डा. रामशरण महतले नेपालको अर्थतन्त्रलाई यसरी ध्वस्त पारेका थिए : करनसिंह बडाल

इतिहास केहिपनि होइन । यो बिगतमा गरिएको क्रियाकलापको लेखाजोखा हो । तर यसको आफ्नो लक्ष्य हुदैन बरु यसमा सर्मपित एबम् अग्रसर मानिसहरुको योगफल मात्र हो । – कार्ल माक्र्स
इतिहास केबल घटेका घटनाहरुको लेखाजोखा हो । त्यो समयको गतिसंगै पानाहरुमा क्रमश थपिदै जान्छ । वास्तममा इतिहास एउटा ब्यापक बिषय पनि हो । यसले ज्ञान, विज्ञान ,समाज, दर्शन इत्यादिलाइ समेट्छ । यो ब्याक्ति बिषेशको पनि हुन्छ भने कुनै समग्र सभ्यता विषेशको ।

घटनाको समिक्षा नै इतिहास हो । यो कुनै साकारात्मक कोणबाट ब्याख्या गरिएको हुन्छ र नकरात्मक पनि । यथार्थमा इतिहास सत्ताको अनुकुल ब्याख्या बिश्लेषण गरिन्छ । त्यो समाजवादी पक्षधरताको सवालमा पनि लागु हुन्छ र फासिवादी पुजीवादीको सवालमा पनि । इतिहास त्यो मात्र सत्य हुन्छ जसले वस्तुको यथार्थ चरित्रको प्रतिनिधित्व गर्दछ । समयको ऐतिहासिक कालखण्डमा बिभिन्न पात्रहरु चर्चामा आउने गर्दछन । कुनै खास समयको कुनै खास कालखण्डमा नयाँ पात्रको छायामा परि बिस्तारै ति स्थापित पात्रहरु बिस्तारै बिस्तापित हुन्छन् । ग्रीक दार्शनिक अरस्तुलाइ इसा प”३८४ देखि ३२२) लाइ विस्तापित गर्न करिब २००० वर्ष फायरबाख सम्म कुर्नु प¥यो भौतिकवादी दर्शनको क्षेत्रमा । कुनै पात्र विस्तापित हुन समयको निर्धारण गर्ने प्रमुख कडि भनेको समाजको गतिशिलता नै हो ।

त्यो गतिशीलता विचारमा पनि हुन्छ र अर्को व्यवाहारमा पनि । व्यवहार समग्र संस्कृतिसंग जोडिएको हुन्छ । स्पार्टाकसहरु सर्वहारा वर्गको लागि इतिहास हुन् । त्यस्तै कार्ल माक्र्स,एंगेल्स,लेनिन,स्टालिन, माओ इत्यादि विम्बहरु पनि इतिहास हुन् । जो आफ्नो जीवन भरी सर्वहारा मुक्तिको खातीर लडिरहे । त्यस्तै पश्चगामी दक्षिणपन्थिहरुको पनि आफ्नै ईतिहास छ । डेविड रिकार्डाे, माल्थसहरुका हजारौ उत्तराधिकारी जन्मिए र एकाएक जनविरोधी कदम थप्दा थप्दै आज सम्म आईपुग्दा उत्तर साम्राज्यवादको चरण सम्म आईपुगेको छ । पुँजीवादी विचारले पहिले विश्व र दास्रो विश्वयुद्ध मच्चायो । त्यो विश्वयुद्ध कसैको कारण नभएर पुँजीवादी भित्रका सिमाहरुले निम्त्याएको प्रष्ट नै छ । प्रथम विश्वयुद्द औपनिबेश र उत्पादनलाइ लिएर भयो । खानी मजदुर उत्पादन सग जोडिएको विषय हो भने त्यस्तै औपनिवेश बजार अर्थात विनमय र उपभोग संग पनि । पुँजीवादको मेरोदण्ड भनेकै पुनरुत्पादन,शोषण र विनिमय हो । पँुजीवादी सत्ताले माक्र्सवादीहरुलाइ सुरुदेखी नै निशेध गर्दै आएको थियो । तर सन १८७२ मा पेरिस कम्युन सफल भइ छाड्यो ।

