गृहमन्त्री निधिको अभिव्यक्ति पराजयको मनस्थितिको उपज हो : विप्लव

गृहमन्त्री विमलेन्द्र निधिले मन्त्री परिषदको मिटिङमा तात्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई पक्राउ गर्ने भनेर गरेको प्रस्ताव सर्वाधिक चर्चामा रह्यो । त्यसको दोस्रो दिनमै महासचिव विप्लवले कडा विज्ञाप्ती जारी गर्दै सरकारलाई सचेत गराए । यदि सरकारले त्यस्तो दुस्साहसपूर्ण कदम चाले आफ्नो पार्टीले त्यसको कडा प्रतिरोध गर्ने र त्यसबाट आउने परिणामको जिम्मा सरकारले लिनुपर्ने बताएका थिए । त्यसपछि नेपालको राजनीतिमा खैलाबैला मच्चियो । त्यसै सन्दर्भमा जनगणतान्त्रिक सम्पर्क मञ्चको आधिकारीक प्रकाशन जनगणतान्त्रिक अभियानको लागि करनसिंह बडाल र झनक श्रेष्ठले लिएको अन्तरवार्तामा महासचिव विप्लव भन्नुहुन्छ । गृहमन्त्री विमलेन्द्र निधिको अभिव्यक्ति समग्र राज्य सत्ताको पराजयको मनस्थितिको उपज भएको बताए । यस्तो रहेको छ महासचिव विप्लवसँगको अन्तरवार्ता । 

१) तपाईंहरू महाधिवेशन गर्दै हुनुहुन्छ । महाधिवेशनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा कस्तो प्रभाव पार्छ ?
खासगरी यसका दुईवटा पाटाहरू छन् । पहिलो विश्व कम्युनिस्ट आन्दोलनको हामीले गरेको विश्लेषण र अर्काे कुरा नेपालको राष्ट्रिय कम्युनिस्ट आन्दोलनको विश्लेषण र संश्लेषण रहेका छन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको कुरा गर्दा स्टालिनको विषय, महान् सांस्कृतिक क्रान्तिको विषय र त्यसैगरी आज विश्वमा विकास भएको नयाँ आर्थिक सम्बन्धले उत्पादन गरेको नयाँ समाज र अन्तर्राष्ट्रिय श्रमिक वर्गको बारेमा र आज विज्ञानले गरेको अभूतपूर्व विकासको बारेमा हामीले संश्लेषण गरेका छौँ । राष्ट्रिय परिस्थिति हेर्दा आज देशभित्र प्रतिगमन बढ्दो छ । नेपाली जनतामाथि संसदीय व्यवस्था लादिएको छ र कम्युनिस्ट पार्टी कस्तो हुनुपर्छ ?, कम्युनिस्टहरूको आर्थिक नीतिबारेमा पनि हामीले धाराणा अगाडि बढाएका छौँ र देशलाई कसरी विकास गर्ने भन्ने विषयमा हामीले गम्भीर छलफल गरेका छौँ । त्यसैगरी नेपाली क्रान्तिलाई अगाडि बढाउनको लागि एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि सारेका छौँ ।
२) आठौँ महाधिवेशनको लागि प्रस्ताव गरेको दस्तावेजमा दर्शनमा विकास गर्ने भनिएको छ । कुन–कुन कुरामा विकास गर्दै हुनुहुन्छ ?
मुख्य त हामीले तीन वटा कुरामा विकास गर्ने भनेका छौँ । पहिलो कुरा हेर्दा सामान्य लाग्ने कुरा तर निकै नै महत्वपूर्ण माक्र्सको भनाइ संसारलाई व्याख्या गर्न सबैले जानेका छन् तर बदल्नु मुख्य कुरा हो भन्ने रहेको छ तर हामील यतिले मात्र पुग्दैन भनेका छौँ । बदल्नु मात्र मुख्य कुरा होइन, त्यसको रक्षा गर्नु र विकास गर्दै लैजानु आवश्यक छ भन्ने निष्कर्षमा पुगेका छौँ । दोस्रो दर्शनको विषय विपरीतहरूको एकत्व जुन दर्शनको आधारभूत जड वस्तु हो । जस्तै, हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ तर यो प्राकृतिक विज्ञानमा ठीक भए पनि समाजमा र पार्टी जीवनमा ठीक हुन सक्दैन । पार्टीमा विचार हुन्छ, चेतना पनि हुन्छ र यो गतिशील हुन्छ । यो स्वतन्त्र रहिरहन सक्दैन । त्यसकारण पार्टीभित्र दुईवटा विचारले टुटफुट ल्याउँछ । टुटफुटले आन्दोलनमा क्षति पु¥याउँछ । गलत विचार र सही विचार विपरीत तत्वको एकत्व हुन सक्दैन । तेस्रो कुरा, समाजमा विकास भएको द्वन्द्वात्मक भौतिकवाद मुख्य भनिएको छ तर अहिले नै द्वन्द्वात्मक भौतिकवाद पूर्ण भयो भनेर भन्नुहँुदैन । त्यो बेला अहिले नै भइसकेको छैन । यसमा अझै विकास गर्न बाँकी छ । सामान्य युनानबाट सुरु भएको भौतिकवाद, भारत वर्षबाट विकास भएको भौतिकवाद, पृथ्वी चेप्टो छ कि गोलो भन्ने कुराबाट विकास भएको भौतिकवाद र सूर्यलाई पृथ्वीले घुमाउँछ कि पृथ्वीलाई सूर्यले घुमाउँछ भन्ने बहसबाट विकास भएको भौतिकवाद आज आइन्स्टाइनले विकास गरेको सापेक्षताको सिद्धान्त र हेन्सवर्गले अगाडि सारेको अनिश्चयताको सिद्धान्त र हकिन्सले बहसमा ल्याएको एकीकृत भौतिकी विज्ञानको सिद्धान्तले पनि समाज विज्ञानमा विकासको आवश्यकता दर्शाउँछ । सायद त्यही कुरालाई विकास गर्ने हाम्रो कहीँ कतै त्रुटिले गर्दा वैज्ञानिक समाजवादमा समस्या आयो कि ! वैज्ञानिक समाजवाद भन्नुको पछाडि राजनीतिक कारण मात्र होइन, दार्शनिक कारण पनि छ भन्ने कुरा हामीले बुझ्दैछौँ र हेर्दैछौँ । त्यही आधारमा संश्लेषण गर्न खोज्दैछौँ ।
३) यहाँहरूले स्टालिनमाथि हमला भयो, स्टालिनको रक्षा गर्ने भन्नुभएको छ तर अन्य कम्युनिस्ट घटकहरूले भने स्टालिनलाई किरोभसँग जोड्ने गरेका छन् । यथार्थ के हो ?
