नेपालगंजमा प्रहरी र मोर्चाका कार्यकर्ता भिडन्त, एमाले कार्यकर्ता पनि सामेल

नेपालगंज: फागुन १, एमालेको मेची महाकाली अभियान बिथोल्न मधेसी मोर्चाका कार्यकर्ताले यात्रुबाहक बसमा आगजनी गरेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उढरापुरमा बर्दियाको राजापुरदेखि दाङको तुलसीपुर सडक खण्डमा चल्ने  भे १ ख २०४२ नम्बरको गाडीमा आगो लगाउँदा बसको भित्री भाग जलेर नष्ट भएको छ ।

सप्तरीमा जस्तै नेपनलगंजमा पनि मधेसी मोर्चाका कार्यकर्ता एमाले बिरुद्ध प्रदर्शनमा उत्रेका छन् । प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडपको भएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ । मोर्चाका कार्यकर्ताहरुले हतियार खोस्न थालेपछि हवाई फायर गर्नु परेको प्रहरीले बताएको छ । भने मोर्चाले आफूहरुले शान्तिपूर्ण रुपमा प्रदर्शन गरेको तर प्रहरीले हस्तक्षेप गरेको बताएका छन् ।  

भिडन्तमा एमाले कार्यकर्ता पनि भिडन्तमा सामेल भएका छन् । घटनामा दर्जनौं मोर्चाका कार्यकर्ता घाइते भएको मधेसी मोर्चाको नेताहरुको दाबी रहेको छ ।