सन १९१७ मा रुसमा क्रान्ति सम्पन्न भएपछि रुसले नाजिवादी हिटलरको विश्व कब्जा गर्ने सपनालाइ चकनाचुर मात्र पारेन पुरै विश्वलाइ स्वतन्त्र पनि गरायो । त्यो सगै विश्वको एक तिहाइ भागमा समाजवादी सत्ता अभ्यासमा आए पछि पँजीवादीहरु आत्तिए र माक्र्सवादको बिरुद्दमा षडयन्त्र रच्न थाले । पहिलो कदम विश्व बैक र अन्तराष्टिय मुदा कोष जस्ता बहुराष्ट्रिय निगमहरु खडा गरिए र कुरा दोस्रो कुरा त्यही क्रममा भयो फ्रेडरिक अगष्ट वोन हायेक र मिल्टन फ्रिड म्यानको जन्म गराइयो अथवा उत्पादन गरिए । नवउदारवादका धुरन्धर पिता हायेक र फ्रिड म्यानले पाथ टु सर्फडोम अर्थात दासताको बाटो, मुतिmको विधान, पुजीवाद र स्वतन्त्रता नामका जनबिरोधी ठेलीहरु प्रकाशित गराए । समान्यतया इतिहासमा कुनै पात्रहरुको पुनरावृित हुदैन तर नेपाल र भारतमा त्यस्तो रहेन । नरसिंहा राव र डां. रामशरण महत क्रमश भारत र नेपालमा हायेक र फ्रिडम्यानका उत्तराधिकारी भएर जन्मिए वा पुनराबृत भए ।

को हुन् फे्रडरिक अगस्ट वोन हायेक ?
अष्ट्रियन नागरिक तथा अष्ट्रियन स्कूल अफ इकोनोमिक्सका प्राध्यापक हुन उनी । अष्ट्रयाको राजधानी भिएनामा जन्मिएका थिए । उनले विद्यावारीधि भिएना युनिर्भसिटीवाट गरेका थिए । उनको अध्ययन दर्शन, मनोविज्ञान,अर्थशास्त्र जस्ता विधाहरुमा रहेको थियो । उनले सन १९४४ मा २६६ पेजको दासताको बाटो नामको पुस्तक प्रकाशनमा ल्याए त्यो पुस्तकको एक मात्र उदेश्य समाजवादी अर्थब्यवस्थाको विरोध गर्नु रहको थियो । सो पुस्तकमा भनिएको छ कि केन्दीय तहबाट गरिने नियन्त्रणले फाँसिवाद तर्फ डो¥याउछ । अर्थात उनकै शब्दमा अर्थतन्त्र माथिको राज्यको नियन्त्रण हटाउनु पर्छ बरु यो भन्दा ब्यक्ति र निजी क्षेत्रलाइ नियन्त्रणको जिम्मा दिनु पर्दछ ।

हायेकको सो किताबमा माथि उल्लेखित भनाइभन्दा खासै बढि विषयवस्तु नभए पनि समाजवादी सत्ताको अजेय शाहसबाट त्रसित पुँजीवादी अर्थशास्त्रीहरु तथा आइ.एम.एफ र विश्व वैंकको सहयोगमा करिब दुई मिलियन अर्थात बिस लाख प्रति किताबहरु बिकाइयो । उनी र उनका अनुयायीहरु यस अर्थमा केन्द्रीय योजनालाइ दासता तर्फ डो¥याउने महशुस गर्छन कि पुँजीपति वर्गले लुट्न नपाउनु, कालोबजारी गर्न नपाउनु, एकाधिकार गर्न नपाउनु नै आफु राज्यको दास भएको महशुस गर्छन । लुटपाट, तस्करी, बहुराष्टिय निगमहरुको रवाफलाइ नवउदारवादीहरुले वास्तविक स्वतन्त्रता मान्छन् ।

यही प्रकारको अराजक अर्थतन्त्रका खरो पक्षपोषक एबम् जनबिरोधी नीतिलाइ नेपालमा आयात गरि राष्ट्रिय अर्थतन्त्र ध्वस्त पार्ने योजनाको बिज रोप्ने अर्थशास्त्रि हुन डा. रामशरण महत । त्यस्तै अगष्ट बोन हायेकको अर्को जनविरोधी तथा अराजकतावादी ठेली सन् १९६० मा सिकागो युनिभर्सिटी प्रेसले प्रकाशन ग¥यो । त्यो पुस्तकमा लेखिएको थियो । सम्पुर्ण उद्योगहरुलाइ निजीकरण गर । वेरोजगारी समाप्त गर्न ल्याइएका कार्यक्रमलाई कटौति गर । मुद्राको राष्टियकरणलाई अन्त्य गर । हुँदा हुँदै केन्दीय वैंकंलाई निजीकरण गर । सरकारको समाप्त गर । ट्रेडयुनियनको शक्तिलाई सिमित गर ।
माथि उल्लेखित हायेकका भनाइले प्रष्ट गर्छ कि उनी कति अराजक मनस्थितिका थिए भनेर । त्यसैको परिणाम हुन सक्छ,आजको अर्थतन्त्र तेस्रो विश्वयुद्ध कुरेर बसेको छ ।
को हुन फ्रिड म्यान ?