यसका दुईवटा पाटाहरू छन् । पहिलो कुरा स्टालिन आफैँ महान् हुनुहुन्थ्यो र उहाँ लेनिनको नजिकको मित्र हुनुहुन्थ्यो । उहाँहरूकै नेतृत्वमा सम्राटकालीन रुसलाई साम्राज्यवादीबाट समाजवादी रुसमा परिवर्तन गर्नुभयो । दोस्रो कुरा, स्टालिनले समाजवाद ढाल्नको लागि पार्टी बाहिर र भित्रबाट भएका ट्राटस्की, कामेनोभहरूको र पार्टी बाहिरबाट जर्मन नाजीवादीले गरेको षड्यन्त्रको विरुद्धमा लडेर समाजवादको रक्षा गर्नुभयो । षड्यन्त्रको विरुद्धमा जुन कदम स्टालिनले चाले, त्यो सही थियो तर ती कदमहरू स्टालिन एक्लैले मात्र चालेका थिएनन् । त्यहाँ सत्ता र पार्टी थियो र विदेशीहरूलाई समेत बोलाएर खुला इजालास राखेर निर्णयहरू गर्नुभएको थियो । त्यसलाई तानाशाही, निरङ्कुश थियो भन्न मिल्दैन । अपराधीहरूले नै गल्ती स्वीकार गरेका थिए । त्यस्तो अवस्थामा उनीहरूलाई कारवाही गरिएको थियो । तेस्रो कुरा ,उहाँ एउटा अन्तर्राष्ट्रिय नेता हुनुहुन्थ्यो । उहाँकै कारणले गर्दा चीनमा जनवादी क्रान्ति सम्पन्न भएको थियो । उहाँकै नेतृत्वमा जर्मन साम्राज्यवादलाई परास्त गरियो । रुसको लालसेनाले जर्मन सेनालाई बर्लिनवालसम्म लखेटेको थियो । त्यति मात्र होइन, विश्वमा जुन फासीवादको त्रास थियो । त्यसबाट विश्वलाई जोगाउने काम स्टालिनले गरे; सँगसँगै विश्वमा क्रान्तिकारी आन्दोलन फैलाउने काम पनि गरे । उनले पार्टीहरूलाई सुदृढ र सहयोग गर्ने काम गर्नुभयो ।
४) यहाँहरूले सांस्कृतिक क्रान्तिको बहस जोडतोडका साथ उठाउनुभएको छ किन ?
यो पनि महत्वपूर्ण प्रश्न हो । खासगरी सांस्कृतिक क्रान्ति भन्ने शब्द अलिकति साँघुरो जस्तो अथवा एउटा अंश जस्तो मात्र भएको महसुस हुन्छ तर त्यस्तो होइन । सांस्कृतिक क्रान्ति भनेको माओ त्से तुङले त्यतिबेला चीनको समाजमा पार्टीभित्र र पार्टी बाहिरबाट समाजवादका विरुद्ध गरिएका षड्यन्त्रलाई परास्त गर्नुको लागि विकास गरेको विचार हो । यसमा दर्शन, राजनीति, विचारधारा, अर्थतन्त्र र सङ्गठन पनि पर्ने गर्छ ।
५) चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनले सन् १९५६ मा पारित गरेको उत्पादक शक्तिको विकास गर्ने नीतिलाई छोडेर त्यसको दुई वर्षपछि महान् अग्रगामी छलाङ चलाएर देशमा ठूलो संकट आएको आलोचकहरूले भन्ने गरेका छन्, यथार्थ के हो ?
तपाईंले भन्ने गरेको चर्चाहरू पनि आउने गरेको छ तर त्यो कुरा गलत हो । आठौँ महाधिवेशनमा दक्षिणपन्थी ल्यु साओ ची, काओ काङ्ग, वेङ्ग पेओले षड्यन्त्र गरेर माओलाई अल्पमतमा पार्ने प्रयास ग¥यो तर त्यसको विरुद्धमा माओले दुई वर्षसम्म जनताको बीचमा बहस चलाएर दक्षिणपन्थी लाइनलाई परास्त गरेर क्रान्तिलाई निरन्तर अगाडि बढाउन महान् अग्रगामी छलाङ आन्दोलन चलाउनु भयो । समाजवादी अभियान शिक्षा चलाउनुभयो र यसैको बलमा पछि उहाँले सन् १९६६ तिर सांस्कृतिक क्रान्ति चलाउनुभयो । यसले विभिन्न खराबीहरूमाथि निर्मम प्रहार ग¥यो ।
६) कतिपय मानिसहरूले सांस्कृतिक क्रान्तिको बेलामा चीनले नौ महिनामा १८०० कि.मि.को रेलमार्ग निर्माण, १९६७ हाइड्रोजन बम सफल प्रयोग गरे पनि सांस्कृतिक क्रान्तिमा बल प्रयोग गर्नु गलत थियो । त्यो विस्तारै गर्न सकिन्थ्यो अलि हिंसात्मक तरिकाले अगाडि बढाइयो । त्यसकारण धेरै कमजोरी भयो भनेर आलोचना गर्ने गरेका छन् । यसलाई के भन्नुहुन्छ ?
