प्रचण्डको महाधिवेशनमा सहभागीका हातहातमा रक्सीका बोतल हुन्थे, थबाङमा सहभागीका हातहातमा पुस्तक देखिन्थे

गोपाल किराँती नामका जोकरले ‘ज्ञानेन्द्र पनि ठकुरी, विप्लव पनि ठकुरी, यिनीहरू मिल्छन्’ भनेर भ्रमित गर्न खोजेका छन् ।

अनिल शर्मा (विरही) नेकपा (माओवादी) पोलिट व्यूरो सदस्य तथा प्रकाशन विभाग ईन्चार्ज

तत्कालीन नेकपा (माओवादी) को थबाङ आठौँ महाधिवेशन चिन्तन र संस्कृति दुवै दृष्टिले भिन्न प्रकारको देखिन्छ । साम्राज्यवादले बन्दुक र आतङ्कको आडमा सत्ता टिकाइरहेको कसैबाट लुकेको छैन । तर उसले बाइबल र शान्तिको नारा लगाउने गर्छ । उसले सारा सम्पत्ति र प्रविधि सेनामा खन्याउने गरेको छ । पुँजीवादले प्रविधिको विकास मानव आवश्यकताका लागि नभएर फौजलाई बलियो बनाउने क्रममा गरेको छ ।

चालु प्रविधिभन्दा अब्बल प्रविधिको विकास भएपछि पछाडि परेको प्रविधि बजारमा पठाएर नाफा कुम्ल्याउने गर्दछ । थबाङ महाधिवेशनमा क्रान्तिमा बल प्रयोगको सिद्धान्त र महत्वलाई नेकपाले त्यसरी जमिनी मूल्याङ्कन गरेको छ । माओवादीले उत्तरसाम्राज्यवाद पदावली प्रयोग गर्नासाथ धेरैले आश्चर्य प्रकट गरेका थिए । तर उसले ‘पुँजीवादको चरित्र र नेपालमा त्यसको प्रवेश नबुझी क्रान्ति सम्भव नहुने’ बताएको छ । कुनै बेला विश्वमा सुनका मुद्रा चल्थे । कागजले सुनलाई विस्थापित ग¥यो । आज त कागजलाई अङ्क (विद्युतीय अङ्क) ले विस्थापित गरेको छ । त्यसकारण बैङ्क र त्यसका मालिकले फौज उठाएर हमला र लुटपाट नगरी एउटा कोठामा बसेर सजिलै कसैको सम्पत्ति नियन्त्रण वा कब्जा गर्न सक्छन् । त्यसैले पुँजीवादको त्यसप्रकारको नयाँ चरित्र नबुझीकन त्यसका विरुद्ध लड्न र जित्न सम्भव छैन ।

जनयुद्धको माओवादी धारा विभिन्न समूहमा विभाजित भएको छ । बाबुराम भट्टराई जनयुद्ध नै बेठीक थियो भन्न थालेका छन् । कृष्णबहादुर महराहरू क्रान्तिको कुरा गर्नुलाई दुस्साहस भन्दैछन् । तर नेकपाका नेताहरू भने दायाँबायाँ सोच्ने नेताहरूलाई सम्झाउने, तान्ने, आलोचना गर्ने, सङ्घर्ष गर्ने र आवश्यक परेमा विद्रोह गर्ने तयारीमा छन् । भन्ने कुरा बुझ्नुपर्छ । देशमा श्रमजीवीहरूमाथि शोषण र विदेशीको हस्तक्षेप रहेसम्म क्रान्ति जारी रहने दृढ सोचाइ नेकपामा छ । ज्ञानका नयाँनयाँ ढोकाहरू खुलेका छन् । कुनै बेला सौर्यमण्डलका विषयमा अध्यात्मवादी ढङ्गले सोचिन्थ्यो । भौतिकवादीहरूले पृथ्वी चेप्टो भनेका थिए । त्यसको खण्डन गर्दै गोलो छ भनियो र अहिले गोलाकार मानिन्छ । पछिल्लो विज्ञानले अघिल्लो विज्ञानको खण्डन ग¥यो । तर आज हकिन्सले पूर्ववर्ती सबै विज्ञानको कडी जोडेर हेर्दा मात्र सही हुन्छ भनेका छन् । पृथ्वी चेप्टो छ । भन्ने कुरा गलत हो तर अध्यात्मवादी दृष्किोणभन्दा त्यो सोचाइ भौतिकवादी भएकाले विज्ञानमा गुणात्मक फड्को थियो । त्यसैले आजको भौतिकवादको प्रगतिमा पृथ्वी चेप्टो ठान्ने विज्ञानको योगदान रहेको थियो भन्ने सोचाइमा हकिन्स पुगेका छन् । त्यसैले भौतिक विज्ञानमा ‘एकीकृत भौतिकी सिद्धान्त’ को विकास भएको छ ।

