धरपकडमा उत्रियो सरकार भक्तपुरमा २ जना पक्राउ

काठमाडौँ: चैत १५, स्थानिय निर्वाचनको मिति निजिकिदै गएपछि सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि धरपकड सुरु गरेको छ ।

त्यस्तै आज भक्तपुर जिल्लाका सदस्य बिबेक र अभिषेकलाई पोष्टर टाँस्ने क्रममा प्रहरीले पक्राउ गरेको छ । स्थानिय चुनावलाई नेपाल कम्युनिस्ट पार्टीले खारेज गर्ने बताउँदै आएको छ ।

स्थानिय चुनावले नेपाली जनतालाई अन्धकार तर्फ धकेल्ने सो पार्टीका नेताहरुले बताउँदै आएका छन् । चुनावमा जाने संसदवादी दलहरु भन्दा पहिला नै नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी रुपमा चुनाव खारेजी अभियानलाई तीब्रता दिएको छ ।