1986: Nobel Prize-winning economist Milton Friedman attends a Beverly Hills charity dinner in his honor. For much of the 1980s, Friedman’s economic policies helped shape the United States and the world. (Photo by George Rose/Getty Images)

खुला अर्थतन्त्रका धुरन्धर पक्षपोषण गर्ने गोरा यहुदी अमेरिकी शहर न्युयोर्कमा जन्मेर कोलोम्विया युनिर्भसिटीबाट विद्यावारीधि गर्ने र भोन हायेक जस्तै अर्थशास्त्रमा नोबेल मेमोरियल पुरस्कार पाउने सिकागो स्कुल अफ भअयलयmष्अ का प्राध्यापक हुन् मिल्टन फ्रिडम्यान । हायेक जस्तै आफ्नो जीवनभरी उनले जनविरोधी कदमलाई आदर्श मानिरहे । त्यस्तै यि अर्थशास्त्रीले सन् १९६२ मा हायेकलाई पन्छ्याउदै सिकागो युनिर्भसिटी पे्रसको नाममा (क्यापिटालिज्म एण्ड फ्रिडम) अर्थात पुँजीवाद र स्वतन्त्रता नामको ठेलीमा थेरापीको सुझाव दिदै प्रकाशन गरे । सरकारी स्वमित्वको सम्पूर्ण सम्पती निजीकरण गर । सामाजिक सुरक्षालाई कटौती गर्नु पर्ने । वहु राष्टिय निगमहरुलाई संसारको जुनसुकै क्षेत्रमा जेसुकै बेच्न छुट दिनु पर्ने । मजदुरको न्युनतम् ज्यालाको आधारमा नभई बजारद्धारा मुल्यको निर्धारित गर्नु पर्ने मागहरु राखेका छन् ।

सम्पूर्ण करहरु खारेजी गर्नु पर्छ । जस्ता उग्र तथा असोभनिय खालका मागहरु प्रस्ताव गरेका थिए । उनकै अराजक नाराको जगमा टेकेर त्यसको करिब १०र१५ वर्षपछि समाजवादी आन्दोलनलाई असफल पार्न संरचनागत समायोजन कार्यक्रमलाइ (कतचगअतचब िब्मवगकतmभलत उचयनचबmmभ० पश्चिममा पुँजीवादीहरुले व्यापक रुपले जोड दिए । तत्कालिन सोभियत संघ र चीनको महाविवाद संगै माओ त्सेतुङको मृत्युपछि देङ सियाओ पेंगको नेतृत्वमा चीनमा प्रतिक्रान्ति भए संगै आन्तरिक तथा वाह्य कारणले सोभियत संघ विगठन भएपछि संरचनागत समायोजन कार्यक्रम झन् आक्रमक रुपमा अगाडि बढ्यो । वास्तममा संरचनागत समायोजनको अवधारणा हायेकले भनेको सरकारको अन्त्य गर र केन्दीय वैंक निजीकरण गर भन्ने नारा बाहेक अरु हुवहु फ्रिडम्यान र हायेकको जनविरोधी पुस्तककै अवधारणामा अडेर अगाडि बढ्यो र आज पनि
वढिरहेको छ ।