तसर्थ समाज विज्ञानमा पनि एकीकृत जनक्रान्तिको आविष्कार गर्नुपर्छ भन्ने प्रेरणा माओवादी नेताहरूमा पैदा भएको हो । थबाङ महाधिवेशनले त्यसलाई मूर्तीकरण गरेको छ । चीनमा सी जिन पिङको नेतृत्वमा भ्रष्टाचारविरोधी अभियान चलिरहेको छ । चिनमा आज ‘चार जनाको गुट’ बेठिक थियो तर माओ र सांस्कृतिक क्रान्ति ठिक हो भन्ने बहस बढ्दै गएको छ । त्यो बहसमा राष्ट्रपतिको नरमीपन जिम्मेवार ठानिन्छ । सि जिन पिङले लम्बे अभियानमा सहभागी भएका जनसेनाका जिवित योद्धाहरुलाई भेला गरेर सलामी दिएको घटनालाई पनि त्यसैसँग जोडेर हेरिएको छ । त्यसलाई चिनियाँ राष्ट्रपतिले आजको सांस्कृतिक क्रान्ति भनेका छन् । चीनमा भ्रष्टाचारविरोधी अभियानलाई ‘एन्ट्री टाइगर मुभमेन्ट’ भनिएको छ । जसमा सांस्कृतिक क्रान्तिमा जसरी नै ठूला पोस्टर टाँस्न थालिएको छ । माओको आलोचना गर्ने एकजना प्रोफेसरका विरुद्ध जनता सडकमा उत्रिएपछि ती प्रोफेसरलाई सरकारी सेवाबाट निष्कासन गरिएको छ । घटनाक्रमहरूको विकासलाई माओवादीले नजिकबाट नियालिरहेको छ । राजनीतिमा सर्वहारावर्गको सत्ता र अर्थनीतिमा समृद्ध जीवन उसको लक्ष्य हो ।

आज साम्राज्यवादी भूमण्डलीकरणसँगै विश्वव्यापी क्रान्ति सम्भव र अनुकूल बन्दै गएको थबाङ महाधिवेशनको निष्कर्ष छ । विचारधारात्मक सङ्घर्ष र राजनीतिक सङ्घर्षको शैली र दुस्मनका विरुद्ध गरिने सङ्घर्ष घालमेल हुने गरेको र त्यसले मित्रशक्तिहरूबीच विभाजन ल्याएको थबाङ संश्लेषण मननीय छ । विचारधारात्मक सङ्घर्ष संयमित गर्नुपर्ने र राजनीतिक
सङ्घर्ष गर्दा कूटनीतिक सन्तुलनअनुसार लचिलोपना हुनुपर्ने निष्कर्ष छ । त्यसैले थबाङले चीन, क्युबा र जनवादी गणतन्त्र कोरियामा ‘आफ्नै खालको समाजवाद’ भन्ने बहुअर्थी पदावली प्रयोग गरेको छ भने रसियाप्रति नरमीपन प्रकट गरेको छ । त्यस विषयमा पनि बहसहरू आउनेछन् । यद्यपि माओवादी मित्रशक्तिबाट आउने बहसहरूलाई स्वागत गर्ने पक्षमा छ । कम्युनिस्ट आन्दोलनमा फरक मतबाट आवेगमा आएर दुस्मनलाई भन्दा बढी बमवर्षा गर्ने चलन छ । आरसीपीले गोन्जालोलाई र गोन्जालोले आरसिपीलाई त्यसै गरेका थिए । माओवादीले गोन्जालोको सार्वजनिकीकरणको आवाज उठाएको छ भने बब अभाकियनको कथित न्यु सेन्थेसिसका विषयमा बहस गर्न सकिने बताउँदा बताउँदै माओवादप्रति भने दृढ समर्थन गरेको छ । विचारमा स्पष्टता र राजनीतिमा सन्तुलन दस्ताबेजको विशेषता भन्न सकिन्छ । स्टालिनको परम्परागत माओवादी मूल्याङ्कनमा ठूलो परिवर्तन थबाङ महाधिवेशनको अर्को मौलिक विशेषता हो । दक्षिणपन्थी रुसी नेताहरू कामेनेव, जिनोनेवको विचारबाट क्रुप्सकाया प्रभावित भएको र त्यसबाट जीवनको उत्तराद्र्धमा लेनिन प्रभावित हुनुभएको थियो । त्यसकारण लेनिनले केन्द्रीय समितिलाई स्टालिनको विकल्प खोज्न पत्राचार गर्नुभयो । उक्त चिठी सार्वजनिक भएको भए जनमत स्टालिनको विपक्षमा उसबेलै जानसक्थ्यो ।

