नको विषय भएको कुरा पनि भारतीय माध्यमहरूले उल्लेख गरेका छन् ।

प्रहरी प्रमुखको हवाला दिँदै माध्यमहरूले उनीहरूको खोजी भइरहेको र कमान्ड बाहिर गएर बिनाइजाजत त्यसरी हिँडेकाले ‘कोर्ट अफ इन्क्वारी’ गर्ने घरै गएका भए पनि उनीहरूमाथि कारबाही हुने कुरा जनाएका छन् ।  उनीहरूका साथ हतियार नभएको कुरा पनि माध्यमहरूले जनाएका छन् ।

 

                                                                                                                                                                जन मेलबाट साभार