देशैभरी एकीकृत जनजागरण तथा स्थानिय निर्वाचन खारेजी अभियान सुरु

काठमाडौँ: चैत्र २४, नेपाल कम्युनिस्ट पार्टीले देशव्यापीरुपमा २७ औ जनआन्दोलन दिवश मनाएको छ । साथै सो पार्टीले जनआन्दोलन दिवशको अवसर पारेर एकीकृत जनजागरण तथा स्थानिय निर्वाचन खारेजी अभियानको सुरुवात गरेकोछ ।

आज काठमाडौँ जिल्लाले रत्नपार्कमा जुलुश निकालेको थियो । सो कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य ओम प्रकाश पुनले सम्बोधन  गरेका थिए । त्यस्तै चितवनमा पनि जनआन्दोलन दिवशको अवसर पारेर बाईक ¥याली निकालीएको छ ।