स्ववियु चुनावमा होमिदै अखिल क्रान्तिकारी

काठमाडौँः फागुन १३, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) स्ववियु चुनावमा देशैभरी होमिन थालेको छ ।

देशैभरका क्याम्पसबाट अखिल (क्रान्तिकारी)ले उमेद्वार दिएका छन् । त्यस्तै काठमाडौँको ग्रामिण आदर्स क्याम्पस नेपालटारबाट स्ववियु सभापतिका उमेद्वार सुमन तिमिल्सिनाले चुनाव जित्ने निश्चित भएको रातोनिउज् डट कमले जनाएको छ ।

त्यसैगरी त्रि.वि केन्द्रीय क्याम्पस अछामबाट अध्यक्ष पदको लागि कमलबहादुर बडुवालले उमेद्वार दिएका छन् । त्यसैगरी शंकरदेव क्याम्पस बद्रियाबाट अध्यक्ष पदको लागि नन्दऋषि भट्टराईले उमेद्वार दिएका छन् ।

त्यसैगरी टीकापुर बहुमुखी क्याम्पसबाट अध्यक्षमा पदम प्रशाद काफ्ले, सचिवमा नवीन कार्की, कोषाध्यक्षमा यसु न्यौपाने उमेद्वार दिएका छन् । अन्य जिल्ला क्याम्पसबाट उमेद्वार दिएका छन् ।