केपी ओलीको राष्ट्रवाद : रंजित रेसंग बालकोटमा गोप्य भेटघाट

काठमाडौ: फागुन १५, पछिल्लो समय खोक्रो राष्ट्रवादको नारा उचालेर राष्ट्रवादी देखिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवाद क्रमश खुल्न थालेकोे छ ।

जनतालाइ टुक्कै टुक्काले झुक्याएर महाकाली बेचेका ओली पछिल्लो समय म राष्ट्रवादी भनेर खोक्रा भाषण गरेर चर्चामा आएका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय राजदुत रंजित रेलाई आफ्नो निवास बालकोटमा भेटघाटका लागि बोलाएका छन् ।
पछिल्लो पटक ओली र रे बीच गोप्य भेटघाट भइरहेको स्रोतको दाबी छ । आइतबार दिउँसो भारतीय राजदुत रंजित रे अकस्मात बालकोटमा केपी ओलीलाई भेट्न पुगेका अनलाईन डबलीले जनाएको छ ।

त्यस्तै ओली र रेबीच संविधान संशोधनको विषयमा छलफल भएको स्रोतले बताएको छ । आफ्नो कार्यकाल सकिनै लाग्दा रेले ओलीसँगको भेटवार्तालाई तीब्रता दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।