नेपाल कम्युनिस्ट पार्टीको नाममा जबरजस्ती चन्दा उठाउँदै एमाले

काठमाडौँ: चैत ९, नेपाल कम्युनिस्ट पार्टीको नाममा जबरजस्ती चन्दा उठाउँदै गरेका नेकपा एमाले पार्टी निकट अनेरास्ववियुका केन्द्रीय सदस्य सन्तोष तिमिल्सिना र अर्का केन्द्रीय सदस्य तिलक खड्का रङ्गे हात समातिएका छन् ।

उनीहरुलाई काठमाडौं जिल्ला नापी कार्यलयबाट नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियु क्रान्तिका बिद्यार्थी नेताहरुले रङ्गे हात समातेका छन् । सन्तोष तिमिल्सिना र तिलक खड्काले नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता भएको भन्दै चन्दा असुल्दै आएका थिए ।

उनीहरुले कर्मचारीलाई चन्दा नदिए मार्ने सम्मको धम्की दिदै आएका थिए । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले उनीहरुलाई पैशा असुल गरिरहेको आवस्थाामा समातेर प्रहरी कार्यलय बुझाएका छन् ।