चर्चित जनवादी कवि भोला बरालको माके परित्याग गर्ने निर्णय

काठमाडौँः चैत १४, नेपाली क्रान्तिको पक्षमा निरन्तर लढ्दै आएका जनवादी कवि तथा सिन्धुली जिल्लामा स्थापित माओवादी केन्द्रका नेता भोला बरालले सो पार्टी परित्याग गर्ने निर्णय गरेका छन् ।

प्रचण्ड र माओवादी केन्द्र भारतीय साम्राज्यवादको पिछलग्गुमा भएको कारणले आफुले सो पार्टीलाई परित्याग गर्न लागेको उनले जनगणतान्त्रिक अभियान संवाददातालाई बताएका छन् ।

तपाईले किन माओवादी केन्द्र छ परित्याग गर्न लाग्नु भएको भन्ने प्रश्नको जबाफ दिदै उहाँ भन्नुहुन्छ ‘देश पोली खरानीको ब्यापार गर्नेहरु, झुक्याइ जनतालाई लुट्न बाँकी छ रे अरु’ ।

त्यस्तै उनी साह्रै चित्त दुखाएर भन्छन् ‘विदेशीको इसारामा ताण्डप नृत्य गरिरहे छन्, देश मालिक जनता तड्पिएर बाँचिरहेछन्’ । देशको दुर्दशा देख्दा छाति चिरिन्छ चर्चरी, दाजु भाई म¥या सम्झी आँशु झर्छ बर्बरी’ ।

 त्यस्तै उहाँ अर्काे पङ्ति थप्नुहुन्छ ‘लोभि पापीहरुलाई माया छैन स्वदेशको, सत्ताको कुर्सिमा बस्न पाउ मोल्छन् विदेशीको’ । माओवादी केन्द्रमा कलिउड कलाकार रेखा थापा देखि जनकवि भोला बरालले माकेको कार्य शैली प्रति असन्तुष्ट भएरै सो पार्टी परित्याग गरेका छन् ।