हैन, त्यो एकदम गलत कुरा हो । माओ त्से तुङले जुन महत्वपूर्ण सर्वहारा सांस्कृतिक क्रान्ति चीनमा गर्नुभयो, त्यो गर्नैपथ्र्याे । त्योसँगै जुन विश्वमा ख्रुस्चेभी संशोधनवादको विरुद्धमा पनि सङ्घर्ष गर्नुभयो । माओले रुसमा स्टालिनको मृत्युपछि देखापरेको समस्या बुझिसक्नुभएको थियो । यो कसरी चीनमा प्रवेश गर्दैछ भन्ने बुझेपछि मात्र त्यो सङ्घर्ष चलाउनुभएको थियो । जुन सङ्घर्षको बलमा आज चीन उभिन आएको छ । त्यति बेला चलाएको भ्रष्टाचार विरोधी अभियान, खराबीहरूको विरुद्धको अभियान, जनतालाई दुःख दिनेखालका प्रवृत्तिहरूको अभियान सफलतापूर्वक सम्पन्न भएको थियो । जुन कुरा अर्काे ढङ्गले व्याख्या गर्न खेजिन्छ; त्यो गलत हो ।
७) सांस्कृतिक क्रान्तिको बेला माओ त्से तुङले ग्याङ्ग अफ फोरलाई संरक्षण ग¥यो भन्ने गरिन्छ, सत्य कुरा के हो ?
यसको बारेमा ठूलो बहसहरू चलेको छ; जसलाई ग्याङ अफ फोर भन्ने गरिन्थ्यो । वास्तवमा ग्याङ अफ फोर होइन, त्यसलाई पछि नकरात्मक ढङ्गले व्याख्या गरियो । जसलाई विरोधीहरूले ग्याङ अफ फोर भन्ने गरेका छन् । तिनीहरू सांस्कृतिक क्रान्तिका पक्षधरहरू थिए । माओका समर्थकहरूबाट केही कमी–कमजोरीहरू भए होलान् । त्यो कुरा माओले पनि स्वीकार गरेका थिए तर आधारभूत रूपमा सांस्कृतिक क्रान्ति सही नै थियो ।
८) बजारमा नेकपा (माओवादी) ले सङ्घीयता र स्वयत्ततालाई छोड्यो भन्ने सुनिन्छ, साँच्चीकै छोड्नुभएकै हो ?
त्यो कुरा दुई ठाउँबाट आएको छ । पहिलो हाम्रो विषयलाई अलिकति गहिराइसँग नबुझेर आएको छ । दोस्रो कुरा, जनतालाई भ्रमित पार्नका लागि पनि आएको छ । हामीले के भनेका छौँ भने सङ्घीयता आफैँमा नराम्रो कुरा होइन । सङ्घीयता आवश्यक कुरा हो तर सङ्घीयता वैज्ञानिक समाजवादको सिद्धान्त हो । यो उच्चस्तरको राजनीतिक प्रणाली हो । नेपालमा सङ्घीयताको बारेमा जसरी देश नै विघटन गर्नेगरी जातिवादतिर तान्नेखालको र नेपालको अस्तित्वलाई नै धरापमा पार्नेखालको आइरहेको छ । हामीले भनेको नेपालको सन्दर्भमा केन्द्रीय राज्य बलियो हुनुपर्छ, सँगै अहिलेसम्म उत्पीडित जनजातिहरूले अधिकार पाउनुपर्छ । नेपालको परिवेशमा सुहाउने सङ्घीयता भनेको स्वयत्त प्रदेशसहितको जनवादी गणतन्त्रखालको राजनीतिक प्रणाली हामीले अगाडि सारेका छौँ । जब कि पुँजीवादमा फर्किसकेपछि वास्तविक सङ्घीयता पनि हुँदैन र कुनै उत्पीडित जनताले अधिकार पनि पाउँदैन । संसदीय व्यवस्था भनेको दलालहरूको व्यवस्था हो । पुँजीवादी संसदीय सङ्घीयता भनेको जनताको क्रान्ति भाँड्ने प्रतिक्रियावादी सङ्घीयता हो, जसले जनतालाई दलालहरूको दास बनाउँछ । त्यसकारण त्यस्तो सङ्घीयताको औचित्य छैन ।
९)तपाईंहरू जातीय सङ्घीयता पनि नमान्नेर स्वयत्त प्रदेशको पनि कुरा गर्नुभयो, यो विरोधाभास भएन र ?
हामीले के भनेका छौँ भने नेपालमा सातवटा राष्ट्रहरू छन् । त्यो कुरा हामीले पहिचान गरेका छौँ । क्षेत्री बाहुन, मगर, थारु, नेवार, भोजपुरा, मिथिला, लिम्बुवान इत्यादि राष्ट्रहरू हुन् । यी सबैले स्वयत्त सासन चलाउन पाउने र ती सबै आएर माथि केन्द्रमा जनवादी गणतन्त्रमा सहभागी हुन पाउनेछन् । जुन कुरा हामीले जनयुद्धको बेला प्रयोग गरेका थियौँ । योभन्दा अझ महत्वपूर्ण कुरा साम्राज्यवादीहरूले जसरी जातिवादतिर धकेल्न खोज्दैछन्, त्यसबाट हामी बच्नैपर्छ । त्यसकारण उत्पीडितहरूले वैज्ञानिक समाजवाद खोज्नुपर्छ ।
१०) तपाईंले भन्नुभएको आत्मनिर्णयको अधिकारले नेपाल पनि सोभियत सङ्घजस्तै विघटन हुने खतरा रहन्छ कि रहँदैन ?
