भुकम्प पीडितका जस्तापाता बेच्ने मन्त्रीलाई ४० फिटको खाल्डोमा पुर्नुपर्छ : विप्लव


काठमाडौँः पागुन १, नेकपा (माओवादी)का महासचिव विप्लवले आठौँ महाधिवेशन उद्घाटन गर्ने क्रममा बेल्दै भूकम्प पीडितका जस्तापाता बेच्ने मन्त्री र सांसदलाई जिउदै खाल्डोमा पुर्नुपर्ने बताएका छन् ।

‘भूकम्पपीडितको विचल्ली हुँदा सरकार रमिते बनेर बसेको छ’, उनले भने, भूकम्पकाबेला जस्ता पाता बेच्ने मन्त्रीलाई ४० फिटको खाल्डोमा जिउदै पुर्नुपर्ने बताए ।

त्यसै क्रममा महासचिव विप्लवले सामान्य विरामीहरुलाई उपचार खर्च नपाएर अस्पतालको छदबाट हाम फालेर मर्ने गरेको तर गगन थापाले घैटेको पैसा पचाउँनलाई बागबजारमा भाषण गर्दै हिड्ने गरेको बताएका छन् ।