एकीकृत जनजागरण तथा स्थानीय चुनाव खारेजी पहिलो चरणको एक हप्ते अभियान सम्पन्न

काठमाडौँः वैशाख २, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी रुपमा तीन महिने अभियान अन्तरगत एकीकृत जनजागरण तथा स्थानीय चुनाव खारेजी पहिलो चरणको एक हप्ते अभियान सम्पन्न भएको छ ।

प्रचण्ड नेतृत्वको सरकारले असफल भएको संसदीय व्यवस्था सुदृढ गर्न तथाकथित स्थानीय चुनावमा सेना परिचालन गर्ने भएको छ । कतै नभएको जात्रा हाँडी गाउँमा लोकतान्त्रिक प्रणालीमा सेना परिचालन गरेर स्थानीय चुनाव खारेजी अन्तरगत नेकपाले पहिलो चरणमा शान्तिपूर्ण रुपले प्रचारात्मक कार्यक्रम गरेको एक साता पूरा भएर दोस्रो साताको अभियान भने व्युरोको कार्यलय बैठकले निर्णय गर्ने नेकपाका केन्द्रीय सदस्य, सम्पर्क साधारण शाखा ईन्चार्ज तथा सेक्रेटरी मकर गुरुङले बताएका छन् ।

काठमाडौँ जहरसिंह पौवाबाट परिचयात्मक कार्यक्रमबाट सुरु भएको थियो । औपचारिक कार्यक्रम भने पोखरी चौर बाट सुरु गरि चुनिखेलको टुपेकमा आएर समिक्षात्मक कार्यक्रम गरि सम्पन्न भएको छ । पहिलो चरणको अवधिभर विभिन्न ठाउँमा १५ वटा मुख्य–मुख्य ठाउँमा सभा गरेको थियो । त्यस्तै चुनीखेलको टुपेकमा ¥याली नारा सहित सभा सम्पन्न भएका छन् । काठमाडौँ जिल्लाले विभिन्न ठाउँमा पहिलो चरणको अवधिभर सामाना परिवारको विशेष प्रस्तुति प्रस्तुत गरेको थियो । त्यस्तै थलीमा आयोजित कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेको थियो ।

ललितपुरको ढुङ्गेनीबाट हरिसिद्धी पुगेर पहिलो साताको समिक्षा कार्यक्रम गरेर सम्पन्न भएको थियो । सो जिल्लामा करिव ९५ प्रतिशत जनता वर्तमाण संसदीय व्यवस्था प्रति असन्तुष्ट रहेको नेकपाका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला ईन्चार्ज हितमानले बताएका छन् ।