हामीले यसलाई ‘सिद्धान्त र व्यवहार’ भनेका छौँ । सिद्धान्तमा कुनै देश वा जाति आफूलाई एकदमै उत्पीडित भएको महसुस गर्छ भने विद्रोह गर्न पाउने उसको अधिकार हुन्छ, सङ्घर्ष गर्न पाउने अधिकार हुन्छ । सङ्घर्षको अन्तिम विन्दु भनेको आफूले छुट्टै देश बनाउन पाउने र देश चलाउन पाउने अधिकार हो तर व्यावहारिक हिसाबले नेपालमा कुनै समाजवादी व्यवस्थाले उत्पीडन गर्छ त ? होइन उत्पीडन त पुँजीवादले गर्छ । त्यसकारण कम्युनिस्टहरू त अन्तर्राष्ट्रियवादी हुन् । छुट्टै देश बनाउने होइनन् । संसारलाई उत्पीडनबाट मुक्त गर्ने, जातिको अन्त्य गर्ने, देशको अन्त्य गर्ने अभियानमा कम्युनिस्टहरू जानुपर्छ ।
११) आठौँ महाधिवेशनको प्रस्तावित दस्तावेजमा नयाँ कम्युनिस्ट आर्थिक व्यवस्था भन्नुभएको रहेछ । कस्तो हुनेछ नेपालको अर्थ व्यवस्थाको स्वरूप ?
हो, हामीले नयाँ आर्थिक प्रणालीको प्रस्ताव गरेका छौँ । खासगरी वैज्ञानिक समाजवाद किन असफल भयो भन्नेबारेमा गहिराइपूर्वक हेर्दै जाँदा आर्थिक पद्धति एउटा समस्या हो भन्ने बुझेका छौँ । त्यसमा पहिलो पहिलो चरणमा तीनवटा कुरा सारेका छौँ । पहिलो, जनताको जीवन समृद्ध र सुखी हुनुपर्छ । कार्यकर्ताको जीवन समृद्ध, सुखी, आदर्श र अनुशासित हुनुपर्दछ । नेताको जीवन सरल, उच्च राजनीतिक, वैचारिक आदर्शयुक्त हुनुपर्दछ । यस्तो हुनलाई जनताले आफ्नो आर्थिक जीवन समृद्ध जीवन बनाउन पाउनुपर्छ । कार्यकर्ताले आवश्यकता परिपूर्ति गर्ने सँगसँगै जनता र देशको सेवा गर्ने हुनुपर्छ । सम्पूर्ण रूपले राष्ट्र, आफ्नो वर्गको र क्रान्तिको सेवा गर्ने हुनुपर्छ । त्यसो गर्दा नेताहरूको आवश्यकता संस्था या पार्टीहरूले राज्यले हेर्नुपर्दछ ।
१२) तपाईंले उत्तर साम्राज्यवादको बहस उठाउनुभएको छ, जसले राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चा पाइरहेको छ । वास्तममा उत्तर साम्रज्यवाद भनेको के हो ?
हामीले उत्तर–साम्रज्यवाद भनेपछि ठूलो बहस सृष्टि भएको छ । कसैले यसलाई उत्तर–साम्राज्यावादी भन्नुहँुदैन भन्छन् । कसैले पुँजीवादी, उत्तर–माक्र्सवादी, उत्तर–आधुनिकवादी समेत भन्ने गरेका छन् भने कसैले यो भन्ने बेला भएकै छैन भन्ने गर्छन् त कसैले एकदम नयाँ हो । कसैले साम्राज्यवाद म¥यो त ? हाम्रो भनाइ के हो भने लेनिनको समयमा आइपुग्दा जसरी पुँजीवाद नयाँ–नयाँ चरित्र ल्याएर आयो । त्यसलाई लेनिनले पुँजीवाद मात्र भनेर पुग्दैन, साम्राज्यावाद भन्नुपर्दछ भन्नुभयो । त्यसका मुख्य ५ वटा विशेषता छन् भन्नुभएको छ । साम्राज्यवाद भनेको अति उत्पादन हो, यसले औद्योगिक पुँजी पलायन गर्छ । वित्तीय मुनाफा लिन्छ र फाइदाको लागि युद्ध लड्छ । अहिले हामीले भनेको लेनिनले भनेको भन्दा पुँजीवाद नयाँ ठाउँमा आइपुगेको छ । साम्राज्यवाद भनेर मात्र पुग्दैन, अहिले यो भूमण्डलीकृत भएर आएको छ । पुँजीलाई समन्वयकारी रूपमा प्रयोग गरिरहेको छ । यो लेनिनको समयको जस्तो छैन । यसलाई नयाँ नाम चाहिन्छ । यसको नाम के राख्ने त भन्ने विषयमा हामीले विभिन्न नामहरू छनौट ग¥यौँ । जहाँसम्म यो शब्द हाम्रो होइन, राजनीति–शास्त्री र समाज–शास्त्रीहरूको शब्द हो । उनीहरूले यो पहिलादेखि नै व्याख्या गर्दै आएका छन् तर हामीले उनीहरूले भने जस्तो होइन । यो यथार्थ अर्कै छ । कुनै कुनै जडसूत्रवादीहरूले यसलाई अपव्याख्या गरेका छन् । हामीले विभिन्न शब्दहरू छनोट ग¥यौँ । चरम, अति, आधुनिक, संकटापन्नजस्ता शब्दहरू छनोट गरेका थियौ । संकटापन्न लेनिनले व्याख्या गरिसकेका छन् । आधुनिक पनि प्रयोग भइसकेको छ, त्यसकारण हामीले उत्तर शब्दको छनोट गरेका हौँ । शब्दको उत्पादन पनि समयले गर्छ । समयसापेक्ष मेल खाने हुनुपर्दछ ।
३) तपाईंले अब भारत विस्तारवादी होइन कि साम्राज्यावादको होडबाजीमा आइसकेको भन्नुभएको छ नि ?
आधारभूत रूपमा साम्रज्यवाद र विस्तारवाद उस्ता–उस्तै शब्द हुन् । हामीले के भनौँ भने भारतले सिक्किम खाइसकेको छ । कास्मिर खाइसकेको छ । गोवा खाइसकेको छ । विश्वको पुँजी तुलना गर्ने हो भने विश्वको धनाढ्य देशमा आइसकेको छ । केही समयपछि विश्वशक्ति राष्ट्रको रूपमा उभिँदैछ, प्रविधिको हिसाबले धेरै अगाडि आइसकेको छ । भारत दक्षिण एसियामा विस्तारवादको रूपमा उदाइसकेको छ । विस्तारवादी भन्ने शब्दले मात्र भारतको वर्गचरित्रलाई ठीक ढङ्गले व्यक्त गर्दैन । पछिल्लो समय भारत छिमेकीलाई खाने तरिकाले अगाडि बढ्दै गएको छ । यो कुरालाई बेलामै जनतालाई बुझाउन सक्नुपर्छ ।
१४) तपाईंकै भनाइलाई आधार मान्ने हो भने भारत ९० को दशकमा उदार अर्थतन्त्रमा प्रवेश गरिसकेको थियो तर योभन्दा नब्बे दशकयता पनि लगभग २५ वर्ष बितिसक्यो तर अहिलेसम्म सबैले विस्तारवादी भन्ने गरेका छन् । यो बुझाइमा कमी भएर हो वा पहिलेदेखि चलिआएकोले विस्तारवादी भन्दै आएका हुन् ?
