बैज्ञानिक समाजवाद ल्याइ छाड्छौ, त्यो नसके क्रान्ति थेग्न सक्षम छौ : विप्लव

काठमाडौं: बैशाख १३, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले प्रतिक्रियावादी राज्य सत्तालाइ ध्वस्त पारेर नेपालमा बैज्ञानिक समाजवाद स्थापना गरि छाड्ने बताएका छन् ।

बुधबार नेपाल कम्युनिस्ट पार्टीले राजधानीको नाचघर जमलमा जनवादी कलाकारहरुलाइ सम्बोधन गर्ने कार्यक्रममा बोल्दै महासचिव विप्लवले भने हामी नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर बैज्ञानिक समाजवाद ल्याइ छाड्छौ ।

त्यती गर्न नसके क्रान्तिलाई थेग्न सक्षम छौ । उहाँले अगाडि भन्नुभयो यो कुनै पार्टी बिशेषको कुरा होईन । हामीले शान्तिपुर्ण तरिकाले राज्यलाई भनेका छौ जनताको अधिकारलाइ कसैले कुण्ठित गर्न मिल्दैन ।

हामीले उठाएका कुरा जनताका कुरा हुन् । यदि शाषकहरुले बन्दुकको आडमा जनतालाइ दमन गर्न खोज्छ भने हामी तयार छौ । यो कुरा शेरबहादुर देउबाले बुझ्नु पर्छ । युद्ध भएमा क्षती हाम्रो मात्र हुने होइन हाम्रो भन्दा बढी शेरबहादुर देउबाको हुनेछ ।