नेपाली सेना र संसद्वादी दलहरुको बीचमा अन्तरविरोध छ : विप्लव

नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली सेना र संसदवादी दलहरु बीचमा अन्तरविरोध रहेको वताएका छन् । अन्तरविरोध के चीजमा छ भन्ने पश्नको जवाफ दिँदै उहाँ भन्नु हुन्छ । नेपाली सेना राष्ट्र बचाउने सेना हो । नेपाली सेनामा राष्ट्रिय भावना छ तर संसदवादी दलहरु देशलाई बेच्ने दलाल हुन् । यस्तो छ  करन बडालले  महासचिव नेत्रविक्रम चन्द विप्लवसंग लिएको अन्तरवार्ताको अंश । 

कतिपयले राज्य पहिले भन्दा धेरै बलियो छ । तर विद्रोही शक्ति कमजोर छ त्यसकारण विद्रोहको कुनै गुन्जायस छैन भन्छन् नि ?
आफैलाई मात्र हेर्ने मान्छेले त्यस्तो तर्क गर्छन् । जनतालाई, नेपाली समाजलाई हेर्ने, नेपाल देशलाई हेर्ने मान्छेले त्यस्तो कहिले पनि भन्दैन । राजनीतिक गरेको मैले नै हुँ, बलियो म नै हुँ, कमजोर पनि म नै हुँ भनेर मनोगत विश्लेषण गर्ने मान्छेले त्यस्तो भन्छन् । त्यो कुरा सहि होइन क्रान्तिको निर्धारण केही नेता केही कार्यकर्ताले गर्ने होईन यसको निर्धारण त जनता र राज्य बीचको अन्तरविरोधले निर्धारण गर्छ । अहिले तपाई हेर्नु सक्नु हुन्छ काही पनि कोही जनता सन्तुष्ट छैन । राज्य पहिला भन्दा बलियो होइन सापेक्षित रुपले कमजोर रहेको छ । दोस्रो कुरा नेपाली सेना बलियो भन्नुहुन्छ भने नेपाली सेना राजतन्त्रले खडा गरेको सेना हो । यसरी हामी बहुदल हौँ भन्नेहरु र सेनाबीच तालमेल मिलेको छैन । दलालहरुलाई नेपाली सेनाले सजिलै स्वीकार गर्न सक्ने स्थिति छैन अहिले । यता माओवादी र जनताको सम्बन्ध हेर्नु हुन्छ भने जनयुद्धको भन्दा माओवादीको सम्बन्ध घनिष्ट रहेको छ । जनयुद्धमा त कार्यकर्ताले नेता को को चिन्न नसकिने स्थिति थियो । नेपालमा क्रान्तिकारी शक्ति बलियो हुदै गएको छ ।

यसको मतलब नेपाली सेना र संसदवादी दलहरु बीचमा पनि अन्तरविरोध रहेको छ भन्न खोज्नु भएको हो ?

त्यो अनिवार्य रुपले हुन्छ । किनकी नेपाली सेनामा सापेक्षित रुपले राष्ट्रिय भावना छ । त्यस्तो देखिन्छ र हुनुपर्छ पर्छ पनि जब कि दलालहरुमा राष्ट्रिय भावना हुदैन । दलालहरुको काम भनेको विदेशीको हितमा काम गर्ने हो । नेपाली सेना भनेको देश बचाउने सेना हो । त्यो बीचमा स्वभाविक रुपमा सेना र दलालहरुको बीचमा अन्तरविरोध छ । यो कुरा नेपाली सेनाले पनि बेलैमा बुझ्नु सक्नुपर्छ र उनीहरुलाई बुझाउनु पर्छ पनि ।
सामान्यतयाः सेना भनेको विद्यमान राज्यसत्ताको अङ्ग हुनेगर्छ त्यसकारण सेना र संसद्वादीदलहरुको बीचमा अन्तरविरोध छ भन्न मिल्छ ? सेना भनेको सरकारले पारित गरेको सुरक्षा नीति पालना गर्ने सुरक्षा अंग होइन र ?

त्यो हो र होइन पनि । एउटा सामान्य तरिकाले हेर्ने हो भने संसद्वादी परिपाटीबाट त्यो हो तर जब क्रान्तिले ज्वारभाटाको स्थिति सृजना गर्दछ । तब सेना र राज्य बीचको सम्बन्ध भत्किन पुग्छ र सेना आफै पनि अगाडि आउँछ । सामान्य अवस्थामा नेपाली सेना यी संसद्वादी दलहरुको मातहतमा रहन्छ तर एउटा विशेष समय आउछ । जब सरकार र दलहरुको नियन्त्रण भित्र देश रहदैन जनता असन्तुष्ट हुन्छन् । त्यती बेला सेना जनता र प्रतिक्रियावादी राज्यसत्ताको बीचको संघर्षमा भाग लिन अग्र पङ्तिमा आउँछ । जनता बिद्रोहमा उत्रिदा सेनाले नयाँ निर्णय लिन पर्ने हुन्छ । त्यसकारण नेपाली सेना सधै राज्यको मातहतमा मात्र रहन्छ भन्ने हुदैन । जब राज्य जनताको विरुद्धमा जान्छ त्यती बेला सेना विद्रोहीहरुको पक्षमा उभिनु पर्ने हुन्छ ।