भारत बन्द गर्दै माओवादी

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले यही मार्च २९ तारिखमा भारत बन्द गर्ने भएको छ । दिल्ली विश्वविद्यालयका प्राध्यापक जिएन साइबाबा सहिद अन्य ५ जनालाई महाराष्ट्रको गाडचिरोली अदालतले आजीवन कारावासको सजाय दिएको विषयको बिरोध गर्न सो कार्यक्रम गर्न लागेको भातीय सञ्चार माध्यमले बताएका छन् ।

भाकपा (माओवादी)ले हालै प्रेसविज्ञप्ति जारी गरेर मार्च २३ देखि २९ सम्म भगतसिंह, सुखदेव र राजगुरुको स्मृति दिवस मनाउने निर्णय गरेको गरेको कुरा जनाइएको छ । अहिले महाराष्ट्रका विभिन्न स्थानमा व्यापक रूपमा भारतबन्द किन भनेर पोस्टरहरू तथा ब्यानरहरू टाँसिएका र टाङ्गिएको बताईएको छ ।

ब्यानरमा आदिवासी जनताको सम्पतिमाथि देशी (विदेशी कर्पोरेट घरानाको दोहन बन्द गर, हिन्दु फासीवादको विरोध गरौं, संगठित होओं र प्रतिरोध गरौं, अप्रेसन ग्रिनहन्टका विरुद्ध जनयुद्ध तीब्र पारौं लेखिएको छ । पछिल्ला दिनमा भारतीय माओवादीहले पछिल्लो समय कारवाहीलाई तीब्र पारेको छ ।