मेरो अनुभुतिमा थबाङ थात्रा : झनक श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २२ औं जनयुद्धको अवसरमा ८ औं महाधिवेशनको उद्घाटन सत्र काठमाडौँको मुटु खुलामञ्चमा गरेको थियो । बन्द सत्रको लागी थवाङ जानुपर्ने थियो । सो कम्युन बस्तीमा नेपाल कम्युनिस्ट पार्टीले आफ्नै लगानीमा बनाएको सहिद स्मृति भवनमा पार्टीको महाधिवेशनको बन्दसत्र सम्पन्न गर्ने पार्टीको पुर्वनिर्धारित योजना थियो । त्यहाँ जानको लागी फागुन २ गते बसेको सम्पर्क साधारण शाखाँको बैठकले मलाई पनि पर्यवेक्षकमा छनोट ग¥यो । मनभित्र एउटा कौतुहलता के थियो भने नेपालको भविष्य निर्धारित गर्ने पार्टीको ऐतिहासिक महाधिवेशनले कस्तो कार्ययोजना ल्याउला । त्यसमा युवाहरुले के भुमिका खेल्न सक्छन् । भन्ने मनमा कुरा खेलिरहेको थियो भने अकर्काेतिर ऐतिहासिक लालबस्ति थवाङलाई नजिकबाट बुझ्ने अवसर पाउदा खुसिले गद्गद् भएको थिएँ । थवाङ जानको लागी पार्टी सेक्रेटरी कमरेडले आफ्नो लागी एक÷एक वटा ब्ल्याङ्केट, थाली र गिलास अनिवार्यरुपले बोक्नु पर्ने भनेका थिए । त्यही निर्देशन सबैले पालना गर्नुपर्ने थियो । भोलीपल्ट थवाङ जानुपर्ने भएकाले सबै तयारी गरिसकेपछि बेलुका म कमरेड अर्जुनको घरमा गए । भोलिपल्ट बिहान ५ बजे नै हिड्नु पर्ने भएकाले खासै निन्द्रा लागेन । बिहान ४ बजे उठेर हामी सतुङ्गल चोकतर्फ लाग्यौँ । पार्टीे महाधिवेशनको लागी भक्तपुरका प्रतिनिधि र पर्यवेक्षक बोकेको बस करिब आधा घण्टा ढिला गरि कलंकी आईपुग्यो । हतार÷हतार हामी बसभित्र पस्यौँ । सतुङ्गलबाट हाम्रो टोलीमा क.प्रभाकर, क.अर्जुन र म थियौ ।

दिउँसो खाना हामीले नवलपरासी हात्तिगैँडामा खायौँ भने बेलुकाको बसाई रोल्पाको सदरमुकाम लिबाङमा भयो । लिवाङको माथि अग्लो डाँडा थियो र त्यो डाँडामा जनयुद्धको बेला माओवादीले सेनाको ब्यारेकमा भीषण हमला गरि पुर्ण कब्जा जमाएको हामी बसेका होटलका साहुले बताएपछि मलाई प्रचण्डको दक्षिणपन्थि आत्मसमर्पणवादी प्रवृतिप्रति झन् घृणा जागेर आयो । हिजो जनमुक्ति सेनाको गढ भएको लिबाङ आज प्रतिक्रियावादी सत्ताले कब्जा गरेको देखेर कुनै धारिलो हतियालरे चिरेझैँ पीडानुभूती भयो । हामी । बर्काेदिन विहानै हामी बस चढेर थबाङतर्फ लाग्यौँ । बसमा हाधिवेशनको लागि प्रतिनिधि र पर्यवेक्षकहरुले भरिएको थियो । हामीहरु थबाङ गाउँको प्रवेशद्वारमा पुगेर बाहनबाट झर्दा सबै महाधिवेशनको प्रतिनिधिर पर्यवेक्षहरुलाई जनताहरुले भव्य रुपमा त्यहाँका पार्टी समिति र जनताहरुले लालिगुँरासको माला र अविर लगाएर बाजागाजाका साथले स्वागत गरेका थिए । थबाङ जाने बेला बाटो धुलैधुलोको भरिएर कमरेड अशोक सुवेदीले रोल्पामा सबै बाङै बाङ नाम मात्र रहेछन् । एउटा नाम मात्र रोल्पाले बाङ छुटाएछ । अब एउटा ठाँउको नाम धुलीबाङ राख्नु पर्ने भनेर हासो ठट्टा गर्दै हुनुहुन्थ्यो । साच्चै प्रचण्डहरु पटक पटक सरकारमा रहँदा पनि ऐतिहासिक ठाँउ थवाङ जाने बाटोमा कालोपत्रे समेत गरेका रहनेछन् । हाम्रो वासको व्यवस्था क.विषमले मिलाएका थिए । सबै कमरेडहरुको लागि सामुहिक मेसको व्यवस्था गरिएको थियो । थबाङ गाउँको प्रत्येक घर–घरमा, रुखको टुप्पामा हसिया÷हथौडा भएको झण्डा राखिएको थियो । मलाई मनमा के लाग्यो भने पुरै नेपालै रातो झण्डाले रङग्याउने जिम्मा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को पार्टीमा आएको छ । हामीले त्यो दायित्व पुरा गर्नु पर्ने छ ।