त्यतिबेलाका हाम्रा नेतृत्वहरू पुष्पलाल, मोहनविक्रमहरूले भारतलाई विस्तारवाद भन्दै आएका हुन् र हामीले पनि त्यसै शब्दलाईप्रयोग गर्दै आयौँ । यो शब्दलाई गलत भन्नुहुँदैन । विस्तारवादको अर्थ आफैँ पनि उत्पीडनमा परेको देश तर आफूभन्दा कमजोर देशलाई उत्पीडनमा राख्ने चरित्र हो । त्यतिबेलाका हाम्रा अग्रजहरूले भारतलाई विस्तारवादी भने त्यो ठीकै छ तर अबको पुस्तालाई भारतको यथार्थ चरित्रलाई बेलैमा बुझाउन जरुरी छ तर तपाईंले भनेको जस्तो विस्तारवाद भनेको सामन्तवादी चरित्र हो र साम्राज्यवादी भनेको पुँजीवादी चरित्र भने होइन । सम्राटबाट साम्राज्यवाद बनेको हो ।
१५) पुँजीवादी विचारकहरूले माक्र्सवाद वा समाजवादले पुँजीवादसँग प्रतिस्पर्दा गर्न सक्दैन भनेर जिकिर गर्ने गरेका छन्, यसलाई तपाईं के भन्नुहुन्छ ?
त्यो अभिव्यक्ति तत्काललाई पुँजीवादको छायामा परेका हतास मनस्थितिको उपज हो । जो मान्छेहरू ठमेललाई हेर्छन्, न्युरोडलाई हेर्छन् । त्यस्ता मान्छेहरूलाई त्यस्तो लाग्न सक्छ । दरबारमार्गभन्दा दिल्ली राम्रो लाग्छ । त्यस्तो मान्छेहरूलाई त्योभन्दा वासिङ्टन राम्रो लाग्न सक्छ, जसले बाहिरी संसारलाई मात्र हेर्छन्, त्योभित्रको कुरूप जसले बुझ्न सक्दैनन् । त्योभित्र कति असन्तुष्टि छ । बाहिर जति पुँजीवाद सुन्दर लाग्छ त्यसको कैयौँ पैमानामा शोषण हुन्छ । पुँजीवाद जति सुन्दर देखिन्छ । त्यति धेरै संकटग्रस्त छ । हिजो अस्तिको रिपोर्टमा तीन अरब मानिसको सम्पत्ति बराबर ८ जनाको सम्पत्ति रहेको छ । त्यो त धेरै ठूलो संकट हो । जस्तै, नेपालकै उदाहरण लिऊँ, पञ्चायतकालमा मानिस जति सरल ढङ्गले बाँच्न सक्थ्यो, अहिले दलाल पुँजीवाद आएपछि आधुनिकीकरण त भयो तर यसले जनताको जीवनमा चरम संकट ल्याएको छ । लाखौँलाख युवाहरू बेरोजगार छन् । विकृति यति धेरै मौलाएको छ कि मानिसले आफ्नो आत्मा बेच्नुपर्ने भएको छ । अमेरिकाको कुरा गर्ने हो भने पनि अमेरिकाभरि अन्धराष्ट्रवाद हावी भएको छ । यसले के देखाउँछ भने पुँजीवाद कहीँ कतै सफल भएको छैन । युरोपको लडाइँ, मध्यपूर्वको द्वन्द्व यी सबै पुँज्ीवादको संकट हो । समाजवादको त होइन, यी यावत् समस्याको समाधान गर्ने उपाय भनेको वैज्ञानिक समाजवाद नै हो ।
१६) समाजवादी अर्थ व्यवस्थाको आधारभूत पक्ष र पुँजीवादी व्यवस्थाको आधारभूत पक्ष भनेकै पुनरुत्पादन नै हो भने फरक के हो त ?
तपाईंले भन्नुभएको कुरा ठीकै हो तर पुँजीवादको पहिलो सर्त वस्तु उत्पादन र विनिमय हो । यसको अर्को विशेषता अति उत्पादन हो । त्यो उत्पादन नितान्त व्यक्तिको लागि हुन्छ, कुनै संस्थाको लागि हुन्छ । समाजवादी अर्थ व्यवस्थामा उत्पादनलाई वैज्ञानिक तरिकालेवितरण गरिन्छ । यो व्यस्थामा जति उत्पादन हुन्छ, त्यो सबैको साझा हुन्छ । अहिलेकै चीन जो पुँजीवादमा आइसक्यो भन्छन् । मानिसहरूले विश्वकै धेरै उत्पादन गर्ने देश हो चीन । जीडीपीको हिसाबले चीनले अमेरिकाई उछिनिसकेको छ । कारण केहो भने चीनको राज्यसत्ता बलियो छ । उत्पादनलाई वैज्ञानिक तरिकाले जोड्ने भनेकै समाजवादी अर्थ व्यवस्थाले हो ।
१७) तपाईंहरू महाधिवेशन गरेर एकीकृत जनक्रान्तितर्फ अगाडि बढ्ने भन्नुहुन्छ । उता संसद्वादी दलहरू तीनवटा निर्वाचन गराउने भन्दै हिँडेका छन् । यसले गर्दा तनावको स्थिति बढ्ने सम्भावाना कस्तो छ ?
