प्रचण्डका शुरक्षा गार्ड तथा कम्पनी भिसि सहित आधा दर्जन नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश

काठमाडौं: चैत १७, पूर्वजनमुक्ति सेनाका कमाण्डर तथा गोर्खा याक्सन मार्सल आर्टका अन्तर्राष्ट्रिय महासचिव सोम राई ‘सुदर्शन’ सहित आधा दर्जन खेलाडी तथा नेताहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

नेता राईले मात्रिका यादव नेतृत्वको माओवादी पूर्वी कमाण्डको ईन्चार्ज थिए । बुधबार सुदर्शनसहित इन्द्र तामाङ, प्रसिद्ध तामाङ, सैजाद खान, ताज आलम र पूर्ण गुरुङले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ ‘कमरेड विप्लवले नेतृत्वगरेको नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने आजको उत्तम विकल्प रहेको निष्कर्ष सहित हामी आजको मितिबाटै नेपाल कम्युनिस्ट पार्टीमा ध्रुबिकृत भएका छौँ’।

सुदर्शन जनयुद्धको समयमा प्रचण्डको सुरक्षा गार्ड थिए । शान्ति प्रक्रियापछि पनि सुदर्शन प्रचण्डको सुरक्षा गार्ड रहेका थिए । प्रचण्डमा बिचलन आएसङ्गै मात्रिका यादवले नेतृत्वको माओवादीमा प्रबेश गरेर पूर्वी नेपालको कमाण्ड समाल्दै आएका थिए ।