थवाङ्गी जनताले महासचिव विप्लवलाई यस्तो नासो दिए

काठमाडौंः फागुन १२, बेला–बेलामा राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चामा आईरहने नेपालको एकमात्र गाउँ हो थवाङ । पञ्चायत कालमा शुन्य मतदान गरेर चार्चामा आएको सो गाँउ निरन्तर क्रान्तिको पक्षमा उभिँदै पहिलो संविधान सभाको निर्वाचनमा तात्कालीन नेकपा माओवादीलाई सय प्रतिशत मतदान गरेर अर्को पटक चर्चामा आयो ।

दोस्रो संविधान सभाको निर्वाचनमा फेरी शुन्य मतदान गरेर थवाङ झन् चर्चामा आयो । नेपाल कम्युनिस्ट पार्टीले आठौँ महाधिबेशनको बन्द सत्र थवाङमा गरेपछि झनै चर्चामा आएको सो कम्युनिस्ट गडका वासिन्दाहरुले नव निर्वाचित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई हसिँया हतौडा अंकित कम्युनिस्ट पार्टीको झण्डा र मसाल चिनो दिएका छन् । 

क्रान्तिको बाटोमा निरन्तर अगाडि बढ्नु भनेर उनीहरुले सो नासो हस्तान्तरण गरेका हुन् । हिजो नेपाल कम्युनिस्ट पार्टीले थवाङमा बृहत सांकृतिक कार्यक्रम गरेको थियो ।