स्टालिनले उक्त चिठी सार्वजनिक गर्नुभएन र लेनिनलाई पत्राचार गर्दै ‘लेनिन, तपाईं महान् हुनुहुन्छ तर तपाईंको यो प्रस्तावमा छलफल गर्नुपर्छ’ भन्नुभयो । लेनिनको कमजोर स्वास्थ्यलाई दुरुपयोग गरियो भन्ने स्टालिनको आरोप थियो । (प्रतीक्षा गर्नुहोस्–आगामी अङ्कमा हामी लेनिनको उक्त चर्चित पत्र प्रकाशित गर्नेछौँ ।) माओले स्टालिनको ठूलो प्रतिरक्षा गर्नुभए पनि अपर्याप्त रहेको थबाङ निष्कर्ष छ । पुँजीवादले आफ्नो लुटेरो चरित्रलाई छोप्न अनेकथरी शब्दावली र नारा प्रयोग गरिरहेको छ । सङ्घीयता, समावेशी, नारीवाद, जातिवाद, क्षेत्रीयता त्यसको पछिल्लो कडी हो । त्यसैले आफ्नै संस्कृति र मनोविज्ञान निर्माण गर्न आवश्यक छ । कम्युनिस्ट समाज, कम्युनिस्ट जाति, कम्युनिस्ट परिवार, कम्युनिस्ट संस्कृति निर्माण गर्नुपर्ने र त्यसलाई समानान्तर सत्ताको आवश्यकताका रूपमा बुझ्नुपर्ने उसको निष्कर्ष छ । सत्तारूढ वर्गले श्रमिकहरूका बीचमा फाटो ल्याउन जातीय मुद्दा ल्यायो । त्यसको प्रभावले कम्युनिस्ट पार्टीले बनाएको
जातीय सङ्गठनमा बस्ने, त्यहीँबाट व्यक्तित्व निर्माण गर्ने र निजी स्वार्थका लागि पार्टीसँगै लड्न आउने तर जातिको आडमा आउने भएको छ । त्यो गैरसरकारी चेतना (एनजीओ) हो । त्यसप्रकारको स्थितिलाई नेकपाका महासचिव विप्लव ‘प्रचण्ड हुन्जेल समस्या थिएन, दाहाल भएपछि समस्या भएको हो” भन्नुहुन्छ । पुँजीवादी डाँकाहरूले स्टालिनलाई जर्जियाली भनेर रुसको नेतृत्व गर्न नदिने टिप्पणी गरे । माक्र्सलाई यहुदी भनेर आलोचना गरियो । गोपाल किराँती नामका जोकरले ‘ज्ञानेन्द्र पनि ठकुरी, विप्लव पनि ठकुरी, यिनीहरू मिल्छन्’ भनेर भ्रमित गर्न खोजेका छन् । ती सबै विजातीय तत्वका विरुद्ध थबाङ महाधिवेशन उभिएको छ । भारतलाई आजसम्म विस्तारवाद भन्दै आएको सन्दर्भमा माओवादीको थबाङ महाधिवेशनले ‘साम्राज्यवाद’ पदावली प्रयोग गरेको छ ।