निश्चय नै सम्भावना प्रवल छ । हामीले पहिला नै भन्दै आएका छौँ, दलालहरूले विदेशीहरूको आडमा पुरानै संसदीय व्यवस्था नेपाली जनतामाथि लादिरहेका छन् । त्यसकारणले जनताले आफ्नै नेतृत्वमा सरकार बनाएका छन् । उनीहरूले चुनाव घोषणा गर्नेक्रममा दुईवटा सत्ताको बीचमा प्रतिस्पर्धा हुनेछ र यो निश्चित चरणमा पुगेपछि क्रान्तिमा परिणत हुनेछ । क्रान्ति र प्रतिक्रान्तिकारीको सङ्घर्ष मैदानमा आउने संकेत प्रस्ट देखिएको छ ।
१८) अब प्रसँग बदलौँ, कतिपयले राज्य पहिले भन्दा धेरै बलियो छ तर विद्रोही शक्ति कमजोर छ, त्यसकारण विद्रोहको कुनै गुञ्जायस छैन भन्छन् नि ?
आफैँलाई मात्र हेर्ने मान्छेले त्यस्तो तर्क गर्छन्, जनतालाई, नेपाली समाजलाई हेर्ने, नेपाल देशलाई हेर्ने मान्छेले त्यस्तो कहिले पनि भन्दैन । राजनीतिक गरेको मैले नै हुँ, बलियो म नै हुँ, कमजोर पनि म नै हुँ भनेर मनोगत विश्लेषण गर्ने मान्छेले त्यस्तो भन्छन् । त्यो कुरा सही होइन, क्रान्तिको निर्धारण केही नेता केही कार्यकर्ताले गर्ने होइन । यसको निर्धारण त जनता र राज्यबीचको अन्तर्विरोधले निर्धारण गर्छ । अहिले तपाईं हेर्न सक्नुहुन्छ, कहीँ पनि र कोही पनि जनता सन्तुष्ट छैनन् । राज्य पहिलाभन्दा बलियो होइन, सापेक्षित रूपले कमजोर रहेको छ । दोस्रो कुरा, नेपाली सेना बलियो भन्नुहुन्छ भने नेपाली सेना राजतन्त्रले खडा गरेको सेना हो । यसरी हामी बहुदल हौँ भन्नेहरू र सेनाबीच तालमेल मिलेको छैन । दलालहरूलाई नेपाली सेनाले सजिलै स्वीकार गर्न सक्ने स्थिति छैन अहिले । यता माओवादी र जनताको सम्बन्ध हेर्नुहुन्छ भने जनयुद्धको भन्दा माओवादीको सम्बन्ध घनिष्ठ रहेको छ । जनयुद्धमा त कार्यकर्ताले नेता को को चिन्न नसकिने स्थिति थियो । नेपालमा क्रान्तिकारी शक्ति बलियो हँुदै गएको छ ।
१९) यसको मतलब नेपाली सेना र संसद्वादी दलहरूबीचमा पनि अन्तर्विरोध रहेको छ भन्न खोज्नुभएको हो ?
त्यो अनिवार्य रूपले हुन्छ किनकि नेपाली सेनामा सापेक्षित रूपले राष्ट्रिय भावना छ । त्यस्तो देखिन्छ र हुनुपर्छ पनि जब कि दलालहरूमा राष्ट्रिय भावना हुँदैन । दलालहरूको काम भनेको विदेशीको हितमा काम गर्ने हो । नेपाली सेना भनेको देश बचाउने सेना हो । त्योबीचमा स्वाभाविक रूपमा सेना र दलालहरूको बीचमा अन्तर्विरोध छ । यो कुरा नेपाली सेनाले पनि बेलैमा बुझ्न सक्नुपर्छ र उनीहरूलाई बुझाउनुपर्छ ।
२०) सामान्यतयाः सेना भनेको विद्यमान राज्यसत्ताको अङ्ग हुने गर्छ, त्यसकारण सेना र संसद्वादी दलहरूको बीचमा अन्तर्विरोध छ भन्न मिल्छ ? सेना भनेको सरकारले पारित गरेको सुरक्षा नीति पालना गर्ने सुरक्षा अङ्ग होइन र ?
त्यो हो र होइन पनि । एउटा सामान्य तरिकाले हेर्ने हो भने संसद्वादी परिपाटीबाट त्यो हो तर जब क्रान्तिले ज्वारभाटाको स्थिति सृजना गर्दछ । तब सेना र राज्यबीचको सम्बन्ध भत्किन पुग्छ र सेना आफैँ पनि अगाडि आउँछ । सामान्य अवस्थामा नेपाली सेना यी संसद्वादी दलहरूको मातहतमा रहन्छ तर एउटा विशेष समय आउँछ । जब सरकार र दलहरूको नियन्त्रणभित्र देश रहँदैन, जनता असन्तुष्ट हुन्छन् । त्यतिबेला सेना, जनता र प्रतिक्रियावादी राज्यसत्ताको बीचको सङ्घर्षमा भाग लिन अग्रपङ्क्तिमा आउँछ । जनता विद्रोहमा उत्रिँदा सेनाले नयाँ निर्णय लिनुपर्ने हुन्छ । त्यसकारण नेपाली सेना सधैँ राज्यको मातहतमा मात्र रहन्छ भन्ने हुँदैन । जब राज्य जनताको विरुद्धमा जान्छ, त्यतिबेला सेना विद्रोहीहरूको पक्षमा उभिनुपर्ने हुन्छ ।
२१) नेपाली सेना र राजनीतिक दलहरूबीचको अन्तर्विरोध अलि चर्काे भए पनि सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग राजनीतिक दलहरूको त्यति धेरै अन्तर्विरोध छैन होला नि ?
