जनताको अधिकार खोस्ने ब्वासाहरु : नकुल चौलागाईं

लेखक स्थाई घर काभ्रे कोसी पारी गोठपानी ८ सुन्दर गाउँ सुगुरे भई हाल काभ्रे काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चको सचिव हुनुहुन्छ ।

शोषक बर्गले सिकाएको बाटो हैन यहाँ ।
सहिदले सिकाएको असल बाटो हिड्न सिक ।।
हत्या हिंसा आनाकानीको नारा झिक्ने हैन यहाँ ।
शान्ति समृद्धी सुन्दर स्वाभिमान नेपालको नारा झिक ।।

सहिदले सिकाएको स्वाभिमानलाई बुझ्न सिक ।
धर्म निरपेक्ष गणतन्त्रको नारा एक मुस्ट झिक्न सिक ।।
शान्तिपुर्ण आन्दोलन हुँदाहुदै एक्कासी बन्दुक चलाउनेहरु ।
जनताको अधिकारलाई सम्मान गर्न सिक ।।

जनबिरोधीहरुलाई सत्ता चलाउन दिनु हुन्न, त्यो सत्ता जनताको हातमा ल्याउनु पर्छ ।
शासन सत्ताको कार्यभार जनताले चलाउने छन ।।
यो देशका जनताको अधिकार खोस्ने ब्वासो हो जनताको अधिकार् खै कहाँ कस्लाइ दिलायौ।
उल्टै सहिद बेपत्ता घाइते अपांग अनाथ परिवारको मुटु भित्र भित्रै सुरा हानी चुडायौ।

युद्धको बाटो हैन अब वैज्ञानिक समाजवाद र शान्तिको बाटो रोज्नुपर्छ ।
उजाड भूमी बनाउने हैन नेपाललाई, असल सुन्दर समृद्धी बनाउन खोजनुपर्छ।।

सहिदले सिकाएको कुशल बाटो हिड्न सिक ।
हत्या हिम्सा हैन यहाँ गणतन्त्र स्वाभिमान समृद्धिको नारा झिक्न सिक ।।