कसरी भयो नेपालमा हायेक र फ्रिडम्यानको पुनरावृति ?
१०० वर्षको राणा शासनको अन्त्य गर्न नेपाली काङ्गे्रसले वि.स. २००६ मा हतियारवद्ध आन्दोलनको बलमा प्रजातन्त्र ल्याउने उद्घोष गर्यो । र राणाहरुलाई विदेशीको सहयोगमा धुलो चटायो पनि । तर त्यो बिदेशी शक्ति पूर्णतः हायेक र फ्रिडम्यानहरुको रोडम्याफमा हिडिसकेकोले वीपीको मनोगतवादी समाजवादलाई मन पराउदैनथ्यो । वीपीले समाजवादको व्याख्या गर्दै भनेका थिए ‘‘ समाजवादबाट प्रजातन्त्र झिकि दिए त्यो साम्यवाद बन्छ र साम्यवादमा प्रजातन्त्र थपिदिए त्यो समाजवाद हुन्छ । अन्ततः नेपाली राजनीतिक दलमाथि ३० वर्ष प्रतिवन्ध लाग्यो । वि.स. २०४८ सालमा काङ्ग्रेसले बहुमत ल्याए पछि अमेरीकाबाट पि.एच.डि. गरेका डा.रामशरण महत अर्थमन्त्री बनेपछि उनले एकाएक संसदमा संरचनागत समायोजन कार्यक्रमको नाममा सम्पूर्ण राज्यको सम्पती नजिकाहरुलाई कौडिको मुल्यमा सुम्पिन पुगे । २०४२–२०४३ तीर राजा बिरेन्द्रले नगरेको जनबिरोधी काम रामशरण महतले गरि छाडे ।

कुनै बेला चीन र जर्मन सरकारको सहयोगमा निर्माण गरिएको हिमाल सिमेन्ट कारखाना करिब ६५ प्रतिशत नेपालको सिमेन्टको मागलाई पुरा गर्ने गर्दथ्यो । नेकपा माओवादी स्थाई समिति सदस्य धर्मेन्द्र वास्तोला भन्नु हुन्छ । ‘‘दक्षिण एशियाकै एक नम्बरको भृकुटी कागज कारखानाका मेसिनहरु अहिले भारतको कानपूरमा पु¥याइएका छन । नेपालमा सरकारी स्वामित्वमा चलेका फाइदाका उद्योगहरु संस्थागत समायोजन कै नाममा बन्द गराइए । माक्र्सवादी अर्थशास्त्रि विजय पौडेल भन्छन् २०५५ साल देखि सिमेन्ट उद्योग बन्द गर्ने काम गरियो । (फरकपत्र वर्ष ४ अंक २ कार्तिक–मसिर २०६२ ) त्यस्तै उनी अगाडी भन्छन् नाफामा चलेको भृकुटी कारखानालाई २०५१ शेरबहादुरको पालामा २१ करोड मा बिक्रि गरियो । २०४६ सालयता सबै उद्योगहरु बन्द गरिए । ति निम्न प्रकार छन् ।
१ – ट्रली बस
२– नेपाल एयरलाईन्स
३ – हरिसिद्ध टायल कारखाना
४ –साझा बस
५ –वुटवल धागो उद्योग
६ –इलाम चिया उद्योग
७ – लुम्बिनी चीनी कारखाना
८– हेटौडा कपडा उद्योग
९– बाँसवारी जुत्ता कारखाना
१०– गोर्खाली टायर उद्योग
११– जनकपुर चुरोट कारखाना
१२– चाईनिज इँटा कारखाना लिमीडेट
१३– विराटनगर जुट मिल
१४ – सर्लाही चिनी कारखाना
१५– उदयपुर सिमेन्ट कारखाना
१६– जनकपुर रेलवे
१७– हेटौडा काठमान्डौ रेलवे
१८– हिमाल सिमेन्ट कारखाना ईत्यादी ।

पञ्चायतकालमा नाफामा चलेका उद्योग ३÷४ वर्ष मै कसरी घाटामा गए माक्र्सवादी अर्थशास्त्रि विजय पौडेलको प्रश्न छ । हायेकवादीहरुलाई राज्यको नियन्त्रणमा रहेको सम्पती ले पुँजीवादी हरुलाइ प्रतिकुल लागेर नै निजिकरण गरिएको हो । त्यसका मुख्य योजनाकार डा.राम शरण महत नै हुन् भन्दा अतिशयोक्ति नहोला । किन भने कांग्रेस सरकारमा गएको सबै वेला अर्थमन्त्री उनी मात्रै भएका छन् । तथाकथित संरचनागत समायोजनको अवधारणालाई नेपालमा आयात गर्ने पात्र यिनै रामशरण महत हुन् ।