मैले अघि नै भनेँ कि सामान्य अवस्था र विशिष्ट अवस्थामा सुरक्षा निकायहरूबीच एउटै प्रकारको सम्बन्ध रहिरहन सक्दैन, विशिष्ट परिस्थतिमा सुरक्षा निकायहरूबीचमा पनि ध्रुवीकरण अवस्था सृजना हुन सक्छ ।
२२) नेकपा (माओवादी) को महाधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूले नजिकबाट नियालिरहेका छन् । केही दिनअघि गृहमन्त्री निधिले मन्त्री परिषद्को बैठकमा नेकपा (माओवादी) को गतिविधिलाई नजिकबाट नियालिरहेको बताएको थिए । हँुदाहुँदै नेतृत्वलाई समेत पक्राउ गर्ने प्रस्तावसमेत गरेका थिए । यसलाई कसरी लिनुभएको छ ?
पराजित मनस्थितिको मासिकताको उपजहो । राज्य कति ठूलो संकटमा छ भने उनीहरू छलफल, सहमतिमा यहाँको राजनीतिक दलहरू, प्रतिनिधिहरू आपसी हल गर्नेतिर भन्दा पनि हावा बगेको तालमा तर्कहरू गर्ने गरिएको छ । हाम्रो पार्टीलाई गरिएको विश्लेषण पनि त्यही नै हो । यो राज्यमा बसेका राजनीतिक दलहरूको मनोबल जनताको प्रतिनिधित्व गर्ने दलहरूसँग छैन । अर्को कुरा राज्यले क्रान्तिकारी शक्ति रजनताबीचको सम्बन्ध भाँड्न खोजेको छ । जब हाम्रो पार्टी जनताको बीचमका लोकप्रिय हुँदै जान्छ, तब मनोवैज्ञानिक रूपमा कमजोर त्रसित बनाउने खेल खेलेका छन् । अर्काे कुरा यिनीहरूले गर्ने पनि हुन्, त्यो कुरामा हामी दुविधामा हुनुहुन्न । प्रतिक्रियावादीहरूको चरित्र नै दमन हो । दमन गर्दैनन् भनेर भन्न सकिँदैन । हामीले भनेका कुरा हाम्रो मात्रै होइनन् । कुनै एक दुई नेताको कुरा पनि होइन, हामीले भनेका जनतन्त्र जनजीविका, राष्ट्रियता नेपाली जनताकै कुरा हुन् । जसरी जनताको कुराहरूलाई हामीले अगाडि बडाउँदा विमलेन्द्र निधिले दमन गर्नकै लागि क्याबिनेटमा प्रस्ताव गरे हामीले भनेका छौँ, त्यसको कडा प्रतिरोध गर्नुपर्छ ।
२३) कतिपयले नेकपा (माओवादी) तत्कालै हतियार उठाउँदैछ भन्छन्, के तपाईंको पार्टीले तत्कालै हतियार उठाउन लागेको हो ?
जसरी हाम्रो पार्टी जनताको बीचमाजाँदैछ, त्यो रोक्नको लागि कतिपयले दुस्प्रचार गरे । कतिपयले यो पार्टी बन्दैन, एक दुई जनाको महत्वकांक्षाले बनाएको पार्टी हो । यो छिट्टै विलाएर जान्छ भनेर प्रचारवाजी गरे उनीहरूले प्रचार गरेको ठीक उल्टो यो पार्टी आज शक्तिशाली पार्टी बन्दै गएको छ । यो हाम्रो कारणले होइन, जनता र युवाहरूको कारणले गर्दा भएको हो । अर्कोथरीले तुरुन्तै बन्दुक उठाउँछ भनेर हल्ला पिटे, यी दुईवटै कुराहरू गलत छन् । यो बन्दुक उठाउने कुरा परि स्थितिले गर्दा उत्पन्न हुने कुरा हो । ट्रम्पले बन्दुक उठाउने कुरा गर्छन् । मोदीले बन्दुक उठाइरा’छन् । सी जिङ पिङले साउथ चाइना सीमा कृत्रिम टापु बनाउँदैछ भने हामी त यो राज्यलाई बदल्ने भनेर हिँडेको पार्टी हो । हामीले बन्दुकको कुरा गर्नु के गलत छ ? त्यसकारण हामीलाई जनताबाट कटाउने खेल जुन प्रतिक्रियावादी सत्ताले खोजेको त्यसलाई जनताको बीचमा लगेर जानुपर्छ । यदि बन्दुक उठाउनैप¥यो भने हामी जनाताको बीचमा गएर मात्र उठाउँछौँ ।
२४) तपाईंले पहिला सत्ता साझेदारीको कुरा गर्नुहुन्थ्यो र सँगै सत्ता साझेदारीको सहमति एमाले, काङ्ग्रेसले लागू गरेनन् भने एक रात पनि एमाले, काङ्ग्रेसका नेताहरूलाई सुत्न नदिने भन्नुहुथ्यो नि ?
यो मैले भनेकै कुरा हो । प्रचण्डहरूसँगै हुँदा भनेको थिएँ । प्रचण्ड–बाबुराम आत्मसमर्पण तिर जान थालेपछि त्यसमा जानैपर्दैन, हामी हारेर आएका होइनाँै । कसैको दया–माया पाएर आएका पनि होइनाँै । कसैको पाउ मोलेर आएका पनि होइनौँ । जनताको तागतमा लडेर जितेर आएका हौँ । त्यो शक्तिले नेपालको राज्यमा कति सत्ता साझेदारी पाउनुपर्छ । कसैको सत्तामा हामी जान पर्दैन । हामी आफ्नै सत्ता चलाउने हो भन्ने दृष्टिकोण राखेको थिएँ मैले । जुन कुरा माओले च्याङ काई सेकसँगको छुङ्किङ वार्ता गरेका थिए । मैले त्यही भनेको थिएँ । उनीहरूले सत्ता साझेदारी मानेनन्, बरु उल्टो हाम्रो जनमुक्ति सेना खाइदिए । जनसत्ता खाए र जनअदालतहरू भङ् गर्न लगाए । त्यो कुरा षड्यन्त्रपूर्ण थियो । जहाँसम्म प्रतिस्पर्धा गर्ने कुरा छ । त्यो सही हो अझै पनि भन्छु, तिमीहरू चयन साथ सुत्न पाउनेछैनौ । जसरी हाम्रो सेना खोस्यौ ।
२५) एमाले, काङ्ग्रेसले माओवादीले खारा युद्ध हारेपछि संसद्वादी दलहरूसँग सहकार्य गर्न आएको हो भन्ने गरेका छन् । के त्यो साँचो हो ?