बन्द सत्रको लागि सुरक्षा व्यवस्था कडा पारिएको थियो । हामी बन्द सत्रहलमा प्रवेश ग¥यौँ । सभाकक्षमा महासचिव क.विप्लवले राजनीतिक प्रतिवेदन पढेर सकेपछि पार्टीको विधान भने प्रभक्ता क. प्रकाण्डले पढेर सकेर त्यो छलफल गर्न भनेर २४ वटा समुह विभाजन गरेको थियो । हाम्रो टोलीको समुह उपत्यका ब्युरोमा परेको थियो । छलफलको टोली अध्यक्ष क.मकर गुरुङले गर्नुभएको थियो । समुहमा राजनीति प्रतिवेदनमाथि छलफलमा विश्व भाइचारा सम्बन्ध के छ ? भन्ने प्रश्न उठाएका थिए साथिहरुले । पेरु कम्युनिस्ट पार्टीका अध्यक्ष गोन्जालोको पार्टीले रिहाइको माग गरेको थियो । राष्ट्रिय रूपमा कम्युनिस्ट आन्दोलनदेखि माओवादी आन्दोलनसम्म समीक्षा गर्दै एकीकृत जनक्रान्तिको कार्यदिशामा मार्फत नेपाली क्रान्ति सम्पन्न पार्ने निस्कर्ष हाम्रो टोलीको रहेको थियो । दर्शनको क्षेत्रमा हाम्रो टोलीले सबैको धारणा रह्यो भने दर्शनको क्षेत्रमा भने माक्र्सले भन्नुभएको ‘‘दार्शनिकहरुले संसारको ब्यख्या गर्न त गरे, मुल कुरा यसलाई बदल्नु हो ।’’ तर अहिले त्यतिले मात्र पुग्दैन त्यसलाई थप रक्षा गर्न र विकासको आवश्यक छ । भन्ने कुरामा सबैले सहमति जनाए । अर्को द्धन्द्धवादको अभिन्न अङ्ग विपरीतहरु बीचको एकत्व र संघर्षको नियम जड वा निर्जीव वस्तु र जीव वस्तुमा एकै प्रकारको नियम लागु हुदैन । त्यसैले समाज बिज्ञानमा त्यो फरक ढङ्गले लागु हुन्छ । यो कुरामा केही साथीहरुले फरक मत राखेपनि महासचिव कमरेड विप्लवको प्रशिक्षण पछि सबै सहमत भए ।

पार्टी र राजनीति क्षेत्रमा गलत विचार, प्रक्रान्तिकारीको विरुद्ध जहिले पनि पार्टी र राजनीति क्षेत्रमा क्रान्तिकारीको विचारलाई विकसित गर्नु पर्ने हुन्छ । हाम्रो टोलीले पार्टीको प्रतिवेदनमाथि पार्टीको नामको विषयमा छलफल गर्दा जनगणतान्त्रिक सम्पर्क मञ्चले सिधै पारित गर्यो । आबधिक प्रणालीमा छलफल गर्दा आबधिक प्रणाली क्रान्ति भन्दा पुर्ब राख्नु हुँदैन भन्नेहरु धेरै प्रतिनिधिबाट एकै स्वरमा आएको थियो । सबै ब्युरोहरुबाट प्रतिवेदन दिने बेलामा धेरै जसो युरोबाट पार्टीको नाम हटाउन नहुने आएको थियो । त्यसको जवाफ केन्द्रीय स्तरका नेताहरुबाट प्रश्रिक्षित गराइउँदा सबै कमरेडहरु खुसिले क्रान्तिको राप र तापको त्यही थबाङको सहिद स्मृति भवनमा गडगडाउँदै थपडी मारेर अन्तिममा क्रान्तिकारीहरुको जीत सुनिस्त हुन्छ भन्ने मनोभावनाका साथ थबाङबाट आ–आफ्नो कार्यक्षेत्र तर्फ लागिए । यो थबाङबाट फर्किदा एउटा ठुलो विजयधुन बोकेर फर्केझैँ लागेको थियो ।

                                                            रातोखबर साप्ताहिकबाट