नेपाल कम्युनिस्ट पार्टीको एक मुक्का मै चितवनका सबै स्थानीय निकाय कब्जा

चितवन: बैशाख १५, नेपाल कम्युनिस्ट पार्टीले एक मुक्का मै चितवनका सबै स्थानीय निकायहरु कब्जामा लिएको नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला समितिले बताएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले एकै रातमा सबै स्थानीय निकायका बोर्डहरु फालेको छ । महानगर,नगर र गाउँपालिकाका साथै सबै वडाका साइनबोर्डको ठाउँमा जनपरिषद् लेखेको बताईएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले समाजवाद स्थापना गर्ने भन्दै सबै पार्टीका उम्मेदारहरुलाई चेतावनी दिएको छ । केहि दिन अघि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले स्थानीय निर्वाचन खारेज गरि छाड्ने बताएका थिए । पार्टीको निर्देशन अनुसार देशब्यापी चुनाव खारेजी अभियान चलाउदै आएको छ ।