उनीहरूले भनेको कुरा साँचो हो । यदि हामीले ठाउँ बनाउने हो भने उनीहरूले भनिहाल्छन् । प्रचण्ड–बाबुरामहरूले उनीहरूलाई भन्ने ठाउँ राखिदिएकाले उनीहरूलाई भन्ने गरेका छन् तर हाम्रो अगाडि भन्न सक्दैनन् । त्यो गलत कुरा पनि हो । त्यसको प्रतिरोध गर्नुपर्छ । हामीले खारामा युद्ध हार्दा हामीसँग तीन डिभिजन सेना मात्र थियो तर त्यसपछि त हामीले म्याग्दी जितेका छौँ । काठमाडौँमा हमला गरेको बेलासम्म हामीले सात डिभिजनसम्म सेना तयार पारिसकेका हामीले खारामा युद्ध हार्दा हामीसँग तीन डिभिजन सेना मात्र थियो तर त्यसपछि त हामीले म्याग्दी जितेका छौँ । काठमाडौँमा हमला गरेको बेलासम्म हामीले सात डिभिजनसम्म सेना तयार पारिसकेका थियौँ । थियौँ । एमाले–काङ्ग्रेसले भनेको कुरा सब गलत कुरा हो, बरु मलाई माक्र्सले भनेको कुरा याद आयो, लड्ने दुईवटै शक्तिले हारेर बीचको दलाल हावी भए । राजाको सेनाले पनि हारेको जस्तो र हामीले पनि हारेको जस्तो भएर बीचमा नलडेको भतुवा विदेशी शक्तिको तलुवा चाटेर हावी हुन आइपुगेको जस्तो भएको छ । यसको जवाफ त हामीले दिनैपर्छ ।
२५) अगामी महाधिवेशनमा तपाईंहरूले कस्तो नीति अगाडि सार्दै हुनुहुन्छ ? तपाईंहरूले स्पष्ट नीति अगाडि सार्न सक्नुभएन, अलमलमा पर्नुभयो भन्नेहरू थुपै्रछन्, यसलाई तपाईं के भन्नुहुन्छ ?
बीचमा जुन निराशता देखियो, यसको कारण बाबुराम–प्रचण्डले दिएको धोकाधडी हो । अब निराश हुने समय गइसक्यो । आफ्नो आदर्शमा हिँड्न सक्ने पार्टी नेकपा (माओवादी) मात्र हो । अब महाधिवेशनपछि हाम्रो पार्टी भौतिक शक्तिमा परिवर्तनको रूप लिनेछ । जहाँसम्म हामीहरू अलमलमा परेको भन्ने छ, जुन सरासर गलत हो । यो कुरा बुझेरै उल्टो प्रचार गर्ने गरिएको छ । यो कुरा भ्रष्ट माओवादीहरूले पनि बुझेको छन् । भारतले पनि नबुझेको होइन । अहिले हाम्रो महाधिवेशनमा एकलाख कार्यकर्ता उत्साहका साथ सहभागी हुँदैछन् ।
२६) आउँदो महाधिवेशनमा पार्टीको नाम फेर्ने प्रस्ताव गर्नुभएको छ । किन ?
यसलाई हामीले चारवटा तर्कहरू गरेका छौँ । कम्युनिस्ट पार्टी भनेको कम्युनिस्टहरूकै पार्टी हो । यसमा माक्र्स, लेनिन र माओ सबैको ओर्जिनालिटी पार्टी भनेकै कम्युनिस्ट पार्टी हो । दोस्रो कुरा, पछिल्लो चरणमा अरू विभिन्न नाममा पार्टीहरू बनेपछि माओवादले जनयुद्धमा राम्रै सहयोग पुगेको हो । हामीले के भनेको हो भने सबै जनतालाई र सबै म्युनिस्टहरूलाई एकै ठाउँमा आउने ढोका खोलिदिनुपर्छ । तेस्रो कुरा, पछिल्लो समयमा माओवादी जसरी भ्रष्टीकरण गरियो र दुश्मनहरूले जसरी जानाजान माओवादको दुरूपयोग गराइयो, त्यसबाट हामी मुक्त हुनपर्छ भनेका छन् । आजको नेपालमा जसरी धु्रवीकरणको विशाल सम्भावना छ । विभिन्न नाम गरेर कम्युनिस्ट पार्टीहरू विभाजित छन् । ती सबैलाई एक ठाउँमा ल्याउनको लागि कम्युनिस्ट पार्टीको आवश्यकता देखापरेको छ ।
२७) जनगणतान्त्रिक सम्पर्क मञ्चको महत्व के हो ? किन यसलाई पुनः ब्युँताउनुभयो ?
जनगणतान्त्रिक सम्पर्क मञ्च भनेको महत्वपूर्ण सङ्गठन हो । यसको उद्देश्य भनेको ७२ जिल्लाबाट काठमाडौँ आएर बस्नेहरूलाई एकवद्धता वा सङ्गठित गरेर अगाडि बढाएर लैजान यसले महत्वपूर्ण भूमिका खेलेको छ । त्यो संख्या ठूलो रहेको छ । यति त्यो संख्या छुट्न गयो भने ती जनता राजनीतिबाट विमुख हुनेछन् । यो सङ्गठनको रणनीतिक महत्व छ ।
२८) अन्तिममा तपाईंले नेपाली जनतालाई के भन्न चाहनुहुन्छ ?
जतिसुकै अप्ठेरो परिस्थिति भए पनि नेपाली जनता निराश हुनुहँुदैन । कार्यकर्तालाई पनि त्यही कुरा आग्रह गर्न चाहन्छु । देशलाई अगाडि बढाउन जनता र कार्यकर्ताहरूलाई सहकार्य गरेर जानुपर्छ । देशको परिवर्तन गर्न सबैको सहयोग गर्नुपर्दछ ।