फिलिपिन्समा माओवादीद्धारा सात जना सरकारी सुरक्षा फौजको सफाया

काठमाडौँ: चैत १०, फिलिपिन्समा न्यु पिपुल्स आर्मिले ७ जना फिलोपिनो सामुद्रिक सेनाको सफाया गरेको छ । उक्त रेडमा परी करिब दुई दर्जन बढी सरकारी सेना घाइते भएको बताईएको छ ।

सरकारी सेनाले शान्तिवार्ताका क्रममा शान्ति भाड्ने प्रयत्न गरेपछि माओवादी सेनाहरुले मार्च २१ मा आक्रमक कार्वाही गरेका थिए ।

फिलिपिन्समा माओवादीले लामो समयदेखी दिर्घकालीन जनयुद्ध गर्दै आएको छ । पछिल्लो समय भारतीय कम्युनिस्ट पार्टीको सक्रियता बढे सङ्गै फिलिपिन्समा पनि माओवादीले सक्रियता बढाएको छ ।

न्यु पिपुल्स आर्मीको साउथ मिनडानोको भ्यालेटीन पालामिन रिजनल अपरेशन कमाण्डका प्रवक्ता का डेनसिओ माडरिगलले प्रेस विज्ञेप्ती जारी गर्दै यस्तो बताएका छन् ।