जनता पक्षमा काम गर्दै आएका ५ जना जनवादी कलाकारहरु सम्मानित : फोटो सहित

काठमाडौं: बैशाख १२, नेपाल कम्युनिस्ट पार्टीले बुधवार जनताका पक्षमा गाएर समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका खेलेका अग्रज जनवादी कलाकारहरुलाई सम्मान गरेको छ ।

विभिन्न पार्टीमा आस्था राख्ने भएपनि समाज परिवर्तन गर्न क्रान्तिकारी गीत संगीतको माध्यमबाट ठूलो भूमिका पूरा गरेको भन्दै पूराना जनवादी कलाकारहरुलाई पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टी केन्द्रीय समितिका तार्फबाट सम्मान गरेका छन् ।

जनवादी गायक रायन, टुहुरे, पाख्रिन, जीवन शर्मा र कवि पूर्णविरामलाई पार्टीले नगद २५ हजारसहित प्रमाणपत्र हस्तान्तरण गरेको थियो ।

कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पूराना र अग्रज क्रान्तिकारी स्रष्टाहरुलाई आफ्नो पार्टीले सधै सम्मान गर्ने बताएका छन् ।