चीनको खतरनाख मिसायल जसले अमेरिकी थाडलाई सजिलै छल्न सक्छ : करन सिह बडाल

करन सिह बडाल

बिशेष गरेर ट्रम्पको अमेरिकी राजनीतिमा उदय पछि अहिले विश्व राजनीति एसिया केन्द्रीत भएको छ ।  कारण हो उनले हालसालै दक्षिण कोरियामा बिबादास्पद अत्याधुनिक मिसायल प्रतिरक्षा प्रणाली जडान गर्नु ।

तर उनको थाडले यदि अमेरिका चीन युद्ध भयो भने पनि अमेरिकालाई चिनिया मिसायलबाट बचाउन भने सक्ने छैन । चीन संग यस्तो खतरनाख हतियार छ जसले अमेरिकी थाडलाई दोस्रो विश्व युद्धयता बिकास गरिएका अत्याधुनिक राडरहरुलाई सहजै छल्न सक्छ ।

दास्रो विश्व युद्धयता अमेरिका चीन प्रतक्ष्य युद्ध लडेको इतिहास त छैन तर अप्रतक्ष्य युद्ध भने थुप्रै ठाँउमा लडेका छन् । कोरिया युद्धमा अमेरिकाले हार्यो र सन् १९७५ को युद्धमा चीनले अमेरिकालाई त धुलो नै चटायो चीनले । सन् १९४४ मा आणविक शक्ति सम्पन्न राष्ट्र बनेको अमेरिका आफुभन्दा करिब २५ वर्ष पछि आणबिक शक्तिका रुपमा उदाएको चीनको उदाउँदो सामथ्र्यबाट सधै त्रसित रहने गरको छ ।

महान बहस चलिरहेको बेला चीनले सन् १९६७ मा हाइड्रोजन बम सफल परिक्षण गरेदेखि नै अमेरिका चीनको प्रत्येक कदमहरुले आतङ्कित रहदै आएको छ । चीनको खतरनाख मिसायल जसको नाम सुन्नै बितिक्कै अमेरिकी थिङ्क ट्याङ्कको होश उड्ने गर्दछ ।

WU– 14   Hypersonic weapon
यो हतियारको नाम सुन्ने वितिक्कै अमेरिकी रक्षा बिशेषज्ञहरु काप्न थाल्छन् । यो हतियार कति खतरनाख छ भने दोस्रो विश्व युद्धयता बिकास गरिएका अत्याधुनिक राडरहरुलाई सहजै छल्न सक्छ । समान्यतया अमेरिकी राडरहरुले भारत, पाकिस्तान, फ्रान्स, वेलायतका क्षेप्यास्त्र सजिलै नियन्त्रण गर्न सक्छ । विश्वकै अत्याधुनिक राडर थाड terminal high altuide area defence system  हो । terminal high altuide area defence system ले चिनिया मिसायल नियन्त्रण गर्न नसक्ने भएपछि अमेरिकी रक्षा बिषेशज्ञहरु रातभरि निदाउदैनन् ।

WU– 14   Hypersonic weapon यसको तीब्रता हावाको गतिभन्दा करिब १२ गुणा बढि छ । अर्थात १२३७३ किलोमिटर प्रति घण्टा उड्ने गर्दछ ।यो हतियारले विश्वकै जुनसुक्कै ठाउँमा सजिलै हमला गर्ने क्षमता राख्ने गर्दछ । यो मिसायलको कथकतझ थाहा पाउन अमेरिकी गुप्तचर संस्थाले ठूलो लगानी गरिरहको भएतापनि अहिलेसम्म पत्ता लगाउन नसकेको भारतीय सञ्चार माध्यमहरुको दावी छ ।