जसरी एमालेले २०४६ सालको संविधान निर्माणमा पुर्ण सन्देहवादी चरित्र देखायो ठिक त्यस्तै नवउदार प्रति पनि उसको कम्तिको सन्देहवादी चरित्र थिएन । जसरी चाल्स फुरिएररहरु १९ औ शताब्दीको काल्पनिक समाजवाद प्रति सन्देह राख्दथे । परिणाम स्वरुप हायेकवादीहरु एमालेको ढुलमुलेपनको फइदा उठाएर नेपालको अर्थतन्त्र ध्वस्त पार्न सफल भए फरक यति हो एमाले पार्टी २०५१ साल मै किन्सको लोक कल्याणकारी अर्थनीतिको दुष्चक्रमा भाँसिसकेको थियो भने आफुलाइ क्रान्तिको ठेकेदार ठान्नेहरु अझै पनि संदेहवादको चंगोलमा घुमिरहेका छन् ।

हिजो समाजवाद र साम्यवादको नारा वोक्ने एमाले आज बिनोद चौधरीहरु उत्पादन गर्ने पार्टीमा परणित हुन पुगेको छ । जसरी काङ्ग्रेैस पार्टी छ र त्यो लिस्टमा सुमार्गी उत्पादन गर्ने पार्टीहरु पनि थपिएका छन् आज भोली । फरक यति हो हिजो फ्रेडरिक अगष्ट वोन हायेक र मिल्टन फिरिडम्यान फाँसिवादी नवउदारवादको धारणा प्रस्तुत गरेर गए तर आजका हायेकवादीहरु त्यहि अवधारणा कार्यन्वयन गर्न कहिले फ्रिडम्यानले भने जस्तै सक थोरापी प्रयोग गर्छन । जसको उदाहरण अफगानिस्तान, ईराक, सिरिया, यमन हुन् ।

यस्तै सकथेरापी नेपालमा रोप्न खोज्ने नेता गिरिजाप्रसाद कोइराला र शेरवहादुर देउवा थिए । भने सिद्दान्थकार रामशरण महत नै थिए । त्यस्तै दर्शकको काम एमाले पार्टीहरुले गरे । सक थेरापीको शान्तीपूर्ण काम (संरचनागत समायोजन कार्यक्रम) ले गर्दछ भने अमेरिकी गुप्तचर संस्था सि.आई.ए अर्थात सेनाले सत्ता परिवर्तन मार्फत विद्यंसात्मक तरिकाले गर्दछ । यो अभ्यासहरु संगै अनुमानित नेपाल गरिबी देशको १० औं देशहरुको तालिका वरीपरी पुगेको छ । प्रतेक वर्ष नेपालमा ५। ६ लाख श्रमशक्ति थपिन्छन् तर नवउदारवादीहरुको गलत नीतिको कारण राज्यले वार्षिक १० देखी १५ प्रतिशत को संख्यालाई मात्र रोजगारी सिर्जना गर्दछ ।

वाँकि सबै वार्षिक ७।८ लाख श्रमशक्तिलाई खाडीमा कौडीको ज्यालामा र केही भाडामा बिट्रिस आर्मी, इण्डीयन आर्मीमा पठाउने गर्दछ । भने ठुलो मात्रामा दक्ष जनशक्ति र उच्च शिक्षा प्रा्रप्त गरेका विद्यार्थीहरुलाई केहि विकसित देशमा पठाउँछन् । हायेकवादीहरु कतिसम्म लम्पट छन् भने स्वदेशमा भएका उद्योगहरुलाई बन्द गर्छन् र विदेशी उत्पादित समानबाट कमिसन खान्छन् अनि राज्य चलाउन खोज्छन् ।

भ्रष्ट कर्मचारीको फुलि थपिनु जस्तै अराजकवादी अर्थशास्त्री फ्रिडम्यान र उनका गुरु हायेकले नोबेल मेमोरियल पुरस्कारले सम्मान भए भने यता डा.राम शरण महत विश्वको उत्कृष्ट फाईनाईन्स मन्त्रिको पगरीले गुथाईए । आज संरचनागत समायोजन कार्यक्रमको आयतसंगै नेपालको उत्पादन प्रणाली दलालीकरणमा पतन भएको छ । त्यसैले नेपालमा कानुन भन्दा अग्ला हायेकवादी छन् भने राज्यभन्दा बलिया तथकथित निजी क्षेत्र । नेपाल आज जसरी अस्थिरतामा धकेलिएको छ त्यसको पुर्ण जिम्मेवार नव हायेकवादीहरु नै हुन् । डा.राम शरण महत हायेक र फ्रिडम्यानका नेपाली रुपान्तरण हुन् ।

                                                                                                             रातो खबर साप्ताहिकबाट