४ ओटा एके ४७ र ६ ओटा इन्सास कब्जाको तरङ्ग दिल्ली पुग्यो

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले मार्च ११ तारिखमा गरेको ऐतिहासिक सफल सुक्मा एम्बुसको बारेमा वक्तव्य जारी गरेको छ ।  माओवादीले बक्तब्यमा पिपुल्स लिबरेसन गुरिल्ला आर्मी (पिएलजिए) का छापानमार योद्धाहरूको प्रशंसा गरेको छ । 

पार्टीको ‘दक्षिण बस्तर डिभिजन कमिटी’ द्वारा जारी गरिएको वक्तव्यमा छापामारहरुले ४ ओटा एके–४७, ६ ओटा इन्सास, एउटा लाइट मेसिन गन (एलएमजी) एउटा ग्रिनेड लन्चर(यूबीजीएल), दुइटा वायरलेस सेटर ११३० भन्दा बढी बुलेट कार्तुस कब्जा गरिएको पनि जानकारी गराएको छ । सरकारी पक्षबाट गाउँमा गएर आदिवासी जनतालाई बलात्कार र हत्या गरिएको घटनाको माओवादीले निन्दा गरेको छ ।

यो घटना पछि सरकार भने “माओवादीले अहिलेसम्म प्रयोग नगरेको नयाँ प्रविधि” प्रयोग गरेको भनेर आतङ्कित भएको छ । सरकारी पक्षले माओवादीद्वारा गरिएको आक्रमणलाई रेम्बो शैली अर्थात् बिजुली चम्के प्रयोग भनेको छ । स्मरण रहोस् भारतीय कम्युनिस्ट पार्टी माओवादीको एम्बुसमा पारेर १२ जना शुरक्षा फौजको ज्यान गएको थियो ।

                                                                                                                                                           जनमेलबाट