माकेमा अर्को पहिरो, पोलिटव्युरो सदस्य सहित सयजना बढी एमालेमा प्रबेश

ईश्वर पोखरेलले मंन्दिरमा पुजा गरे जसरी फुलमाला चढाएर प्रवेशीलाई स्वागत गरे

जनकपुर १७ चैत, माओवादी केन्द्रमा पहिरो जानेक्रम जारी नै रहेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका मधेशका विश्वास पात्र विहिबार धनुषामा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य फर्मुद नदाफसहित दर्जनौ कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

नदाफसहित माओबादी केन्द्रका केन्द्रीय सदस्य बलराम सुवेदीले पनि माके परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई ईश्वर पोखरेलले मंन्दिरमा पुजा गरे जसरी फुलमाला चढाएर स्वागत गरेका छन् । हुन त यो भन्दा पहिले बिद्या भण्डारी, माधब कुमार नेपाल, केपी ओलीले पशुपतिमा गएर पुजा गरेकै हुन् ।

कम्युनिस्ट पार्टी नाम राख्ने तर संस्किृति गैर माक्र्सवादीको जस्तो बिरोधावासपुर्ण व्यवाहार कम्युनिस्ट नेताहरुमा देखा पर्दै आएको छ । प्रचण्डमा बिचलन आएसंगै क्रान्तिकारीहरु नेकपा तीर लाग्न थालेका छन् भने अवसरवादीहरु एमाले तिर लाग्ने क्रम जारी रहेको छ ।