भारतले सन् १९५० यता हैदराबाद, कस्मिर, सिक्किमलगायत स्वतन्त्र देशहरू खाएको छ । पाकिस्तानलाई विभाजित गरेको छ । अहिले सामरिक र आर्थिक दृष्टिले समेत शक्तिराष्ट्र बन्दै गएको परिप्रेक्ष्यमा उसलाई साम्राज्यवाद नै भन्नुपर्ने र त्यहीअनुसरको प्रतिरोधको तयारी गर्नुपर्ने थबाङ महाधिवेशनको निकर्ष छ । आठौँ महाधिवेशनको उद्घाटन समारोहको भव्यताले आजसम्म माओवादी भनेको प्रचण्ड नै हो भन्ने ठानिएकोमा क्रमभङ्ग भएको छ । त्यसलाई धेरैजसोले शक्ति प्रदर्शनका रूपमा व्याख्या गरेका थिए । क. नारायणमान बिजुक्छे ‘रोहित’ को शब्दमा ‘तपाईंहरूले प्रचण्डको झाँको झार्नुभयो’ भन्ने रहेको छ । नेपाली सेना श्रेणीगत संरचनामा छैन । प्रधानमन्त्रीसँग परामर्श नगरी बारम्बार वक्तव्यबाजी गरिरहेको छ । सेनामा देशभक्त धारा पनि छ । नेपालका परिवर्तनकामी र क्रान्तिकारी शक्तिको अन्तिम लडाइँ भारतीय साम्राज्यवादसँगै हुन्छ । उसका दलालमार्फत हुन्छ कि सीधै हुन्छ ? त्यो अलग विषय हो । थबाङ महाधिवेशनमा स्थानीय जनताले एक सातासम्म एक हजारभन्दा बढी सहभागीहरूलाई गाँसबासको व्यवस्थापन गरेका थिए । सहिद स्मृति भवन निर्माण गर्दा दुई महिनासम्म चिसो, थकाइ नभनी श्रममा जोडिए । केन्द्रीय सदस्य क.विजयले नै त्यसको नेतृत्व गर्नुभएको थियो । त्यो श्रमसंस्कृतिलाई माओवादी संस्कृतिका रूपमा अथ्र्याइएको छ । प्रचण्डको हेटौँडा महाधिवेशनमा हातहातमा रक्सीका बोतल हुन्थे । विप्लवको थबाङ महाधिवेशनमा सहभागीका हातहातमा पुस्तक देखिन्थे । पार्टीनजिकको रातो खबर प्रकाशनगृहले प्रदर्शनी तथा बिक्री कक्ष नै राखेको थियो । फुर्सद हुनासाथ सहभागीहरू पुस्तकवरपर झुम्मिएका हुन्थे । पठन संस्कृतिको उदय भएको कतिपयको टिप्पणी थियो । थबाङमा वैचारिक, राजनीतिक र सांस्कृतिक रूपले माओवादीले नयाँ र मौलिक रूपले सोच्न खोजेको छ । त्यसले पार्टीपङ्क्ति र जनतामा आशावाद सिर्जना गरेको यथार्थ हो । त्यसलाई सङ्गठनात्मक प्रणालीमा ढाल्ने र रूपान्तरण गर्ने चुनौती छ । नेतामार्फत कार्यकर्ता र कार्यकर्तामार्फत जनसमुदायको रूपान्तरण सानो चुनौती छैन ।
वैचारिक, राजनीतिक रूपले स्वीकार गर्नु र त्यसप्रकारको विचारअनुसार रूपान्तरण हुनु अलग विषय हो । विचार र कार्यदिशाले माग गरेको सङ्गठन र कार्यशैली अबको चुनौती हो । आदतको सत्ताले नयाँ विचारलाई घेराबन्दी गरेर अगाडि बढ्न बाधा पु¥याइरहेको हुन्छ । ती सबै चिन्तन र संस्कृतिका विरुद्ध थबाङ महाधिवेशनले विजय प्राप्त गर्नुपर्छ । सबैखाले गैरसर्वहारा प्रवृत्तिलाई क्रान्तिकारी प्रवृत्तिले सहायक र पूरक बनाएर मात्रै विजययात्रा जारी राख्न सकिन्छ ।