बन्दुक समाउने हातहरु : नकुल चौलागाँइ

कमै उमेर भएपनि साहित्यमा रुचि राख्ने र निक्कै नै सम्भावना बोकेका लेखक नकुल चौलागाँइ बिषेश  गरी क्रान्तिकारी लेखनमा कलम चलाउनु हुन्छ । स्थाई घर काभ्रे कोसी पारी गोठपानी ८ सुन्दर गाउँ सुगुरे भई हाल काभ्रे काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चको सचिव हुनुहुन्छ ।

यथास्थितिमा रहने छैन बन्दुक समाउने हातहरु ।
आफ्नै ज्यानको बलि दिन्छौ देशले रगत माग्दा बरु ।।
जति कारगारमा राखेपनी जन्जिर तोडि अघि बढ्छौ ।
भ्रष्ट तस्करीहरुको विरुद्धमा न्याय खोज्दै अघि लड्छौ ।।

कमजोरहरु घुँडा टेक्छन अनि घात गर्छन् दलाल, भ्रष्टहरु ।
धेरै मरे असल क्रान्तिकारी भ्रष्ट जन्मे हजारौं हजारहरु ।।
एक चोटि बिचार गरेर हेर सहिदको त्याग भएकोछ यहि माटोमा ।
हिड्ने साहास गर्छौ जनवादी क्रान्तिले देखाएको बाटोमा ।।

हेर अब थकित शरीर सबै जागरुक भै उठिसके ।
सात समुन्द्र पारिबाट क्रान्तिको मुस्लो भइ जुटि सके ।।
खबरदारी गर्ने बेला आएको छ सामन्ती र दलालहरुलाई ।
देशलाई डुबाइ छाड्ने छैनौ मरे जीउँदै गाडछौ बरु ।

दलाल विरुद्ध बाल्नु पर्ने भयो क्रान्तिको मुस्लो फेरी फेरी ।
शाषक दलालहरुले देश बेचेको कहाँ बस्न सक्छौ हेरी ।।
अन्याय र अत्याचारले सिमा नाग्दा खेरी ।
बस्ने छैनन् देश भक्ति दुखी अनि दुरदर्शालाई हेरी ।।

कुना कन्दरा बाट अब सामन्ती शाषन सत्ता ढलाउने छौ ।
देशद्रोही र राष्ट्रघातीहरुलाइ चितामा हाली जलाउने छौ ।।
आउछौ नेपाल आमा छिटै देशको मुहार फेर्नलाइ ।
देखाइ देउ नेपाली आमा एकचोटी नेपाल हाँसेको हेर्न लाइ ।।

यथास्थितिमा रहने छैन बन्दुक समाउने हातहरु ।
आफ्नै ज्यानको बलि दिन्छौ देशले रगत माग्दा बरु ।।